हरिप्रसाद सचिव

हरिप्रसाद सचिवमा बढुवा, पर्यटन बोर्डमा तीनजना मनोनित

सहसचिव हरिप्रसाद लम्साल सचिवमा बढुवा भएका छन् । आज बसेको क्याबिनेट बैठकले उनलाई नेपाल प्रशासन सेवा समूहीकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।  त्यस्तै, नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने क्याविनेटले निर्णय गरेको सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।  चालु आर्थिक वर्ष २०८०-०८१ क…