बाग्मती प्रदेश

बाग्मतीमा ‘लौरो’ उभिएपछि सरकार जोगियो

बाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्दै आएको हाम्रो नेपाली पार्टी (हानेपा) नयाँ सत्ता समीकरणमा सामेल भएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित एमाले र एकीकृत समाजवादीसँग ५ बुँदे सहमति गर्दै सो पार्टी सत्ता समीकरणमा आबद्ध भएको छ ।  चार पार्टीका नेताले हस्ताक्षर गरेको सहमतिपत्रमा बाग्मती प्रदेश सभाको बाँकी कार्यकालको निम्ति सहकार्य गरेर राजनीतिक स्थायित्व, विकास र समृद्धि दिने उल्लेख छ । त्यस्तै, केन्द्रीय सत्ता समीकरणअनुसार प्रदेश सरकारको नेतृत्व कार्यान्वयन गरी …