मिलन लिम्बू

जातीय राज्यका पक्षधर लिम्बू रास्वपाबाट उम्मेदवार

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को उपनिर्वाचनमा भिड्न पहिचान पक्षधर मिलन लिम्बूलाई अघि सारेको छ । नेकपा माओवादी केन्द्र छोडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका लिम्बूलाई हिजो पार्टीमा भित्र्याएर रास्वपाले आज उम्मेदवार बनाउने निर्णय गरेको हो । प्राइमरी इलेक्सनका लागि निवेदन दिएका पाँच जनालाई पछि पार्दै टिकट हात पार्न सफल भएका उनी रास्वपा सभापति रवि लामिछानेका पूर्वसहकर्मी हुन् ।   रवि न्युज २४ मा हुँदा लिम्बू सोही टेलिभिजनमा पत्रकार थिए । माओवाद…