पुजार सार्की र फर्की फर्की सँगसँगै

पुजार सार्की र फर्की फर्की सँगसँगै
सुन्नुहोस्

चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाठौँको वन सिनेमामा एक औपचारिक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको छ ।

विकास सुवेदीको लेखन तथा दिनेश राउतको निर्देशनमा तयार यो चलचित्र आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा ‘चक्लेटी हिरो’को छवि बनाएका आर्यन सिग्देल, प्रदिप खड्का र पल शाहको मुख्य भूमिका छ भने नयाँ कलाकार अञ्जना बराइली र प्रतीक्षा लिम्बुले साथ दिएका छन् ।

सार्वजनिकको ट्रेलरमा जातीय विभेदले समाजमा पारेको प्रभावलाई प्रस्तुत गरिएको छ । चलचित्रले प्रेमलाई मूल कथावस्तु बनाएर सामाजिक मुद्दा उठाएको निर्माण पक्षले बताएको छ । 

सुवास भुसालको लगानी रहेको यस चलचित्रलाई आरआर फिल्मसले वितरण गर्दैछ ।  यता, अर्को चर्चामा रहेको चलचित्रसमेत त्यहि मितिमा प्रदर्शनमा आउने भएपछि ‘पुजार सार्की’लाई चुनौती थपिएको छ । चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ ले सँगै रिलिजको अनुमति पाएका हुन् । 

‘फर्की फर्की’को ट्रेलर गत साता सार्वजनिक भइसकेको छ । ट्रेलरले दर्शकमा राम्रै हाइप बनाएको देखिन्छ । चलचित्रको पर्दा चक्लेटी अभिनेताहरु एकैसाथ जुध्न थालेपछि यतिबेला विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । यद्यपि, यो प्रतिस्पर्धामा कसले बाजी मार्छ, त्यो भने जे

टिप्पणीहरू