पत्रकार सम्मेलन गर्दै जसपा नेपाल

पत्रकार सम्मेलन गर्दै जसपा नेपाल

जनता समाजवादी पार्टी (जसपा), नेपालले पत्रकार सम्मलेनको आयोजना गरेको छ । ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा भोलि बिहान साढे ११ बजे पत्रकार सम्मेलन बोलाइएको हो । 

प्रवक्ता मनिषकुमार सुमनले पार्टी विभाजन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमबारे आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् । 

अध्यक्ष उपेन्द्र यादव नेपाल बाहिर रहेका बेला सो पार्टी विभाजन भएको हो । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा बहुमत सांसदहरुले छुट्टै दल दर्ता गराएका छन् ।

टिप्पणीहरू