विवाहित महिलाले पासो लगाएपछि अविवाहित पुरुष फन्दामा

विवाहित महिलाले पासो लगाएपछि अविवाहित पुरुष फन्दामा

काठमाडौंको नयाँ बसपार्कमा एक युवतीले झुन्डिएर आत्महत्या गरेकी छन् । मोरङ घर भइ हाल बाँसबारीमा डेरा बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारी  होटलको बाथरुममा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । 

घटना गत शुक्रबार रातिको भए पनि प्रहरीले आज जानकारी दिएको हो । उनी चन्द्रागिरि नगरपालिका–१५ का अनित कार्कीसँगै अस्ति होटलमा पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

राति साढे १० बजेतिर होटलको कोठामा अनितसँग सामान्य विवाद भएपछि कल्पना बाथरुम छिरेको बताइन्छ । तर, लामो समयसम्म उनले बाथरुम नखोलेपछि अनित र होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । 

अनित अविवाहित हुन् भने कल्पना विवाहित । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीका अनुसार कल्पनाको एक सन्तान छन्, श्रीमान विदेशमा रहेको खुलेको छ । तर केही समययता कल्पना अनितसँग बस्दै आएको पाइएको हो । 

प्रवक्ता अधिकारीले जनआस्थासँग भने, ‘मृतकको श्रीमान वैदेशिक रोजगारमा हुनुहुँदो रहेछ । उहाँलाई खबर गएको छ । एउटा केटा (अनित) लाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’ 

पक्राउ परेका अनितले भने आफ्नो कुनै गल्ती नरहेको दाबी गरेका छन् । आत्महत्या गर्नैपर्ने गरी आफूहरुमा खासै ठूलो विवाद नभएको उनको भनाई छ ।

टिप्पणीहरू