नयाँ नोटमा बुच्चेको सट्टा चुच्चे नक्सा

नयाँ नोटमा बुच्चेको सट्टा चुच्चे नक्सा

एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले उक्त दरको नोटमा रहेको यसअघिको बुच्चे नक्सा हटाएर नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेको छ । 

२०७७ जेठ ७ गते सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि यो वर्षदेखि छापिने नयाँ नोटमा उक्त व्यवस्था गर्न लागिएको हो ।

अर्थ मन्त्रालयको प्रस्तावमा नेपालमा हाल चलनचल्तीमा रहेको रुपैयाँ एक सय दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राख्न लागिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ ।
उक्त नोटको अग्र भागमा एक दशक अघिदेखि लुम्बिनीको अशोक स्तम्भ पनि राख्न थालिएको छ ।

टिप्पणीहरू