पूजाको 'दान्भी' नयाँ मितिमा प्रदर्शन

पूजाको 'दान्भी' नयाँ मितिमा प्रदर्शन

चलचित्र 'दान्भी' जेठ १० मा रिलिज नहुने भएको छ । सोही दिन अरु दुई ठूला चलचित्र पनि रिलिज गर्ने तयारीसँग दान्भी अर्को मितिमा प्रदर्शन गरिने भएको हो । 

यसअघि 'दान्भी'को निर्माण पक्षले बुद्धजयन्ती र उभौली पर्वको अवसर पारेर जसरी पनि जेठ १० मै चलचित्र रिलिज गर्ने अडान लिएको थियो । तर, त्यस दिन आर्यन सिग्देल, प्रदिप खड्का र पल शाह अभिनित 'पुजार सार्की' तथा अनमोल केसी र जसिता गुरुङ अभिनित 'फर्कीफर्की'को पनि रिलिज हुँदैछ । 

स्टार अनुहार समावेश यी चलचित्रसँग जुध्दा अपेक्षित कलेक्शन नहुने अवस्थाका कारण दान्भी निर्माण टिमले प्रदर्शन मिति सारेको बताइएको छ । यो निर्णयलाई अन्य चलचित्रकर्मीले प्रशंसा गरेका छन् । व्यक्तिगत 'इगो' साँध्न जानी-जानी चलचित्र जुधाउने प्रवृत्ति अन्त्य गर्न दान्भी निर्माण टिमले एक कदम पछि हटेर सकारात्मक सन्देश दिएको टिप्पणी भएको छ । 

लभस्टोरी चलचित्रमा रुचाइएकी पूजा पहिलो पटक 'दान्भी' मार्फत एक्शन अवतारमा देखिदैछिन् । रुपेश तामाङले निर्देशन गरेका यस चलचित्रमा पूजाले कुन्साङ बोम्जनसँग स्क्रीन शेयर गरेकी छन् ।

टिप्पणीहरू