मधेसमा मन्त्रिपरिषद विस्तार

मधेसमा मन्त्रिपरिषद विस्तार

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले क्याविनेट विस्तार गरेका छन् । उनले आज तीन राज्यमन्त्रीसहित १५ सदस्यीय क्याविनेट गठन गरेका हुन् । 

मुख्यमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै नवनियुक्त मन्त्रीहरुको जिम्मेवारीसमेत तोकिएको जनाएको छ । जसअनुसार सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने भरतप्रसाद साहलाई वन तथा वातावरण मन्त्रालय दिइएको छ । 

सञ्जयकुमार यादवले अर्थ, गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था, कृषि सहकारी, सरिताकुमारी साहले खेलकुद तथा समाज कल्याण, राजकुमार लेखीले गृह सञ्चार तथा कानुन, सिंगासन सा कलवारले ऊर्जा सिँचाई तथा खानेपानी, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

त्यस्तै, युवराज भट्टराईले उद्योग वाणिज्य तथा आपूर्ति, प्रमोदकुमार जयसवालले शिक्षा र मेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको बागडोर सम्हाल्नेछन्। त्यस्तै राज्यमन्त्री नियुक्त भएका अवुल कलाम आजादले ऊर्जा तथा सिँचाई, केशव रायले स्वास्थ्य तथा जनसङ्ख्या र शारदा थापाले गृह सञ्चार तथा कानुन मन्त्रालय हेर्नेछन् ।

टिप्पणीहरू