विपन्न विद्यार्थीलाई सिटिजन्सद्धारा सित्तैमा स्कुल ड्रेस

विपन्न विद्यार्थीलाई सिटिजन्सद्धारा सित्तैमा स्कुल ड्रेस
सुन्नुहोस्

सिटिजन्स बैंकले कैलालीको धनगढीस्थित शारदा माध्यमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई सहयोगस्वरूप 'ड्रेस' वितरण गरेको जानकारी दिएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक कार्यक्रमबीच पोशाक वितरण गरे । सो क्रममा उनले विद्यार्थीहरु देशको भविष्यको कर्णधार भएको र उनीहरुलाई सानो भएपनि सहयोग गर्न पाउँदा धेरै खुशी लागेको बताए ।  

संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सिटिजन्स बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ । 

बैंकले देशभर फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा हित बैंकिङ्ग ईकाइबाट १७ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको यस बैंकले यसै आर्थिक वर्ष थप ७ वटा शाखाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।

टिप्पणीहरू