विदेशी लगानीकर्तालाई नेपालमा दोहोरो कर नलाग्ने

विदेशी लगानीकर्तालाई नेपालमा दोहोरो कर नलाग्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीकर्तालाई दोहोरो करबाट मुक्त रहने व्यवस्था गरिएको जानकारी दिनुभएको छ ।  

आजबाट काठमाडौंमा शुरु भएको दुईदिने लगानी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले विदेशी लगानीकर्ताको बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिष्पर्धात्मक कर्पोरेट करलगायतमा प्रोत्साहन प्रदान गरेको पनि बताउनुभयो । नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौता (बिआइए) को ढाँचालाई स्वीकृत गरेको र यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य राखेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । 

चाँडोभन्दा चाँडो ‘बिआइए’ मा हस्ताक्षर गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । राष्ट्रिय एवं सबै ‘एफडीआई’ बीच हुने गैर–भेदभावपूर्ण व्यवहारको प्रावधान र विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले नेपालमा लगानीको आकर्षणलाई अझ बढाउने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । 

नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधार एवं उच्च मूल्यका बाली उत्पादनलगायत विभिन्न क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले दोहोरो कर नलाग्ने व्यवस्था रहेको प्रष्ट पार्नुभयो ।

टिप्पणीहरू