खेलकुद मन्त्रीसँग क्रिकेट कप्तानको गुनासो - सरकारले घोषणा गरेको पुरस्कार पाइएन

खेलकुद मन्त्रीसँग क्रिकेट कप्तानको गुनासो - सरकारले घोषणा गरेको पुरस्कार पाइएन
सुन्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सरकारले घोषणा गरेको पुरस्कारबापतको रकम लामो समयसम्म उपलब्ध नगराएको भन्दै गुनासो गरेका छन्। एसीसी प्रिमियर कप खेल्न जाने क्रिकेट टोलीको बिदाईका लागि आज आयोजित कार्यक्रममा उनले त्यस्तो गुनासो गरेका हुन् । 

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसमेत उपस्थित कार्यक्रममा उनले सरकारले विभिन्न मितिमा पुरस्कार घोषणा गरेको तर सबै रकम भुक्तानी नभएको बताए । सरकारले एसिया कप र टी-२० विश्वकपमा छनोट भएपछि क्रिकेट खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको थियो ।

तर, विश्वकप छनोटपछि घोषणा गरेको रकम अहिलेसम्म नपाएको बताएका कप्तान पौडेलले छिट्टै उपलब्ध गराईदिन आग्रहसमेत गरे । ‘सरकारले पुरस्कारबापत घोषणा गरेको रकम सबै प्राप्त भएको छैन, त्यो चाँडो उपलब्ध गराइदिन हुन अनुरोध छ’, उनले भने। 

मन्त्री श्रेष्ठले भने रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको जानकारी गराएका छन् ।
 

टिप्पणीहरू