एनआईसी एसियाद्वारा बीमावापत एक करोड २० लाख भुक्तानी

एनआईसी एसियाद्वारा बीमावापत एक करोड २० लाख भुक्तानी
सुन्नुहोस्

एनआईसी एसिया बैंकले बीमावापतको एक करोड २० लाख रुपैयाँ भुक्तानी गरेको छ । बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत गत असार १८ गतेदेखि फागुन १४ गतेसम्म दुर्घटना र घातक रोग बीमा वापतको उक्त रकम भुक्तानी गरिएको बताइएको छ । 

बैंकका अनुसार घातक रोगको बीमावापत सात जना र दुर्घटनामा परेका पाँच गरी कुल १२ जना खातावालालाई प्रतिव्यक्ति १० लाखका दरले जम्मा एक करोड २० लाख रुपैयाँ बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरेपछि भुक्तानी गरिएको हो । 

बैंकका विभिन्न शाखा कार्यालयमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहक तथा उनीहरुका परिवार सदस्यलाई बीमा कम्पनीले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको जनाइएको छ । 

जसअनुसार बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोलेकी रचना गौचन, दैलेख शाखामा खाता खोलेका चक्रबहादुर कटुवाल, रुपन्देहीको राममन्दिरस्थित बुटवल शाखामा खाता भएकी पार्वती श्रेष्ठ, रुपन्देहीकै सउ फर्सटिकर शाखामा खाता खोलेका पुण्यप्रसाद ढकाल र कास्कीको न्युरोडस्थित पोखरा शाखामा खाता भएका विजयकुमार गुरुङलाई दुर्घटना बीमा वापतको जनही १० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

यता, काठमाडौंस्थित कर्पोरेट अफिस शाखामा खाता खोलेकी एलिना न्यौपाने र कालोपुल शाखामा खाता खोलेकी निर्मला चापागाईंलाई पनि घातक रोग बीमा बापत जनही १० लाख रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ । 

उनीहरुलाई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा जनही १० लाखका दरले ७० लाख रुपैयाँ उपलब्ध गराइएको हो । यस्तै, दुर्घटना बीमा वापत नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा सिरहाको मिर्चैया शाखामा खाता खोलेका राधेश्याम रजक साफी, ललितपुरको पुल्चोक शाखामा खाता भएका तेजबहादुर सुवेदी, चितवनको चनौली शाखामा खाता खोलेका गणेशबहादुर गुरुङ, बर्दियाको मग्रागढी शाखामा खाता भएकी कुमारी रिता भुसाल र बाराको कलैया शाखामा खाता खोलेका कन्हैया लाल चौधरीलाई जनही १० लाखका दरले कुल ५० लाख रुपैयाँ प्रदान गरिएको बैंकले बताएको छ । 

एनआईसी एसिया बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत हालसम्म छ हजार तीन सय ६१ जनालाई १४ करोड ३८ लाखभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ । 

जसमध्ये घातक रोग बीमा वापत ३३ जनालाई तीन करोड ५० लाख, दुर्घटना बीमा बापत २६ जनालाई दुई करोड ६० लाख र मेडिकल बीमा बापत छ हजार तीन सय २ जनालाई आठ करोड २८ लाख १० हजारभन्दा बढी रकम प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथ चार जनालाई ५ वर्षको लागि ८४ लाखसम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजना’ सञ्चालन गरिरहेको छ । 

जसअन्तर्गत आकर्षक ब्याजदर, पाँच वर्षमा ८४ लाखसम्मका तीन बीमा, १८ वटा घातक रोगको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा, तीन कर्जा र १८ अन्य गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरु समावेश छन् । 

उक्त ८४ लाख बराबरको आकर्षक बीमा फाइदाअन्तर्गत ४०÷४० लाखको दुर्घटना र घातक रोग बीमासहित चार लाखको औषधि उपचार बीमा उपलब्ध छ । त्यस्तै, अस्पताल भर्ना हुने बिरामीले तीन लाख २० हजारसम्म र ओपीडी उपचारको लागि ८० हजारसम्म बीमा लाभ प्राप्त गर्न सकिने प्रावधान छ ।

टिप्पणीहरू