भारतीय प्रधानमन्त्री थिम्पुबाट फर्केपछि भुटानी नरेश ढाकामा

भारतीय प्रधानमन्त्री थिम्पुबाट फर्केपछि भुटानी नरेश ढाकामा

भुटानका नरेश जिग्मे खेसार नाम्ग्याल वाङचुक बंगलादेशको चार दिने औपचारिक भ्रमणका लागि राजधानी ढाका पुगेका छन् । 

भ्रमणको पहिलो दिन नरेश जिग्मेसँग त्यहाँका विदेशमन्त्री डा. हसन महमुदले शिष्टाचार भेटवार्ता गरेका छन् ।

यसअघि भारतीय प्रधानमन्त्रीले शुक्रबार र शनिबार भुटानको राजकीय भ्रमण गरेका थिए । दुई साताअघि भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले भारतको पाँच दिने औपचारिक भ्रमण गरेका थिए ।

टिप्पणीहरू