साहित्यकार परशु प्रधानको निधन

साहित्यकार परशु प्रधानको निधन

साहित्यकार परशु प्रधानको निधन भएको छ । उनको ८० वर्षको उमेरमा गएराति निधन भएको बताइएको छ ।

स्वर्गिय प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए उहाँले २०१६ सालदेखि नेपाली साहित्यमा कलम चलाउन थालेका थिए ।

प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका उनको १३ वटा कथा संग्रह प्रकाशित भइसकेका छन् । बक्ररेखा, यौटा अर्को दन्त्यकथा, समुद्रमा अस्ताउने सूर्य, नेपलिज लभ स्टोरी र धनिया कथा उनका कथा संग्रह हुन् ।

स्वर्गी प्रधानका दुई छोरा र दुई छोरी छन् । बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक उनका छोरा हुन् । स्वर्गीय प्रधानको पशुपति आर्यघाटमा आजै बिहान दाहसंस्कार गर्न लागिएको बताइएको छ ।

टिप्पणीहरू