कृष्णबहादुर महराका आफन्त पक्राउ,सिआइबीमा बयान दिने छोरा राहुलको तयारी
माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा बयान दिन जाने भएका छन् । उच्च स्रोतका अनुसार राहुल विद्युतीय चुरोट (भेप) मा राखेर ल्याइएको नौ किलोग्राम सुन काण्डमा सिआइबीको अनुसन्धानमा संलग्न भएको पुष्टि भएपछि बयानका लागि ब्युरोको कार्यालय महाराजगञ्ज जान लागेका हुन् ।
सिआइबीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको आरोपपत्रमा महरा बाबुछोराको सुन तस्करसँग टेलिफोन सम्पर्क भएको उल्लेख छ । आरोपमा कल डिटेल रेकर्डसमेत संलग्न गरिएको छ । प्रहरीले सोधपुछ नगरेको भन्दै सर्वत्र आलोचना बढेपछि राहुल बयानको लागि जान लागेका हुन् ।
यता,भर्खरै महराका एक जना आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दरबारमार्ग प्रहरीले तिनलाई पक्राउ गरेको हो । नाम नखुलाइएका आफन्त सल्यानमा साढे ६ करोड रुपैयाँको चेक बाउन्स कसूरमा परेका हुन् ।
उनीविरुध्द मुद्दा चलाउन काठमाडौंबाट सल्यान लैजाने तयारी गरिएको बुझिएको छ ।
टिप्पणीहरू