पाँच दिनको एक्सपोमा दिनहुँ सांस्कृतिक कार्यक्रम

पाँच दिनको एक्सपोमा दिनहुँ सांस्कृतिक कार्यक्रम

चीनको युन्नान प्रान्तको राजधानी खुनमिङमा आयोजित पाँच दिनको चीन–दक्षिण एसिया सातौं एक्सपो हिजो सम्पन्न भएको छ । युन्नान र दक्षिण एसियाली मुलुकहरुसँगको आर्थिक सहयोग तथा व्यापारिक आदानप्रदानको निम्ति निकै आशलाग्दो प्लेटफर्मको रुपमा विकसित यस पटकको एक्सपोमा उल्लेख्य उपस्थिति र सहभागिता भएको बताइन् छ । 

नेपालबाट उपराष्ट्रपति रामसहाय प्रसाद यादव विशेष अतिथिको रुपमा उपस्थित भएर आज अपरान्ह स्वदेश फर्कंदै हुनुहुुन्छ । निकै आकर्षक र प्रभावकारी ढंगले आयोजना गरिएको एक्सपोमा स्थानीय कलाकारले अल्पसंख्यक जातिका गीत, नृत्य र कला प्रस्तुत गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

भिडियो स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू