मृत सागरमा नुनसहित ३५ खनिज पदार्थ

मृत सागरमा नुनसहित ३५ खनिज पदार्थ भिडियो : सिन्ह्वा

मध्यपूर्वको मृत सागर विश्वकै एक मात्र नुनिलो सागर हो । जोर्डन र इजरायलको बीचमा रहेको यो सागर मानिसले पौडी खेल्दा पनि नडुब्ने भएकाले पर्यटकहरुबीच निकै प्रख्यात छ ।

जेरुसेलमसँग जोडिएको उक्त सागरको उत्तरी किनारमा नुन उत्पादन गरिन्छ । जेरुसेलमबाट ३० किलोमीटर पूर्व रहेको स्थानमा उत्पादित नुनको प्रक्रियाबारे थप जानकारी लिन लाखौं पर्यटक जाने गरेका छन् ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार उक्त सागरमा ३५ भन्दा बढी खनिज पदार्थ पाइन्छ । हेरौं सिन्ह्वाको भिडियोमा नुनिलो सागरको दृश्य :

टिप्पणीहरू