​कहाँबाट छि¥यो धर्मको बहस ?


Monday, 9 Sep, 2019 1:35 PM

दुई महिनाअघि कांग्रेस नेता विजय गच्छदार १५ दिन हराए । कहाँ र किन गए भन्नेबारे पार्टीमा धेरैलाई पत्तो भएन । हल्ला चलेको केही दिनपछि अकस्मात अमेरिकामा प्रकट भए । र, भने– व्यक्तिगत काम र उपचारका लागि भारतमा थिएँ । तर, भित्री काम भने उनले भनेजस्तो थिएन ।  कांग्रेसमा हिन्दू धर्मको चर्चा थाल्ने खेलमा थिए उनी ।

भारतीय जनता पार्टीको दोस्रो तहका तर प्रभावशाली नेतासँग करिब दुई हप्ता बिताए । कांग्रेसले हिन्दू राज्यका रूपमा अब बहस थाल्नुपर्ने दीक्षा लिएर यो सन्देश सभापति शेरबहादुर देउवालाई दिने भन्दै फर्किएका हुन् । 

गएका दुई महिनायता त्यस पार्टीमा हिन्दू धर्मको बहस पहिलेभन्दा अलिक चर्काे स्वरमा सुनिन थालेको छ । नेताहरूले अब हिन्दू धर्मको बहस शुरु गर्नैपर्ने बताउन थालेका छन् । गच्छदार अमेरिकाबाट फर्किएपछि आफूले भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीलगायतसँग भेटवार्ता गरेको र उनीहरूको इच्छा नेपाली कांग्रेसले हिन्दू राज्यको एजेण्डा अघि सारोस् भन्ने रहेको सन्देश सभापति देउवालाई दिए । तर, यस अवधारणामा देउवा आइसकेका छैनन् । उनले यो एजेण्डा कांग्रेसले तय गर्दा त्यसबाट नेपालमा राजतन्त्र पुनरागमनको राजमार्ग बलियो बन्ने खतरा रहने र अहिले नै नेपाली जनता यसका लागि तयार नरहेको अडान लिएका छन् । 

गच्छदारमार्फत हिन्दू धर्मको एजेण्डा पठाइएको थाहा भएपछि तराईका अर्का नेता विमलेन्द्र निधिले पार्टीभित्र यसको विरोध गरेका छन् । उनले अब कांग्रेसले कुनै पनि धर्मको एजेण्डा बोक्न नहुने बताएका हुन् । कतिपयचाहिँ निधिले हिन्दू धर्मको विरोध गरेको भन्दा पनि दक्षिणले आफूमार्फत नभएर गच्छदारमार्फत यो एजेण्डा पठाएकोमा असन्तुष्टि पोखेको बताउँछन् । 

कांग्रेसको आइतबारको बैठकमा यो एजेण्डाले औपचारिक रूपमै प्रवेश पाएको छ । शुरुका केही समय खुमबहादुर खड्कामार्फत आएको यो एजेण्डालाई अहिले भने महामन्त्री सशांक हँुदै शेखर कोइराला नै बोकिरहेका छन् । अहिलेलाई देउवा–पौडेल नबोलेको भए पनि ‘नेपालमा युरोपेली युनियनको पैसाले कम्युनिज्मका साथै क्रिश्चियानिटीको विस्तार भइरहेको हुँदा’ अब कांग्रेसले औपचारिक रूपमै हिन्दू धर्मको एजेण्डा बोक्नुपर्ने आवाज उठेको छ । कांग्रेसजनहरू यो एजेण्डा दक्षिणबाट आएको बताउँछन् ।

तर, निधि र कृष्णप्रसाद सिटौला भने यसको विपक्षमा छन् । पछिल्लो समय सशांकलाई सभापति बनाई आफू महामन्त्री बन्ने आन्तरिक घोषणा गर्दै हिँडेका मीनेन्द्र रिजाल पनि हिन्दू धर्मको एजेण्डामा लागिपरेका छन् । कांग्रेसको जारी केन्द्रीय बैठकले नै यो एजेण्डा पारित गर्नुपर्नेमा उनको जोडबल छ । संसद्मा आफूले सत्तापक्षको कडा विरोध गरेका कारण मात्र कांग्रेस पनि संसद्मा रहेछ भन्ने जानकारी कांग्रेसका कार्यकर्ताले पाउन सकेको उनको दाबी छ । वर्तमान नेतृत्वकै कारण पार्टी झन् कमजोर हुँदै गएको भन्दै उनले सभापति देउवाको चर्को विरोध गरेका छन् ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.72,300/-

छापावाल

प्रति तोला

NRs.72,600/-

चांदी

प्रति तोला

NRs.860/-

​प्रभु बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा

प्रभु बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै मसिंर ६ गते शुक्रबारका दिन सम्पन्न भएको छ…

​प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि…

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

साँचो, झूठो– जय शुभशंकर

Prabhu Bank Ltd.
Top