विश्वको सेरोफेरो

प्रेमले भन्दैन पर्खाल, प्रेमले कुर्दैन प्राण

राजेन्द्र स्थापित बुटा सिंहको जन्म पञ्जाबको जालन्धरनजिकको गाउँमा भएको हो । युवावस्थामा टेक्नासाथ सेनामा भर्ती भए । सन् १९३९ मा विश्वयुद्ध शुरु भयो । जर्मनीको मित्रराष्ट्र जापानले एशियामा जताततै प्रभाव जमाउन थाल्यो । भारत त्यसबेला ब्रिटेनको अधीनमा थियो । लर्ड माउण्टबेटनको मातहतमा रहेर बुटा सिंहले बर्मामा जापानसित लडे । सन् १९४५ मा विश्वयुद्ध समाप्त भएपछि सेनाको जागिर छाडेर गाउँ फर्के । गाउँमा सबै सहोदर साथीभाइको… विस्तृत समाचार

कलाकारले गर्न नसक्ने के छ त्यस्तो काम ?

राजेन्द्र स्थापित मेरिक एडबर्ड क्लिफ्टन जेम्सको जन्म पश्चिमी अष्ट्रेलियाको पर्थमा भएको हो । प्रथम विश्वयुद्ध शुरु हुँदा १६ वर्षका थिए, तैपनि बेलायती सेनामा भर्ती भएर फ्रान्सको सोम्मेमा भएको लडाइँ लडे । विश्वयुद्ध सकेपछि चार्ली च्याप्लिनलाई प्रसिद्धीको शिखरमा पु¥याउने नाटक निर्माता फ्रेड कार्नोको संगतमा परेर अभिनयतर्फ लागे । २२ वर्षपछि सन् १९३९ मा फेरि अर्को विश्वयुद्ध शुरु भयो । बन्दुक नउठाउने तर बन्दुक बोक्ने सिपाहीहरुलाई मनोरञ्जन… विस्तृत समाचार

जंगलमा सिद्धिएको एउटा लडाकुको ज्यान

राजेन्द्र स्थापित कम्बोडिया त्यसबेला फ्रान्सको उपनिवेश थियो । सरकारी कुदृष्टि परेपछि जागिरबाट हात धुनुपरेको न्यायाधीशको एउटा परिवार राजधानीमा टिक्नै नदिइएपछि उत्तरी–पश्चिमी प्रान्त बत्तामबाङमा बसाइँ स¥यो । सोही परिवारमा सन् १९२० मा एउटी बालिकाको जन्म भयो, नाउँ राखियो– खिउ पोनरी । १२ वर्षपछि अर्की पुत्री जन्मिइन्, ‘खिउ थिरिथ’ । त्यसबेला देशभरि माध्यमिक विद्यालय एउटै मात्र थियो– लेसी सिसोवाथ । न्होमपेन्हको सो स्कुलमा कुलिन घरानाका छोराछोरी मात्र… विस्तृत समाचार

मनमौजी महारानी, मनकारी महापुरुष

राजेन्द्र स्थापित मार्टिनिक क्यारिबिन सागरको पूर्वतर्फ अवस्थित टापु हो । कोलम्बसले सन् १४९३ मा पहिलोपटक पाइला टेकेपछि सबै युरोपेलीले यहाँ आँखा गाडे । स्पेनले आफ्नो बनाउन खोज्यो तर सन् १६५३ मा सेन्ट किट्स टापुका फ्रान्सिसी गभर्नर पियरे बेलाइन सेनाको टुकडीसहित त्यहाँ पुगे । १ सय ५० जना फ्रान्सिसीलाई बसोबासको व्यवस्था मिलाएर फर्के । त्यसबखत फ्रान्समा लुई (तेह्रौं) को शासन थियो । उनले मार्टिनिक फ्रान्सको अधीनमा… विस्तृत समाचार

महाराजको यस्तो थियो मरण

राजेन्द्र स्थापित पटियाला दक्षिणपूर्वी पञ्जाबस्थित राज्य हो । सिख जातिका सरदार बाबा आला सिंहले लुटपाट गरेर अथाह सम्पत्ति जम्मा पारेका थिए । सन् १७६३ मा उनैले यो राज्य निर्माण गरे । किल्ला निर्माण गरी राज्यको सुरक्षा गरे । राज्य विस्तार गरे । भूपिन्दर सिंह उनैका बंशज हुन् । सन् १९०० को नोभेम्बरमा उनका बाबु महाराज राजिन्दर सिंहको निधन भयो । अत्यधिक मदिरा पिउने गरेकै कारण… विस्तृत समाचार

कहिलेकाहीं त यसरी पनि आइलाग्ने

राजेन्द्र स्थापित एक समय हिन्दू अधिराज्य दाबी गरिएको सियाम तेह्रौं शताब्दीमा चीनको युन्नान प्रान्तनिवासी थाई जातिका मानिसको प्रवेशपछि थाइल्याण्ड कहलिन पुगेको हो । कालान्तरमा बर्माबाट मोन र कम्बोडियाबाट खमेरहरुले प्रवेश गरे । सियाम अर्थात् स्यामको अर्थ संस्कृतमा कालो वा गहुँगोरो हो । तर, खमेर भाषामा सियामको अर्थ हुन्छ ‘चोर’ । अतः थाइहरुले सियाम मन पराएनन् तर पनि सन् १९३९ को जुन २३ पछि मात्रै यो… विस्तृत समाचार

स्वप्निल संसारका सयौं सास्ती

अर्खान्गेल्स्क सुदूर उत्तरमा अवस्थित रुसी नगर हो । बाह्रै महिना हिउँले ढाकिने प्राचीन बन्दरगाह हो । सरदर तापक्रम शून्य दशमलव ८ हुने गर्छ । वर्षमा एक महिना त सूर्य अस्ताउँदैन अर्थात् राति नै हुँदैन । यहाँका मानिस त्यसबेला दिउँसै सुत्छन्, दिउँसै उठ्छन् । यस खालको समयलाई ‘श्वेत–रात्रि’ भनिन्छ । डुंगा चलाएर जीविका चलाउने बोटे र माझी नै यहाँका मूल वासिन्दा हुन् । अरुचाहिँ सैनिक ।… विस्तृत समाचार

यो पढेर मन रुन्छ कि तपाईंको ?

राजेन्द्र स्थापित वह पास रहे या दूर है नजरों में समाए रहते है इतना तो बता दे कोइ हमें क्या प्यार इसीको कहते है । छोटी सी बात मोहब्बत की और वह भी कही नहीं जाती कुछ वह सरमाए रहते है कुछ हम सरमाते रहते है । वरिष्ठ पत्रकार तथा पूर्व राजदूत कमल कोइरालाले अक्सर गुन्गुनाइरहने हिन्दी गीत हो यो । हुन पनि यो गीत… विस्तृत समाचार

कसको के लाग्छ र मर्न रहर गरेपछि

सन् १९७० नोभेम्बर २५ मा मिशिमा नुहाएर तयार भए । पत्नी योको छोराछोरीलाई स्कुल छाड्न हिँडिसकेकी थिइन् । मिशिमाले सधैं लगाउने लुगामाथि तातेनोकाइको पोशाक लगाए । अटैची ब्यागमा छुरा, दुवैतिर धार भएको कटारी, कागज र एउटा लामो सामुराइ तरबार राखे । कुर्सीमा ठूलो खाम थियो, जसमा उनले लेखेको उपन्यास ‘सी अफ फर्टिलिटी’ को अन्तिम भाग थियो । यो उपन्यास लेखनमा ६ वर्ष लगाएका थिए ।… विस्तृत समाचार

साम्राज्य जित्नेलाई दिल जित्न सास्ती

भारतमा मुगल साम्राज्यको जग बसालेका बाबरको वास्तविक नाउँ जहिरुद्दिन मोहम्मद हो । तैमुर वंशका । राजा तैमुर (सन् १३३६–१४०५) तुर्क–मंगोल थिए । उज्बेकिस्तानको केशमा जन्मेका उनले पर्सिया (इरान) देखि मध्यएसियासम्म राज गरे । बाबरकी आमा कुतलघ निगार खानुम मंगोल सम्राट चंगेज खाँको वंशकी थिइन् भने बाउ उमर शेख मिर्जा फरगनाका शासक । फरगना उपत्यका पूर्वी उज्बेकिस्तानमा पर्छ । उज्बेकिस्तान, किर्घिजस्तान र ताजिकिस्तानको सीमामा । बाबर… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top