विश्वको सेरोफेरो

​सपना, जसले फे¥यो संसारको स्वरुप

राजेन्द्र स्थापित त्यसबेला रोमको ठूलो प्रगति भइसकेको थियो । विभिन्न देशबाट पक्रेर ल्याइएका र युद्धमा समातिएका दासहरुको बजारमा हाकाहाकी लिलामी हुन्थ्यो । निर्जीव बस्तुसरह व्यवहार गरिन्थ्यो । अत्याचारको कुनै सीमा थिएन । रोमसरह उत्तरी अफ्रिकी सहर कार्थेजको पनि विकास चरमोत्कर्षमा पुगेको थियो । प्राचीन सभ्यताको राजधानी, ट्युनिसिया–तालको पूर्वमा अवस्थित ऐतिहासिक यो नगरका बासिन्दा यहुदी थिए, जो प्यालेस्टाइनबाट भागेर त्यहाँ पुगे । व्यापारमा पोख्त । नतिजास्वरुप… विस्तृत समाचार

सेनालाई सास्ती, दरबारलाई छुट

राजेन्द्र स्थापित नागाकोको जन्म टोकियोमा भयो । त्यहाँको सेनामा ११ प्रमुख वंश समुदायका मानिस भर्ती हुने चलन छ । तीमध्येको एक वंश ओके परिवारका राजकुमार थिए– कुनी कुनियोसी । यो वंशले १३ औं शताब्दीमा राज्य चलाएका थिए । नागाको उनैको छोरी हुन् । अर्थात् उनी जन्मजात राजकुमारी थिइन् । कुनी सम्राट मेइजी (सन् १८६८–१९१२) को शासनकालमा फिल्डमार्शल थिए । नागाकोकी आमा सिमाजु चिकाको पनि सामन्त… विस्तृत समाचार

नेताहरू, यसरी नहोस् कसैको निधन

राजेन्द्र स्थापित भिक्टोरिया पेत्रोभ्नाको जन्म सन् १९०७ को जुलाई ५ मा कुस्र्क प्रान्तको बेल्गोरोडमा भयो । रुसी जार निकोलस (द्वितीय) को शासनमा कुस्र्कको जनसंख्या मात्र एक लाख थियो । भिक्टोरियाका बाबु पिटर डेनिसोभ रेलचालक थिए भने आमा अन्ना भ्लादिमिरोभ्ना शुद्ध गृहिणी । उनीहरुका कूल चार छोरी र एक छोरा भए । कुस्र्कमा त्यो बेला धेरै पोलिसहरु थिए । उनीहरुकै लहलहैमा पिटरले छोरीको गैररुसी नाउँ भिक्टोरिया… विस्तृत समाचार

दिनमा सेविका, रातकी प्रेमिका

राजेन्द्र स्थापित एन मेरीको जन्म नर्वेको बारोया द्विपमा भयो । बाबु क्रितियान माछा निर्यात गर्थे । आमा लोभिस उनैको घरमा काम गर्थिन् । पछि मालिक क्रितियान नै उनको लोग्ने भए । एन १४ वर्षको हुँदा काका एन्द्रेस अमेरिकाबाट फर्के । न्युयोर्कको प्रहरी सेवामा थिए । एनले अमेरिकाबारे धेरै कुरा सुनेकी थिइन्– खुला समाज, प्रेममा स्वच्छन्दता र नाचगान आदि । त्यसैले एन्द्रेस फर्कन लाग्दा सँगै जान… विस्तृत समाचार

​देशप्रति अचम्मलाग्दो देन

राजेन्द्र स्थापित फाम छुआन आनको जन्म दक्षिणपूर्वी भियतनामी प्रान्त डोङ नाइको बिन होआमा भयो । पछि उनीहरुको परिवार ह्यु शहरमा स¥यो । ह्यु त्यो बेला राजधानी नै थियो । फामका बाजेले छात्रा विद्यालयमा प्रधानाध्यापकको काम पाए । बाबुले सार्वजनिक निर्माण विभागमा इञ्जिनियरको । फानको युवावस्था सैगोनमा बित्यो । इण्डोचीन (भितनाम समेत) माथि फ्रान्सले सन् १८८४ मा पूर्णरुपमा नियन्त्रण जमाइसकेको थियो । भियतनाममा कम्युनिष्ट नेता हो… विस्तृत समाचार

साँचो प्रेमसँगै सुटुक्क सीमापार

राजेन्द्र स्थापित मध्य अफगानिस्तानस्थित बामियान प्रान्तको राजधानी पनि बामियान नै हो । काबुलबाट २ सय ४० किमी उत्तरपश्चिममा पर्छ । हजारा यहाँका मुख्य बासिन्दा हेर्दा मंगोलजस्ता देखिने । फारसी भाषी यिनीहरु मंगोल सम्राट चंगेज खाँका सन्तान हुन्, जो पछि सिया मुसलमान बने । चंगेजले सन् १२२१ मा बामियानमाथि कब्जा जमाएका हुन् । पहिला यो बौद्धमार्गी कुसान साम्राज्यअन्तर्गत थियो । सन् ५०७ । ५५४ मा यहाँ… विस्तृत समाचार

हिटलरमाथि जासुसीको हैरानी

राजेन्द्र स्थापित दोस्रो विश्वयुद्धमा रुसमाथि आक्रमण गरेर जर्मनीले ठूलो भूल ग¥यो । अन्त्यमा सन् १९४३ को जनवरी आइपुग्दा नपुग्दै जर्मन सेना भाग्न विवश बन्यो । मित्रराष्ट्र उत्साहित बने भने जर्मनी हतास । इरानको राजधानी तेहरानमा नोभेम्बरको अन्तिम साता रुसी नेता जोसेफ स्टालिन, अमेरिकी राष्ट्रपति फ्रान्कलिन डि. रुजबेल्ट र ब्रिटिस प्रधानमन्त्री विन्स्टन चर्चिलबीच शिखर वार्ता हुँदै छ भन्ने जानकारी प्राप्त गरेपछि मित्रराष्ट्रका तीनैजना नेतालाई एकै चिहान… विस्तृत समाचार

​कामुक सुन्दरीको दर्दनाक अन्त्य

राजेन्द्र स्थापित जेम्स ग्राहम स्कटल्याण्डका थिए । घोडाको काठी बनाउनेको छोरो । एडिनबरास्थित मेडिकल कलेजमा भर्ना भए, तर डिग्री हासिल नगरी पढाइ बीचैमा छाडे । अत्यधिक बिक्री भएको पुस्तक ‘घरेलु उपचार’ का रचयिता विलियम बुचानको सहयोग पाएपछि योर्कशायरको डोनकास्टरमा औषधि पसल चलाए । १९ वर्षको उमेरमा सन् १७६४ मा मेरी पिकरिंगसँग बिहे गरे । मेरी पछि तीन सन्तानका आमा बनिन् । ६ वर्षपछि सन् १७७०… विस्तृत समाचार

राजकाजमाथि पिरतीको बन्धन

राजेन्द्र स्थापित अल्फोंसो (प्रथम) पोर्चुगलका प्रथम राजा हुन् । त्यसैले उनलाई ‘एकीकरणकर्ता’, ‘संस्थापक’ र ‘महान् राजा’ भन्ने गरिन्छ । पहिला दक्षिणी काउन्टी ग्यालिसिया जितेर राजा बने । पछि सन् ११३९ देखि सम्पूर्ण पोर्चुगल । सन् १२७९ मा डेनिस राजा भए । कवि र किसान राजाको रूपमा लोकप्रियता कमाएका उनले ४६ वर्ष शासन गरे । सन् १३२५ मा निधन भयो । उनी चाहन्थे ब्रिटिस पत्नी अल्डोन्का… विस्तृत समाचार

​समलैंगिक सम्बन्ध र साहित्यिक संसार

राजेन्द्र स्थापित भिक्टोरिया (भिटा) मेरी सेकभिल्ले वेष्ट कवि, उपन्यासकार र पत्रकार हुन् । ‘जमिन’, ‘नाच्ने प्रेत’, ‘शून्यता’, ‘बगैंचा’, ‘राजाकी पुत्री’, ‘पूर्व र पश्चिमका कविताहरु’ जस्ता गद्य र पद्य संग्रह तथा पेवा, हकवाला, चुनौती, खैरो आख्ता भेंडा, अँध्यारो टापु, इष्टर पार्टी, छिपछिपे पानीमा ड्रागनजस्ता उपन्यासकी रचयिता जसले कल्पनाशील साहित्यमा दिइने ‘हेथोन्र्डेन’ पुरस्कार दुईपटक जितिन् । उनीद्वारा लिखित उपन्यास ‘अल प्यासन स्पेन्ट’ मा चलचित्र निर्माण भयो ।… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.725/-

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top