विश्वको सेरोफेरो

दासीका तर्फबाट राष्ट्रपतिलाई देन

राजेन्द्र स्थापित जर्ज वासिंगटन र जोन एडम्सपछि थोमस जेफर्सन अमेरिकाको राष्ट्रपति बने । सन् १७८९ मा जर्ज वासिंगटनले अमेरिका बेलायतबाट स्वतन्त्र भएको घोषणा गरे । त्यो भाषण लेखेका थिए, जेफर्सनले । स्वतन्त्रतालगत्तै उनी भर्जिनिया राज्यको गभर्नर बने, त्यसपछि विदेशमन्त्री अनि सन् १७९७ मा उपराष्ट्रपति । सन् १८०१ मा अमेरिकाको तेस्रो राष्ट्रपति बन्दा ५८ वर्ष पुगिसकेका थिए । उनी र मार्था स्केल्टनले सन् १७७२ मा बिहे… विस्तृत समाचार

​तिमी बस्यौ मनभित्र, यो मायाँको संसार विचित्र

राजेन्द्र स्थापित हेनरिक जोन इब्सन आधुनिक नाट्यशालाका जन्मदाता । नाटक त लेख्थे नै, निर्देशन पनि गर्थे । कविता कोर्थे । उनीद्वारा रचित पुतलीको घर, भूतहरु, जनताको शत्रु, जंगली हाँस, हेड्डा गाब्लर, सिद्धहस्तकर्मी, समाजका नाइके, सामुद्रिक युवती, बहुचर्चित नाटक हुन् । ‘पुतलीको घर’ त सर्वाधिक जनप्रिय नाटक सिद्ध भइसकेको छ । शेक्सपियरपछि सबैभन्दा बढी मञ्चित नाटक इब्सनकै हो । जन्म नर्वेमा तर अधिकांश नाटक डेनिस भाषामा… विस्तृत समाचार

​अपरिचित छोरीको पत्रले दिने आनन्द

राजेन्द्र स्थापित जियाओजियाओ उर्फ माओ मिन माओ त्सेतुङकी छोरी हुन् । तेस्री पत्नी हे छिछेनतर्फकी उनको जन्म सन् १९३६ मा सान्सी प्रान्तको झिदान काउन्टीमा भएको हो । माओले कोमिन्ताङ सरकारबाट बचाउन छोरीको नाउँ फेरिदिए– लि मिन । ह छिछेन सन् १९३७ मा मस्को गइन् । कोमिन्ताङले हानेको बमको छर्रा लागेर घाइते हुँदा पनि क्रान्तिमा सक्रिय थिइन् । पटक–पटक बिरामी हुन थालेपछि कम्युनिष्ट पार्टीका अन्य नेताहरुको… विस्तृत समाचार

​दरबारभित्र सुन्दरीको दबदबा

राजेन्द्र स्थापित ब्रिटेनका सम्राट्् चाल्र्स (द्वितीय) घुँडा टेकेर माफी मागिरहेका थिए । उनी बारम्बार एउटै कुरा दोहो¥याउँदै थिए– ‘म लज्जित छु । मबाट गल्ती भयो । मलाई माफ गर । सिर्फ एकचोटिका निम्ति मलाई क्षमा देऊ ।’  ब्रिटेनजस्तो महाशक्तिशाली मुलुकका शक्तिशाली सम्राट्लाई पनि माफी मगाउनसक्ने शक्तिशाली महिला थिइन्– बारबरा पामर । उनी चाल्र्सकी महारानी नभएर रखैल थिइन्, महारानी त कैथरिन थिइन् । षड्यन्त्र गर्नमा होस्… विस्तृत समाचार

विश्वासमा जब लाग्यो बादल

राजेन्द्र स्थापित सन् १९४७–१९४९ मा जब स्वतन्त्र भारतको संविधान मस्यौदा हुँदै थियो, उता छिमेकी चीन माओत्सेतुङको नेतृत्वमा स्वतन्त्र भयो । च्याङ काइसेकको शासन पतन भयो । नव गणवादी चीन बन्यो ।  भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु सधैं चीनसँग असल मित्रता कायम होस् भन्ने चाहन्थे । चाङ काइसेकसित उनको राम्रो सम्बन्ध थियो । प्रधानमन्त्री चाओ एनलाइसित पनि असल मित्रता थियो तर माओत्सेतुङ ? माओ को हुन् ?… विस्तृत समाचार

भारतीय सुन्दरीको जिन्दगीमा भाँडभैलो

 राजेन्द्र स्थापित रोबर्टो रोसेलिनी इटालियन चलचित्र निर्माता, निर्देशक र पटकथा लेखक हुन् । बाबु एन्जिलो गुसेपले इटलीको राजधानी रोममा पहिलो फिल्म ‘बार्बेरिनी’ बनाएका थिए । मूलतः उनी वृत्तचित्र बनाउँथे । बाबुको निधनपश्चात रोबर्टोले चलचित्र निर्माण थाले । उनी निर्मित पहिलो चलचित्र ‘डाफ्ने’, सन् १९६३ मा प्रदर्शित भयो । बिहे सन् १९३४ मै भइसकेको थियो, रुसी अभिनेत्री आसिया नोरिससँग । २४ वर्षीया नोरिसको त्यसबेला एउटै मात्र… विस्तृत समाचार

पुस्तकको दुर्गतिले विचराको प्राणान्त

राजेन्द्र स्थापित दक्षिण पेरिसस्थित गाउँ– पेता । ढुंगाले बनेका लहरै घरहरु । एक साँझ ढुंगे पुलसँगै दुईतले घरको ढोका कसैले ढक्ढक्यायो । घरमालिकले ढोका खोले । बाहिर घोडाले तान्ने गाडी थियो । ढोकानजिक इन्स्पेक्टर उभिएका थिए, साथमा चार जना प्रहरी जवान । ‘तिम्रो घरको तलासी लिन आएको, वारेन्ट पुर्जी छ,’ इन्स्पेक्टर लारीले भने, ‘हामीलाई यो आदेश पेरिसस्थित मुख्यालयबाट पठाइएको हो ।’ उनले कागज हावामा हल्लाए… विस्तृत समाचार

पर्दाको प्रेम जब मनभित्रै प्रकट हुन्छ

 राजेन्द्र स्थापित सीने में सुलगती है अरमाँ आँखो में उदासी छाइ है, ये आज तेरी दुनियाँ से हमेँ तकदीर कहाँ ले आइ है । कुछ आँखोमें आँशु बाँकी है जो मेरे गम के साथी है, अब दिल है ना दिलके अरमां है बस, में हँ मेरी तनहाई है । ना तुझे से गिला कोइ हमको ना कोइ शिकायत दुनिया से, दो चार कदम जब मंजिल… विस्तृत समाचार

तानाशाहलाई जसले आफूतिर तानिन्

राजेन्द्र स्थापित जर्मनीमा एडोल्फ हिटलर सत्तारुढ भएपछि जोसेफ गोयबल्सलाई प्रचारप्रसार मन्त्रीमा नियुक्त गरे । मन्त्री बनेलगत्तै नाजी विचारधारालाई असर पार्नसक्ने चलचित्र, हास्य प्रहसन र गीतहरुमा प्रतिबन्ध लगाइदिए । यसक्रममा सन् १९३९ मा अमेरिकी चलचित्रमाथि बन्देज लाग्यो । त्यसबेला जर्मनीमा अमेरिकामा निर्मित चलचित्र खुब चल्थ्यो । जर्मन सरकारले नाजी पार्टीको अधिनमा गठित चलचित्र निर्माण कम्पनी युएफए -युफा) बाट धमाधम चलचित्र निर्माण गर्न लगायो । जर्मनीनियन्त्रित अन्य… विस्तृत समाचार

पुत्रीकै सामु डढाएर आमाको प्राणान्त

 राजेन्द्र स्थापित क्याथरिन डेसायसको उचाइ लगभग पाँच फुट थियो । पुष्ट शरीरकी उनी राम्री थिइन् । बिहे गरगहना र सिल्क कपडा व्यापारी एन्तोनियो मोन्टभोइसिनसँग भयो । भोइसिनको पेरिसमा ठूलो पसल थियो तर उनी चाँडै टाट पल्टिए । परिवार डुबानमा परेपछि क्याथरिनले व्यक्तिको अनुहार हेरेर औषधोपचार गर्ने वैद्यको काम थालिन् । विस्तारै भविष्य पनि बताउन शुरु गरिन् । नर्सको काम पनि गर्थिन् । विशेषतः गर्भपतन गराउने… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Top