साप्ताहिक समाचार

जाने बेला खाने दाउ

न्यायपरिषद्ले पूर्णता पाएर बल्ल न्यायाधीश नियुक्तिको चर्चामात्र चल्न थालेको छ । तर, कसैलाई के को धन्दा, घरज्वाइँलाई खानकै धन्दा भनेझैँ सर्वोच्च अदालतका हाकिमहरुलाई सुत्केरीको नाम गरी टाउको खाने चटारो परेको छ । प्रसंग उच्च अदालतका निम्ति तोकिनुपर्ने ८० नयाँ न्यायाधीशको नाममा गाडी खरिदसम्बन्धी प्रस्तावको हो । रमाइलो त के छ भने यो प्रक्रिया अघि बढाएर अर्थ मन्त्रालयबाट बजेट निकासा माग्ने सर्वोच्चका प्रमुख लेखा नियन्त्रक वालकृष्ण… विस्तृत समाचार

खुवाएर जाँदा खत्तमै

चिनियाँ सरकारको छात्रवृत्तिमा पढ्न गएका एक जना विद्यार्थी दुई महिना पनि नबित्दै डिपोर्टमा परेका छन् । पाँचवर्षे भाषा शिक्षण कार्यक्रमअन्तर्गत स्नातक अध्ययन गर्न भदौ दोस्रो साता ‘बेइजिङ ल्याङ्ग्वेज एण्ड कल्चर युनिभर्सिटी’ मा पुगेका विद्यार्थी मानसिक रोगका कारण फिर्ता पठाइएपछि कुकुर तिहारको दिन काठमाडौं आइपुगेका छन् । निरोगिताको प्रमाणपत्र पेश गरेर झुक्याउने विद्यार्थी पोखराका मधुसूदन खनाल हुन् । नेपालमा हुँदा पनि मानसिक रोगको औषधि खाइरहेका उनले… विस्तृत समाचार

ढुकुटीको नाममा सयौं चेली सुकुटी

ढुकुटीको नाममा महिला भेला गर्दै सोझालाई छानेर घर न घाटको बनाइदिने धन्दामा चौथो ठूलो पार्टी राप्रपा नेपालका महामन्त्री राजाराम श्रेष्ठ लागेका छन् । प्रतिमा थापा श्रेष्ठमार्फत सोझा महिलालाई घरबारविहीन बनाउने गरेका हुन् । एभरेस्ट क्यासिनोकी जागिरे प्रतिमाले मध्यबानेश्वरमा बसेर त्यस क्षेत्रका महिलालाई ढुकुटी खेलाउने गर्थिन् । २० जनालाई समेटेर १० लाखको ढुकुटी चलाइन् । यसमा शंखमूल बस्ने टीकाकुमारी थापा पनि थिइन् । प्रतिमाले बढीमा ७… विस्तृत समाचार

काण्ड त अचेल कति हो कति

सेलिब्रेटी गगन थापाकै अड्डामा गाईजात्रा देखिएको छ । एउटै विभागमा दुई जना उपसचिव राखेर मच्चाउनुसम्म रडाको मच्चाइएको छ  । स्वास्थ्य मन्त्रालयको कानुन उपसचिवमा सीमानन्द भुसाल पहिलादेखि नै कार्यरत रहेकोमा उनको अन्यन्त्र सरुवा नगरी सोही स्थानमा कानुन मन्त्रालयबाट शम्भु रेग्मीलाई झिकाइएपछि लफडा मच्चिएको हो । स्रोतका अनुसार गगनको रोजाइमा कांग्रेसनिकट टीकाराम पाण्डे रहे पनि माओवादीको हातमा रहेको कानुन मन्त्रालयले माओवादी निकट रेग्मीलाई त्यहाँ पठाएको हो ।… विस्तृत समाचार

जे पनि सम्भव हुँदो रहेछ नेपालमा

एक पूर्ण सपांगले आफूलाई कागजी रूपमा अपांग भएको देखाएर लोकसेवा आयोगदेखि राज्यलाई गुमराहमा राखेका छन् । हेर्दा अत्यन्त राम्रा र हिस्सी परेका देखिने गोविन्द भट्टराई अपांगकै कोटाबाट शाखा अधिकृत बनेका हुन् । सुन्धारास्थित गोश्वारा हुलाक कार्यालयमा कार्यरत रहेकै बेला उनले आफू अपांग भएको कागज गुल्मी जिल्लास्थित महिला तथा अपांग कार्यालयबाट लिएका थिए । हातगोडादेखि सग्ला नाक, कान, घाँटी र सवल शारीरिक बनावटका धनी सुन्दर गोविन्दले… विस्तृत समाचार

झण्डै पद गुमेको

एमालेसँग मिलेर लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने एक जना माओवादी नेताले झण्डै मन्त्रीपद गुमाउनुपरेको छ । पार्टीभित्रकै केही असन्तुष्ट पक्ष र देश बाहिरका शक्तिलाई पनि नचिढ्याउनका निम्ति सम्भवतः प्रधानमन्त्रीले आफूलाई थाहै नदिई प्रस्ताव दर्ता गरेको भन्दै प्रभाकरको ‘सातो’ टिपेको हुन सक्छ । केही नेतासामु भएको भनाभनमा आफ्नो राजीनामा मागिएपछि ऊर्जामन्त्रीले ‘पार्टीकै हितमा यसो गरेको हुँ । पहिला पनि गरेको थिएँ । यो काममा पब्लिक… विस्तृत समाचार

यिनका फेरि बेग्लै पीडा

यो महाअभियोग प्रकरणमा आफूलाई सामेल गरिएन भनेर मधेसी नेता चित्त दुखाइरहेका छन् । र, यही निहुँमा लोकमान प्रकरणको परिस्थिति हेरी दायाँ–बायाँ लाग्न पनि सक्छन् । महन्थ ठाकुरले त भनेकै छन्, पहिला सानो सानो समितिमा पनि राख्थे तर ११ जनाको टोली बन्दासमेत हामीलाई महाअभियोग सिफारिस समितिबाट बाइपास गरियो । न हामी प्रस्तावक, न समर्थक । यो लफडामा किन फस्ने ? कांग्रेसले पक्षमा भोट नहाल्ने अवस्थामा उनीहरू… विस्तृत समाचार

यही हो काम, नेपालको नाम

कति भो यो सरकार बनेको ? यसबीच जनतालाई उपलब्धि के मिल्यो ? सर्वसाधारण गए भाँडमा तर कर्मचारीलाई भने प्रचण्ड सरकारले राम्रै राहत दिएको पाइयो । विदेश भ्रमण स्वीकृतसम्बन्धी क्याबिनेटको अधिकार मुख्य सचिवमा सरेपछि कर्मचारीको दिन खुलेको हो । यसबीच, केही मन्त्रालयका उपसचिव, सहसचिव, सचिव र मन्त्रीले गरेको विदेश भ्रमणको अभिलेख पल्टाउने हो भने आश्चर्यले जिब्रो टोक्नुपर्ने हुन्छ । निजामती सेवा कार्यविधिअनुसार परराष्ट्र र अर्थको वैदेशिक… विस्तृत समाचार

विदेशमा पनि नेपाली बाँडिए

बेलायतमा बस्दै आएका नेपालीले दशैं मनाए तर चाडबाडमा पनि उनीहरूबीच एकता देखिएन । नेपाली पूर्व गोर्खाली परिवार र गैर गोर्खालीमा विभाजित छन् । विस्तारै गैरगोर्खाली नेपाली छायामा पर्दै छन् । दशैं समारोह पहिला–पहिला जस्तै विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर, पहिलाको तुलनामा ब्राम्हण–क्षेत्रीको सहभागिता उल्लेखनीय देखिएन । यसबारे सर्वसाधारण नेपालीले टिप्पणी गर्न चाहेनन् । तर, जताततै राजनीति घुसेको प्रस्ट छ । बेलायत, युरोपेली युनियनबाट… विस्तृत समाचार

मृदुलाले पनि मच्चाइन् मनपरी

कांग्रेसकी ‘पावर ब्रोकर’ भनेर चिनिने मृदुला कोइराला पनि लोकमानशैलीमै अत्याचारमा संलग्न भएकी छन् । उनले अदालतको अन्तरिम आदेश कुल्चन बाध्य बनाउँदै गौरीघाटको एउटा घर कब्जा गरेकी हुन् । राष्ट्रबैंकका गभर्नर चिरञ्जीवी नेपालको शक्ति प्रयोग गर्दै आफ्नो घर मृदुलाको कब्जामा परेपछि घरधनी रुवाबासीमा छन् । काभ्रेका टेकनाथ हुमागाईंले दुःखमा कमाएको र अप्ठेरोमा बैंकसँग लिएको ऋण समयमा तिर्न नसक्दा लिलामी सूचना पनि प्रकाशित भएपछि उक्त घरमा मृदुलाको… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top