साप्ताहिक समाचार

गरिबलाई झन् गरिब बनाउँदै

गरिबी निवारणका लागि भन्दै करोडौं रकम सकाएको गरिबी निवारण कोषले आफ्नै साझेदार संस्थाका कर्मचारीलाई उल्टै गरिब बनाएर छाडिदिएको छ । हाल रुकुम जिल्लामा गरिबी निवारण कोषको कुनै कार्यक्रम सञ्चालित छैन । यसअघि १० वर्ष कार्यक्रम सञ्चालन गरेका सहयोगी संस्था (गैरसकारी संघ÷संस्था) र कोषबीचको सम्झौता सकिसकेको छ भने नया“ छनोट भएका सहयोगी संस्थास“ग सम्झौता भएकै छैन । कोषले कर्मचारीलाई यसअघिकै सम्झौताअनुसार तलब भुक्तानी गरेको छैन ।… विस्तृत समाचार

खुकुरीभन्दा कर्द जान्ने, कसलाई के भन्ने ?

मन्त्री देउवाका, सचिव रामचन्द्रका । यस्तो भएपछि मन्त्रालयमा काम होस् पनि कसरी ? सिञ्चाई मन्त्री दीपक गिरी यही गुनासो लिएर पार्टी सभापतिकहाँ पुग्दा । देउवाले ‘मैले के गर्नु त’ भनी फर्काइदिएका छन् । विभिन्न आयोजना प्रमुख सिफारिस अरुको भन्दा बढी देउवाले गर्ने, तर मन्त्रीको जानकारीबिनै सचिव गजेन्द्र ठाकुरले आयोजना प्रमुखहरु तोकिसक्ने भएपछि गिरी बूढानिलकण्ठ पुगेका हुन् । त्यसमाथि हालै राज्यमन्त्री नियुक्त सुरेशमान आचार्य ‘कामै रहेनछ’… विस्तृत समाचार

एमालेमाथि नाकाबन्दी

मधेसमा एमालेको बाटो छेक्ने अभियानमा मधेसी मोर्चा लागेको छ । यही २४ र २५ गते पार्टीको मुखपत्र ‘नवयुग’ दिवश वीरगञ्जमा गर्ने योजना थियो । त्यहीं पार्टीका प्रचार विभागसम्बद्ध अगुवाको भेलासमेत आयोजना भएकाले तिनै सहभागीलाई निषेध गर्ने योजना बनेको बताइन्छ । सर्लाही, सिरहा र महोत्तरीको प्रशिक्षण सकेर सप्तरी झरेको एमाले टोलीलाई त्यहाँ पनि अवरोध पु¥याउने काम भएको छ । निर्माण व्यवसायी संघको हलमा राखिएको भेला मधेसी… विस्तृत समाचार

पानी ? – ‘नो प्रब्लम’

मेलम्ची खानेपानी परियोजना निर्माणस्थलमा सुनको खानी भेटियो भनेर सर्वसाधारणको आउजाउ नै जसरी रोकिएको छ, वास्तविकताचाहिँ त्यो होइन भन्ने बुझिएको छ । न अगाडि न पछाडि, न तल न माथि जम्मा एक मिटर क्षेत्रबाट पहेंलो लेदो निस्किएको थियो । त्यो के हो भनेर खानी विभागले परीक्षण गरिरहेको छ । स्रोतका अनुसार यदि त्यो ठाउँलाई खाली नै छाड्ने हो भने पनि मुख्य काम (हेडवक्र्स) मा फरक पर्दैन… विस्तृत समाचार

पत्नी कसैले फेला पारिदिए !

सुन्दर परिवार बनाउने सपना सजाएर बिदेसिएका धेरै नेपाली श्रीमतीका कारण घरबारविहीन हुने क्रम बढिरहेका बेला उत्तरी मोरङमा अर्को श्रृंखला थपिएको छ । सिंहदेवी–९ ङका जसमान राईको जीवनमा सोच्दै नसोचेको घटनाले पारिवारिक भुइँचालो आएको हो । पहिलो छुट्टीमा घर आउँदा ३० वर्षीया श्रीमती सोनु दुई छोरा लालनपालन गरी राम्रै घरबार सम्हालेर बसेकी थिइन् । त्यसैले जसमान पुनः विदेश गए । तर, विदेश गएको १८ महिना नपुग्दै… विस्तृत समाचार

मान्छे हेर्दा मक्ख, दुनियाँ साह्रै छक्क

तत्कालीन नेकपा माओवादीको खरिपाटी भेलाबाट प्रचण्डले देशभित्र नेपाली कांग्रेस र बाहिर भारतीय विस्तारवादलाई प्रधानशत्रु किटान गरे । पछि पालुङटारको विस्तारित बैठकले पनि त्यसैलाई सदर ग¥यो । तर, त्यो निर्णय अझैसम्म सच्चिएको छैन जबकि प्रचण्डका लागि भारत अनन्यमित्र भइसक्यो अनि नेपाली कांग्रेस सत्ता सहयात्री । कम्युनिष्टको सनातन धर्म नै हो, प्रधानशत्रु किटान गर्नु । अनि विश्व शक्तिको विश्लेषण गर्नु । त्यसै भएर माओवादीले चीनलाई पनि दक्षिणपन्थी… विस्तृत समाचार

कसरी हुन पुग्यो यस्तो मिलन ?

केही समयअघि काठमाडौं भ्रमण सकेर फर्कन लाग्दा भारतीय प्राध्यापक एसडी मुनीले एउटा सुझाव दिए, ‘अब नेपालमा पहिचानवादीबीच एउटा मोर्चाबन्दी हुनु आवश्यक छ ।’ अरूले त उनको यो भनाइलाई खास महत्व दिएनन् तर डाक्टर बाबुरामचाहिँ गुरुमन्त्र कार्यान्वयनतर्फ लागे । त्यसैको परिणामस्वरूप अस्ति सोमबार उपेन्द्र यादव र बाबुराम भट्टराईको संयुक्त हस्ताक्षरमा एउटा विज्ञप्ति जारी भयो । रूपमा सरकारलाई संविधान संशोधनमा असहयोग पुग्नेजस्तो देखिने त्यो विज्ञप्तिको अन्तर्यमा चाहिँ… विस्तृत समाचार

कमरेडलाई रातभर निन्द्रा नलाग्दा

एकाबिहानै प्रचण्डले शेरबहादुर देउवालाई भेटेर भने, ‘अब भएन, मेरो पार्टीमा पूरै अराजकता बढ्यो । म जनार्दनलाई कारबाही गर्छु । मन्त्रीबाट पनि निकाल्छु ।’ तर, देउवाले त्यसमा समर्थन जनाएनन् । उनको धारणा थियो, ‘हुन्न, हुँदै हुन्न । मलाई अप्ठ्यारो हुन्छ । त्यसै त सबै कांग्रेसी एमालेको पुच्छर बन्नुहुँदैन भन्दै छन् । मलाई निर्णय गर्न गाह्रो पर्छ ।’ यो संवाद लोकमानविरुद्ध महाअभियोग संसद्मा दर्ता भएको भोलिपल्ट अर्थात्… विस्तृत समाचार

रमिता छ अचेल राजधानीमा

रमिता चलेको छ, कृषि मन्त्रालयमा । तामाङ समुदायबाट पहिलोपटक एउटी चेली राज्यमन्त्री बनेकी छन्, राधिका । तर, त्यहीँका कर्मचारी अहिले कहिल्यै नदेखिएको अर्को दृश्य देखेर आजित छन् । मन्त्रीभन्दा पति बढी जान्ने हुँदा कर्मचारी हैरान भएका हुन् । फुलमन्त्री भएको मन्त्रालयमा राज्यमन्त्रीको कामै कति हुन्छ र ? राज्यमन्त्री आफैँ भूमिकाविहीन हुनुपर्ने स्थितिमा बचेखुचेको भूमिका पनि पति दलबहादुर स्याङ्तानले निभाइदिँदा राज्यमन्त्री लगभग बेरोजगार छिन् । कतिसम्म… विस्तृत समाचार

प्रेम गर्नेलाई जेलको पुरस्कार

प्रेमविवाह गरेर बसेको एक जोडीलाई छुटाउन बुनिएको कृत्रिम जाल तोड्न नसक्दा एक जना राजनीतिककर्मीसहित ३ विद्यार्थी कानुनी फन्दामा परेका छन् । मोरङ बुधनगरकी एक युवतीसँगको विवाह छुटाउ बुधनगर–४ का दिनेशकुमार र उमानन्द यादव, विराटनगर–१८ का सुनीलकुमार र साजन यादवलाई सास्ती मात्र दिएन, प्रवासी नै बनाएको छ । उमानन्दले स्थानीय एक युवतीसँग प्रेमपछि गरेको विवाहलाई केटी पक्षले अस्वीकार गर्दा मानव बेचबिखन तथा ओसारपसार, अपहरण र शरीर… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top