साप्ताहिक समाचार

मतदाता मर्दा मन दुख्दैन मान्यज्यू !

मधेसी नेताको काम मोर्चाबन्दी गरी घरी एउटालाई समर्थन गर्ने घरी अर्काेको विरोध गर्ने मात्र हो ? सत्ता र कुर्सीका लागि मोर्चाबन्दी गर्ने मधेसका मान्य’ले देशको विकास र सर्वसाधारणको प्रत्यक्ष सरोकारका कुरा संसद्मा कत्तिको उठाएका छन् ? हरेक वर्ष जाडोयाम शुरु भएसँगै तराईमा शीतलहरका कारण ज्यान गुमाउनेको संख्या बढ्दो छ । पछिल्लो तीन वर्षको मात्र तथ्यांक हेर्ने हो भने तराईका सात जिल्लामा शीतलहरकै कारण ज्यान गुमाउनेको… विस्तृत समाचार

राज्य लाचार हुँदाको रमिता

आफूले केही लछारपाटो लाउन नसक्ने बरु अरूकै भर पर्ने र मुख ताक्नेको बोलवाला छ यो देशमा । महाअभियोग प्रस्ताव थाती राखेर माननीयज्यूहरू सर्वोच्चको बाटो हेर्ने, विशेष अदालतको तारिख कुर्दै सरकार अलमलमा पर्ने त हाम्रो विशेषता नै हो । सर्वोच्चद्वारा ५० हजार धरौटी लिएर पछि सफाइ पाएका सिके राउतले राज्यको यस्तै–यस्तै अकर्मण्यताको फाइदा उठाउँदै महिना–महिना दिन बिराएर राजधानी आउने र पृथकतावादी गतिविधि अघि बढाउने छुट पाएका… विस्तृत समाचार

तारे होटलतिर मान्य’को ताँती

पहिलो संविधानसभाको कार्यकालभरि केही सांसदलाई भेट्न संसदीय दलको कार्यालय होइन कुपण्डोलको समिट होटल वा बानेश्वरको एभरेष्ट होटल गए हुन्थ्यो । संविधान निर्माणमा सक्रिय केही सभासद् साँझ परेपछि कहिले धुलिखेल र नगरकोट वा गोकर्ण रिसोर्टमा भेटिन्थे । संविधानका विवादित बिषय मिलाउने नाममा हरेक दिनजसो ‘क्याम्प फायर’ गरेर सभासद्को भेला हुन्थ्यो, जहाँ संसद् सचिवालयका केही प्रभावशाली व्यक्तिसमेत सहभागी हुन्थे । तिनै भेलामार्फत संविधानसभाका गोप्य दस्ताबेज मिडियाले थाहा… विस्तृत समाचार

गोप्य वार्तामा यतिसम्म गलफत्ती

वैशाख अन्तिम साताको निम्ति तिथि तोकेर सम्भवतः यही साता स्थानीय निकाय निर्वाचनको घोषणा हुँदै छ । झट्ट सुन्दा अहिलेकै अवस्थामा त्यो सम्भवजस्तो नदेखिए पनि यसका केही आधार भने तयार बनेको छ । मुलुकलाई हालको अवस्थाबाट कसरी अघि बढाउने भन्ने विकल्पको खोजीका क्रममा प्रमुख दलले चुनावलाई अघि सारेका हुन् । सत्ताधारी माओवादी र कांग्रेसले संविधान संशोधनमै जोड दिइरहेको सतहमा देखिन्छ भने प्रमुख विपक्षी एमालेचाहिँ कुनै हालतमा… विस्तृत समाचार

मनपरि बाँड्नमा कोभन्दा को कम ?

पाँच नम्बर प्रदेशका ९० प्रतिशत जनताको आन्दोलनलाई वितण्ड मान्ने पुष्पकमल दाहाल सरकारले आन्दोलनकै नाममा दुई÷चार दिन घुर्की लगाउनासाथ केहीलाई भने आश्चर्यजनक ढंगले सुविधा प्रदान गर्ने भएको छ । स्वेच्छाले करारतर्फ छैटौं तहमा सरकारी जागिरे बनेका कर्मचारीलाई झण्डै मुख्यसचिव बराबरको तलब तोकेर मन्त्रिपरिषद्ले लथालिंगे शैली प्रदर्शन गरेको हो । पुनर्निर्माण प्राधिकरणले करारमा जागिर दिएका प्राविधिक कर्मचारीले सुविधाको माग राख्दै गत साता सामुहिक राजीनामा दिएका थिए ।… विस्तृत समाचार

राजधानीबाट हुरुरु रोल्पा

प्रचण्ड–बाबुरामसँग ०६९ मा छुटेपछि तीन वर्ष मोहन वैद्यसँग बिताएका नेत्रविक्रम चन्दले माओवादीकै नाममा आठौं महाधिवेशन उद्घाटन आगामी फागुन १ गते काठमाडौंको खुलामञ्चमा गर्ने भएका छन् । बन्दसत्रको निम्ति भने जनयुद्धको केन्द्र रोल्पा, थबाङ तोकिएको छ । बन्दसत्रका लागि शहिद स्मृति भवन निर्माण शुरु भएको छ, जसको लागत झण्डै एक करोड पर्ने बताइन्छ । सोही प्रयोजनका लागि भन्दै देशभर भटाभट चन्दा उठाइँदै छ । करिब २… विस्तृत समाचार

बिर्सिए, बिर्सिए सबै कुरा बिर्सिए

शहिद परिवारको बिचल्ली छ, टुहुरा बच्चाको बिजोग छ, घाइते अझै छर्रा बोकेर बाँचेका छन्, युद्धका घाउ बल्झिरहेका छन् । उपचार छैन, राहत छैन । नेता बिलासी जीवनशैलीमा रमेका छन्, शहरमा महल ठड्याएका छन्, सन्तानलाई महँगो स्कुल, कलेजमा पढाएका छन् । सत्ता, पद, पैसा, ऐशका लागि जनतालाई ढाल बनाएर घर न घाटको बनाएको आरोप माओवादीलाई त्यसै लागेको होइन । जनयुद्धताका बाँडेका आश्वासन, घन्काइएका नारा नेताकै स्वार्थमा… विस्तृत समाचार

कसैले राखेनन् यताको खबर

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमडी भर्ना प्रक्रियामा भएको अनियमितता छानबिन गर्न दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति बन्यो । डिसेम्बर अन्तिममा उपकुलपतिबाट अवकाश पाउने बलभद्र दासलाई त्यसमा दोषी करार गर्दै समितिले प्रतिवेदन बुझायो । प्रतिवेदनअनुसार कारबाही गर्न कुलपतिका हैसियतले प्रधानमन्त्रीले मात्र सक्छन् । त्यसका लागि स्वास्थ्यमन्त्री गगनले आफूले बुझेको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्रीकहाँ पठाउनुपर्ने हो । तर, त्यसो गरेनन् । अहिलेसम्म उक्त प्रतिवेदन आफैँसँग राखेका छन्… विस्तृत समाचार

भारुको असरबारे यसो भनियो

नेपालमा भारु. हजार र पाँच सयका नोट प्रतिबन्धत हुँदा त्यसले यहाँको अर्थतन्त्रमा के–के प्रभाव पार्छ ? यसबारे नेपाल राष्ट्र बैंकले प्रधानमन्त्रीलाई गरेको ब्रिफिङ हेर्दा लाग्छ, नेपाली अर्थतन्त्रको ठूलो हिस्सा नै ठप्प हुनेरहेछ । कुल चलनचल्तीमा रहेका नोटहरुको झण्डै ८६ प्रतिशत हिस्सा रहेको हजार र पाँच सय दरका नोटलाई प्रचलनबाट हटाई नयाँ दरका नोट प्रचलनमा ल्याउँदा नेपालमा मात्र हैन, भारतमै पनि आर्थिक कारोबार अस्तव्यस्त भएको फेहरिस्त… विस्तृत समाचार

मान्छे ढाल्नासाथ पारिबाट फोन

‘युवा संघ जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानेको मैले हो, पहिला गोली हानेर तर्साउँदासमेत सुध्रिएन । उसले मेरा केटाहरूलाई पक्राउ गराएर मलाई समेत नेपालमा बसिखान दिएन, एमालेका मान्छेलाई अब छानी–छानी गोली हान्छु, गोली हानेको एक घण्टामै विभिन्न घटनामा फरार अभियुक्त देवदहकै मनोज बुढा मगरले एमाले रुपन्देही जिल्ला कमिटीका पूर्वसदस्य धु्रव खरेललाई फोनमा भने । तिवारीलाई गोली लागेको र देवदह मेडिकल कलेज भलुही लगेको जानकारी पाएपछि… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top