साप्ताहिक समाचार

भारतमा नेपालीको योगदान भरमार

भारतका लागि राष्ट्रिय गौरव बनेका नेपालीमूलका नयाँ र पुरानो पुस्ताका दुई दर्जन गोर्खाली प्रतिभा असाममा पहिलोपटक सम्मानित भएका छन् । अखिल असाम गोर्खा संघको माघ चौथो साता सम्पन्न १५औं केन्द्रीय अधिवेशनका क्रममा नयाँ र पुरानो पुस्ताका प्रतिभा नागरिक अभिनन्दन र दीर्घसेवा सम्मानबाट सम्मानित भएका हुन् । तीनपटक राष्ट्रिय उपाधि जित्न सफल चर्चित बक्सिङ खेलाडी आशा रोका, अन्तर्राष्ट्रिय सुटिङ खेलाडी पेम्बा तामाङ, राष्ट्रिय फुटबल टिमका कप्तान… विस्तृत समाचार

कलिला केटाकेटीको कच्चा काम

अनुशासनको नाममा निजी विद्यालय अराजक भएका हुन् वा हाम्रा कलिला बालबालिकाको सहने क्षमता ह्रास हुँदै गएको हो ? पछिल्लो साता फुल्न–फक्रन नपाउँदै दुई कोपिलाजस्ता स्कुले किशोर÷किशोरीले आत्महत्याको बाटो रोजेका छन् ।  यसरी जीवन गुमाउने किशोर हुन् प्रज्वल पोखरेल र कृतिका थापा । पोखरेल धापाखेलस्थित जेम्स स्कुलमा १० कक्षाका विद्यार्थी हुन् भने सेन्टमेरिज स्कुल जावलाखेलकी कृतिका थापा पनि सोही कक्षामा अध्ययनरत थिइन् । कुमारी क्लब, बल्खुमा… विस्तृत समाचार

यस्तो कामलाई के भन्नुपर्ने हो खै !

‘घ्यू कहाँ पोखियो दालमा’ यसैलाई भनिएको हो । चतु¥याइँ पनि कस्तो भने सांसद विकास कोषको पैसा खर्च गर्न ठाउँ कहीँ नपाएर छट्पटिएका सांसद दीपक कुइँकेलले विकास कोषको पैसा लगेर आफ्नै क्षेत्रको एउटा क्याम्पसमा खन्याए । त्यो पनि एक वर्ष होइन, ३ वर्षदेखि निरन्तर । बदलामा पुराना प्राचार्यलाई गलहत्याए र भाइलाई प्राचार्य बनाए । यतिसम्म त ठिकै थियो, भवन निर्माणको नाममा दाजुभाइ मिलेर हिसाब–किताब गोलमाल पारेको… विस्तृत समाचार

हल्लै हल्लाको देश, को बदमास– को बेस !

प्रहरीको त हल्ला धेरै भयो । बजारमा हल्ला नचलेका, तर त्यस्तै राजनीतिक हस्तक्षेपका अनेकन मामिलामध्येको हो, विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकूलपति नियुक्ति । तीनवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकूलपति नियुक्तिको प्रक्रियालाई प्रधानमन्त्रीले रोकिदिएका छन् । सिटौला कांग्रेसबाट गगन थापा मन्त्री छन्, तर स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा कूलपति हुन्छन्, प्रधानमन्त्री । पाटन, गण्डकी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकूलपतिका लागि तीन–तीन जनाको नाम सिफारिस गरेको ३० दिन कटिसक्यो… विस्तृत समाचार

बाबाजीहरूको सिंहदरबारमा बथान

हिजो मंगलबार सर्वोच्चमा एक हुल बाबाजी प्रकट भए । यी सिंहदरबारको फेरो मारेर निस्किएका थिए । पीडा रहेछ, बाँकेका सिडिओ रविराज पन्थले दिएको सास्ती । नेपालगञ्जमा मन्दिर, गुठीलगायतका हजार रोपनीभन्दा बढी जमिन छन् । नगरपालिकाको २३ नं. वडास्थित मानपुरमा ‘काली काली महाकाली’ नामक मन्दिर छ । महन्थ असित चटर्जी दास हुन् । मानपुरमा बस्ती बस्नुअघि नै उनी भारतको कलकत्ताबाट आएर ४० वर्षदेखि बसेका छन् ।… विस्तृत समाचार

छोराको निम्ति देश छाडेर...

संयोग पनि कस्तो भने ०४६ सालको परिवर्तनताका उनी लण्डन स्कुल अफ इकोनोमिक्समा पढ्दै थिए । अहिले चौथोचोटि बाबु प्रधानमन्त्री बन्ने पूर्वसन्ध्यामा बेलायतको पढाइलाई छोराले निरन्तरता दिँदै छन् । नाम हो, जयवीरसिंह । कांग्रेस सभापति शेरबहादुर देउवाका एक्ला छोरा । लण्डनबाट गाडीमा ६÷७ घण्टाको उत्तरी दूरीमा अवस्थित योर्क युनिभर्सिटीमा म्यानेज्मेन्टतर्फ ग्य्राजुएशन गर्दै छन् । पढाइमा अब्बल र खेलकुदका सोखिन । फुर्सदको समयमा ‘फुटबल खेल्दा’ चोट लागेपछि… विस्तृत समाचार

करोडौं माग्ने त कति कति !

०१६ सालमै खाद्य, कृषि तथा सिञ्चाई मन्त्रीको हैसियतमा गणेशमानसिंहले उद्घाटन गरेको कमला–बाग्मति सिञ्चाई आयोजना अहिलेसम्म पूरा हुन पाएको छैन । यस्तो देशका बासिन्दा हामी । अनि, यहाँ बाटोको निम्ति भनेर आठ लाखको दरले बजेट छुट्टयाइएको योजनामात्र २३ सय वटा छ । चार लाख २० हजारका दरले छुट्टयाइएका खानेपानी आयोजना १८ सय वटा छन् । के यति रकमले बाटो बन्छ ? खानेपानी उपलब्ध हुन्छ ? लाटोलाई… विस्तृत समाचार

कुनै पनि बेला घाँटी कसिँदै

नेपाल आयल निगमले आफ्नो सबै ऋण चुक्ता गरेर पनि अहिले मासिक ४८ करोड घाटा देखाएको छ । यसको मतलब हो, कुनै पनि बेला इन्धनको भाउ बढ्नसक्छ । उसका अनुसार, ग्यासमा प्रतिसिलिण्डर एक सय ६२, डिजेलमा एक रुपैयाँभन्दा बढी र पेट्रोलमा एक रुपैयाँभन्दा कम घाटा छ । मट्टितेलमा नाफा भए पनि त्यो त्यत्ति खपत हुँदैन । तर, ग्यास र तेलको हकमा जति नाफा या घाटा भए… विस्तृत समाचार

जुवा खेलाउन मन्त्री जुरुक जुरुक

नेपालीहरुले कानुनतः जुवा खेल्न नपाउने भएर गोवा, मलेसियातिर जान थालेको निहुँ देखाउँदै अनलाइन क्यासिनोले अनुमति पाएको छ । पर्यटन मन्त्री जीवनबहादुर शाही आफैँले यसको औचित्यबारे दुई पेजको टिप्पणी लेख्न लगाएर सदर गरेका छन् । कानुन हेर्ने सहसचिव आलोकचन्द्र श्रेष्ठ र सचिव शंकर अधिकारी हुँदै मन्त्रीबाट सदर भएको निर्णय विभागमा पुगिसकेको छ । नेपालबाटै कसले खेल्दैछ भनेर देखिने र यहीँबाट नियन्त्रण गर्न सकिने गरी टिप्पणी सदर… विस्तृत समाचार

ठूलाको लोभ सानोमा, भ्वाङ प-यो छानोमा

पदीय उचाइसँगै लोभको मात्रा पनि बढ्दै जाँदा मानिस जीवनको उत्तरार्धमा झन्–झन् पुड्को हुने रहेछ । सहसचिव दर्जाको विदेश पोष्टिङमा मुख्यसचिवले जान रहर गर्नु, एउटा कामका निम्ति आएको पैसा खर्च हुन नसकेको नाममा त्यसैबाट अर्काे निहुँ बनाएर सात समुद्रपारिको सफर गर्न खोज्नु त्यसैको नमुना हो । फिलिपिन्सको मनिलास्थित एशियाली विकास बैंकबाट नेपाललाई दिइने वैदेशिक सहायतामा दोस्रो ठूलो हैसियतको हो । ९ वर्षमा यसपालि त्यहाँको वैकल्पिक कार्यकारी… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top