साप्ताहिक समाचार

​झगडामा अझै तगडा ?

अप्ठ्यारोमा मिल्नुपर्ने कांग्रेस नेताहरू अझै पनि पुरानो झगडामा अल्झिरहेका छन् । मिल्नुपर्ने समयमा कांग्रेसी नेताबीच नै पानी बाराबारको स्थिति छ । र, एउटा नेतालाई भेट्दा अर्काे कांग्रेसी नेता मुख लुकाएर भाग्न थालेका छन् । यस्तो घटना देखियो अघिल्लो साता लुभुमा । अपुत्र मदन अमात्यले पुत्रबराबर मानेर राखेका  जयकृष्ण बोगटीको छोराको व्रतबन्ध थियो त्यहाँ । र व्रतबन्धको भोज खान मदनकृष्ण अमात्यको गुटका सबैजसो नेता बोगटीको घरमा… विस्तृत समाचार

​आफैँभित्रबाट आपत

पर्दापछाडिबाट मधेसी र माओवादीलगायत दललाई एमालेबाट अलग्याउने र फेरि मुलुकमा अस्थिरता निम्त्याउने खेल त भइरहेको छैन ? प्रधानमन्त्री जिताउन मतदान गर्न आएका मधेसी र एकीकरणको तयारीमा रहेका माओवादीका सांसद नै संसद् बैठकमा गैरसंसदीय शब्द प्रयोग गर्दै प्रधानमन्त्री ओलीलाई सत्तोसराप गर्छन् । प्रसंग हो, प्रदेश २ को । त्यहाँ अस्ति चलेको संसद् बैठकमा माओवादी सांसद जगत यादव र राजपा सांसद मनीष सुमन प्रधानमन्त्री ओलीविरुद्ध धाराप्रवाह खनिए… विस्तृत समाचार

​उजुरी पर्दै, नदेखेझैं गर्दै

हुँदै नभएको कलेज देखाएर विद्यार्थी भर्ना गर्ने, प्रवेशपत्र दिने र परीक्षाको दिन पोखरा घुमाउन लैजाने बनेपास्थित जनागालको नेशनल हेल्थ फाउण्डेशनविरुद्ध तिनै विद्यार्थीले उजुरी हालेका छन् । उजुरीविरुद्धको कारबाहीमा आलटाल भएको छ ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् स्तर निर्धारण महाशाखाले जिल्ला प्रशासन कार्यालय काभ्रेलाई विद्यार्थीले गरेको उजुरीको प्रतिलिपिसहित कारबाहीका लागि पत्राचार गरिसकेको छ । सिटिइभिटीबाट स्वीकृतिप्राप्त उक्त कलेजले नुवाकोट टेक्निकल इन्स्टिच्युटका नाममा विद्यार्थी भर्ना… विस्तृत समाचार

​जहाज चलाउन कसलाई जिम्मा

इन्ल्याण्ड नेभिगेशन योजनाअन्तर्गत भारतको कोलकाता र पटनादेखि कोशी नदीसम्म जहाज ल्याउने कुराले प्रधानमन्त्री ओलीको यसपटक भारत भ्रमणमा निकै चर्चा पाएको छ । गंगा नदी हुँदै समुद्र पारबाट आएका सामान कोशीसम्म ल्याउने र नेपालले सीधै समुद्रसम्म पहुँच प्राप्त गर्ने खबर मात्र सुन्दा पनि खुशी हुनु पर्ने कुरै छैन । तर, पानीजहाजबाट एकैचोटी सामान ल्याउने भन्दा पनि कस्तो जहाजमा हालेर नेपालतर्फ उकाल्ने हो, त्यसका लागि कति पानी… विस्तृत समाचार

केही नलागेपछि सुटुक्क कमरेड

एमाले–माओवादीबीच वैशाख ९ मा हुने भनिएको पार्टी एकतामा सरिक नहुने घोषणा गरेका नेता गोपाल किराती अहिले गृहमन्त्री रामबहादुर थापा (बादल) का मान्छे ‘मिलाउन’ मा व्यस्त छन् । उनलाई चाहिएको रहेछ, उपराष्ट्रपति । नपाएपछि प्रचण्डलाई कम्तिमा १ नं. प्रदेशबाट लखेटेरै देखाउँछु भन्न थालेका छन् ।  आफूलाई चाहिएको चिज नपाउँदा पड्किहाल्ने उनको बानी बुझेरै प्रचण्डले गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १ नं. प्रदेशको टिकट वितरणमा कुनै हस्तक्षेप… विस्तृत समाचार

​वामदेवको बिजोग हालत बनाउँदै...

‘मुलुकको समृद्धिका लागि’ सहकारी सञ्चालन गर्न थालेका एमाले उपाध्यक्ष वामदेव गौतम आफ्नै पार्टीका नेताबाट ठगिएका छन् । थोरै पनि होइन, ३० लाख रुपैयाँ नतिरेका नेता उल्टै अहिले प्रदेश मन्त्री भएका छन् ।  गौतम अध्यक्ष रहेको किसान महासंघकै टिमले नयाँ कृषि अभियान कृषि सहकारी संस्था सञ्चालन गर्दछ र त्यसको अध्यक्ष पनि उनै हुन् । त्यही सहकारीबाट प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक वर्षअघि… विस्तृत समाचार

​रातारात एअरपोर्टमा रमिता

स्थायी सरकारको रूपमा रहेका कर्मचारीलाई मन्त्रीले पेलेको चर्चा त चलेकै छन् । यो प्रसंग भने कर्मचारीले चर्चित मन्त्री लालबाबु पण्डितलाई हेर्दाहेर्दै कसरी धुलोमय बनाइदिए भन्ने हो । अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट एकैचोटी ३२ जना अधिकृतको सरुवा भएको छ । त्यो पनि सामान्य प्रशासन मन्त्रीका रूपमा लालबाबुले कुर्सी सम्हालेकै दिन । लालबाबुले फागुन २ गते शपथ लिएका थिए । ३ गते शनिबार, सार्वजनिक बिदा । मन्त्री… विस्तृत समाचार

सुन्दरीका सामु सबको ‘सफाया’

स्त्रीशक्ति भनेको अपरम्पार नै रहेछ । यसले कतिसम्म आफ्नो पावर प्रयोग गर्न सक्छ भने कुनै पनि संस्थाको निर्णय, चेन अफ कमाण्ड बिहानको साँझ नै उल्टिने । कुनै प्रोटोकोलले काम नहुने, जो आए पनि त्यही व्यक्ति हाबी भइरहने, बेलाबेलामा एउटै मान्छेको चल्ने । सरकारमा जो आए पनि उसलाई प्रभावित पार्न सक्ने । सबै अवसर झ्याप्पै छोप्न सक्ने– यस्तो अनौठो क्षमता निहित भएरै स्त्री रूप र सौन्दर्यको… विस्तृत समाचार

चेलीबेटी जोगाउने चिन्ता

अत्यधिक रूपमा बलात्कारका घटना किन भइरहेका छन् ? के–कस्ता कारणले यस्ता जघन्य र निन्दनीय अपराधतर्फ मानिसलाई उत्साहित बनाइरहेको छ ? यावत् प्रश्नको जवाफ खोज्नै पर्ने भएको छ । के सामाजिक सञ्जाल यसमा दोषी छन् ? या घटनालाई अतिरञ्जित पार्ने प्रवृत्तिको विकासले समाजमा यस्ता घटनाको बाढी नै आएको भान परेको हो ? कानुनको कमजोरीका कारण पो अपराधी निरुत्साहित नभएका हुन् कि ! अथवा, युुट्युबलगायत इन्टरनेटमा पाइने… विस्तृत समाचार

​बुढेसकालमा खोरको बास

करिब ५० वर्ष हाराहारीमा पुगेकी घरेलुकी जागिरे श्रीमती अख्तियारको हिरासतमा बस्नुपरेको पीडामा छन्, पोखरा क्षेत्रीय प्रशासन कार्यालयका सहसचिव बाबुराम गौतम । गृहअन्तर्गतका सहसचिवकी जीवनसंगिनी इन्दिरा जम्मा १० हजार रुपैयाँ घुस लिँदालिँदै गत साता रंगेहात समातिएकी थिइन् । पक्राउसँगै जागिरबाट निलम्बन मात्र भएन कि मधुमेह र उच्च रक्तचापकी बिरामी उनको स्वास्थ्य अवस्था पनि कमजोर बन्दै गएको बताइन्छ । गौतम परिवारलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘आखिर २/३ वटा… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top