साप्ताहिक समाचार

​समयक्रममा खुल्दै जाला

गत बिहीबारको क्याबिनेट बैठकमा सबै मन्त्री सचिवबाट आफूहरू अपमानित भएको कुरा राख्दै मुख्यसचिव लोकदर्शन रेग्मीमाथि खनिए । शहरी विकासमन्त्री दिलनाथ गिरी मौन थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले सोधे, ‘दिलनाथजी, तपाईंको के छ ?’ उनले पनि अरू मन्त्रीझैं सचिवबाट सहयोग नपाएको कुरा राखे । ‘म पनि अछुतो छैन ।’ त्यहाँका सचिव दीपेन्द्रनाथ शर्मा दुई वर्षभन्दा बढी समयदेखि त्यही मन्त्रालयमा छन् । पहिला शहरी विभागकै डिजी रहिसकेका… विस्तृत समाचार

​पैसा ? कति चाहियो पैसा ?

त्रिभुवन विश्वविद्यालयका प्राडा हरि पराजुलीको नेतृत्वमा गठित एउटा समितिको सिफारिसलाई देउवा सरकारले लुकाएर राज्यलाई भार हुने अर्काे निर्णय गरेको छ । सो रिपोर्टले १९८५ वटा दरबन्दी त्रिविमा खाली रहेको देखाउँछ । सञ्चयकोषमा जम्मा १०\१२ हजार मात्र प्राध्यापक÷अध्यापकहरूको सूची छ तर त्रिविले १६ हजार जनाका लागि तलब लाने गरेको छ । पेन्सनलगायत अरू खर्च मिलानबापत भन्दै त्यो रकम लगिएको हो । उपकुलपति तीर्थ खनियाँचाहिँ मैले आफूलाई… विस्तृत समाचार

कसैको नाम काटेर, देशलाई ढाँटेर

एमालेले प्रदेशसभातर्फको सूचीमा केही सामान्य हेरफेर गरेको छ । दुई नम्बर प्रदेशबाट शेख मोहम्मदको नाम हटाएर हसिना खातुनलाई राखिएको छ । सर्लाहीबाट रवीन्द्र बैठाको नाम थपिएको छ । दलितबाट पुरुष र मुस्लिममा रहेका पुरुषलाई हटाएर मुस्लिम महिला ल्याइएको छ । उता, एमाले स्थायी समितिको बैठकमा अध्यक्ष केपी ओलीले हालको गतिरोध र कांग्रेसको गतिविधिलाई गठबन्धन टुटाउने खेलको रूपमा व्याख्या गरेका छन् । ‘फकाएर, तर्साएर हामी केसम्म… विस्तृत समाचार

​महिलाबाट को हुने होला मख्ख

तीन जना मधेसी महिलाले नेपाली कांग्रेसको तर्फबाट समानुपातिकहिसावले  संसदमा प्रतिनिधित्व गर्न पाउने भएपछि पुराना र नयाँ आकांक्षीहरूको दौडधूप तीव्र बनेको छ । दोस्रो पटक समानुपातिकतर्फबाट प्रतिनिधिसभामा सहभागिता जनाइसकेकी मीनाक्षी झा तेस्रो पटकका लागि दौडधूपमा छिन् भने संगीता मण्डलले दोस्रो पटकका लागि विमलेन्द्र निधिदेखि आरजु देउवासम्म धाउन भ्याइसकेकी छन् । नयाँ अनुहारमा पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी रेखादेखि नगिना यादवसम्म देखा परेका छन् । यसैगरी, पर्साबाट जिल्ला… विस्तृत समाचार

​पाइपलाइनमा अनेक प्रस्ताव

सञ्चारमन्त्री मोहन बस्नेतले आफ्ना कार्यकर्तालाई भर्ती गर्न सक्ने ठाउँ जस्तै गोरखापत्र, न्यूनतम पारिश्रमिक निर्धारण समिति, चलचित्र विकास बोर्ड आदिमा प्रक्रिया शुरु भएर पनि चुनावअघि । कसैलाई नियुक्त गरेनन् तर दूरसञ्चार प्राधिकरणको अर्बौंको खेल हुने ठाउँमा भने हतार हतार पनि दोहो¥याए । त्यो नियुक्तिमा पनि कस्तो काइते खेल भयो भने दिगम्बर झालाई ६५ वर्षको उमेरसम्म भनेर लेखियो । यसो हुँदा अब उनले १३ महिनासम्म मात्र त्यो… विस्तृत समाचार

​अर्बौंको लुट, कसले दियो छुट ?

भएका कलकारखाना नेपाल सरकार आफैंले कौडीको भाउमा बेचेर युवालाई विदेश पठाउने उद्योग चलाएपछि बिचौलियाहरू अर्बपति भए । वाइड स्पेश मेनपावर नामक संस्थाका मालिक रामप्रसाद श्रेष्ठले भने विदेश उड्ने भिसा नै दिलाइदिने ठेक्का लिएर लाखौं नेपालीसँग मनलाग्दी पैसा असुलिरहेका छन् । मेनपावर कम्पनी चलाइरहेका उनले नेपालस्थित मलेसियन दूतावासबाट भिसासम्बन्धी काम गर्ने जिम्मा पाएका छन् । यो काम वन स्टप सेन्टर नामक संस्थामार्फत लिएका हुन् । उनले… विस्तृत समाचार

​यही नै हो त प्रारब्धको फल ?

कुसुम भट्टराई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल यो मुलुकमा कुनै दिन प्रधानमन्त्री बन्लान्? हालको गणित हेर्दा यस्तो सम्भावना छैन । कांग्रेसभित्र पनि देउवाको विकल्प खोजी हुँदा पौडेल ओलीपछाडि नै परेको खबर आउँछ । कांग्रेसभित्र कस्ता–कस्ता ‘अक्षम’हरू बारम्बार प्रधानमन्त्री भइरहँदा लोकतन्त्रका लागि योगदान दिएका पौडेलका लागि त्यो साइत कहिल्यै जुरेन ‘ ।युवा नेता’, ‘दोस्रो पुस्ता’ भन्दाभन्दै बूढा पुस्तामा दरिइसके ।  बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान… विस्तृत समाचार

​प्रधानमन्त्रीपत्नी यसर्थ पराजित

७ नम्बर प्रदेशमा प्रतिनिधिसभाका १६ सिटमध्ये वाम गठबन्धनले १४ क्षेत्र जितेको छ  । एमालेले १० र माओवादीले ३ अनि कांग्रेसले १ र राजपाले १ सिट  । समानुपातिक पनि एमाले–कांग्रेस ८/८, माओवादी ४ र राजपाले १ सिट पाउने स्थिति छ  । एमालेले १/१ क्षेत्र रहेका बाजुरा, बझाब, बैतडी, दार्चुला, डोटी जितेको छ  । यस्तै गरेर कञ्चनपुरका तीन वटै, अछामका दुई वटै र कैलालीमा पाँचमध्ये दुई सिट… विस्तृत समाचार

​सबैतिर पुरुषको शासन

अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको बैठकमा भाग लिन स्विजरल्याण्डको जेनेभा आइपुगेकी बिन्दा पाण्डेले खुलेर धेरै कुरा राखिन् । एमाले पोलिटव्युरोे सदस्य भएर आफ्ना नेताहरूको समेत आलोचना गरिन् । जनआस्थाका निम्ति लक्ष्मण देवकोटासँग भनिन्, ‘पुरुष नेता झलनाथ, केपी, माधव, वामदेव, शेरबहादुर, प्रचण्ड प्रत्यक्षमै चुनाव लड्नुपर्ने किन ? उहाँहरू त समानुपातिकमा पो आउनुपर्ने । कुरै गर्नुहुन्छ भने माधव नेपाल उठेको काठमाडौंको क्षेत्र मेरो हो । उहाँले छाडेको भए… विस्तृत समाचार

सुटरले दिएको संकेत

भारतीय सुटरहरू अत्याधुनिक पेस्तोलसहित काठमाडौंदेखि पोखरासम्म पक्राउ पर्नु र नेपालको पश्चिमी भेगका चुनावी कार्यक्रममा हानिरहित रूपले गोल्टिनबट्टा बम वा गोली पड्कँदैमा निर्वाचनमाथि चुनौती खडा भएको मान्न सकिएला ? सुरक्षासम्बन्धी जानकारका अनुसार यी त स्यालले चील आयो भनेर कुखुरा टिपेजस्तै उल्लु योजना हुन सक्छन् । सैनिक स्रोतका अनुसार नेपालमा छिमेकी राष्ट्रबाट अत्याधुनिक हतियारसहितका तालिमप्राप्त सुटरहरू भित्रिएका छन् । उनीहरूको मुख्य रणनीति चुनाव बिथोल्ने र यसका लागि… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउपालिका ,मैनापोखरीमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय  संख्या ५३…

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक

Mega Bank Ltd.
Top