शहर भित्र

​विमानस्थलको प्रगति

अब हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि दिनको २१ घण्टा सञ्चालन हुने भएछ । पहिले १८ घण्टा मात्रै सञ्चालन हुन्थ्यो । अब केही बढाएर २१ घण्टा बनाइएको छ । जे होस्, विमानस्थलले यति भए पनि प्रगति गरेछ । राम्रो भयो ।  अब विमानस्थल पहिलेभन्दा अलि बढी समय खुल्ने भएपछि दुबईबाट सुन पनि पहिलेभन्दा अलि बढी आउँछ होला । विमानस्थल बढी खुलेपछि सुन पनि बढी नै आउनु… विस्तृत समाचार

​हारको जिम्मेवारी

छाया सत्ताधारी दल नेपाली कांग्रेसमा फेरि भाँडभैलो चलेको छ । फेरि भन्नुको अर्थ कांग्रेसमा यसअघि नै भाँडभैलो चलेको थियो । अहिले फेरि चल्यो । पछि पनि चलि नै रहन्छ होला । अब त यस्तो लागिसक्यो कि भाँडभैलो पनि कांग्रेसको एउटा दलीय गतिविधि नै हो । बिना भाँडभैलो कांग्रेस अघि बढ्न सक्दैन ।  यसपाली मच्चिएको भाँडभैलोको विषय हो – जिम्मेवारी कसले लिने ? गएको चुनावमा पार्टी… विस्तृत समाचार

रेल आउने भो

अब भारतको रक्सौलदेखि नेपालको काठमाडौंसम्मै रेल आउने भएपछि सबै दंग छन् । काठमाडौंवासीले रेल भनेको देखेकै उही हिन्दी सिनेमामा हो । केही वर्ष अघिसम्म भृकुटीमण्डपको प्रदर्शनीमा पनि बाल रेल कुद्ने गथ्र्यो । अहिले त्यो बन्द भइसक्यो । यस्तो बेला रक्सौलदेखि सिधा आफ्नो आँगनसम्मै रेल आइपुग्ने भएपछि काठमाडौंवासी दंग हुनु स्वाभाविकै भयो । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबाट प्राप्त यो एउटा ठूलो उपलब्धि हो ।  रेल… विस्तृत समाचार

​एकान्त वार्ता

अरूको कुरा त थाहा छैन, नेपाल र भारतका प्रधानमन्त्रीहरूचाहिँ भेट हुनेबित्तिकै एक डेढ घण्टा एकान्त वार्तामा लागिहाल्छन् । हात मिलाएर, अंकमाल गरेर, चिया खाएर चित्त बुझ्दैन । एकान्त वार्ता नै गर्नुपर्छ । अहिले पनि त्यस्तै एकान्त वार्ता भयो । दुई जना प्रधानमन्त्री मात्र एउटा कोठामा स्वाट्ट पसेर वार्ता गरेको ग¥यै । एकान्त वार्ता । त्यो पनि दुई जना प्रधानमन्त्रीबीच । दायाँ बायाँ कोही पनि छैनन्… विस्तृत समाचार

​ढुकुटी भरी छ

सरकारले भर्खरै जारी गरेको श्वेतपत्रले कांग्रेसलाई पर्नु पीर परेको छ । अहिले कांग्रेसका केन्द्रीय सभापतिदेखि वडाका सभापतिसमेत यही श्वेतपत्रको विरोधमा छन् । श्वेतपत्रमा भनिएको छ – ढुकुटी त खाली छ । तर, कांग्रेस नेताहरूको दाबी छ, ढुकुटी खाली छैन, भरिएकै छ । सरकार झुठ बोलिरहेको छ ।  अस्ति एउटा पार्टीको कार्यक्रम थियो । राजनीतिक होइन । भोज खाने पार्टी । पार्टीमा कांग्रेस पार्टीका सभापति शेरबहादुर… विस्तृत समाचार

​रित्तो ढुकुटी

अर्थमन्त्री डा. युवराज खतिवडाले अस्ति भर्खरै मुलुकको आर्थिक अवस्था खुलस्त पार्नुभयो । उहाँले भनेपछि थाहा भयो, ढुकटी त रित्तै रहेछ ! ढुकुटी रित्तो हुनुको यो श्रेयचाहिँ उहाँले पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवालाई दिनुभएको छ । शेरबहादुरले आफ्नो कार्यकालमा यति धेरै सत्कार्य गर्नुभएको रहेछ कि त्यसको फलस्वरूप अहिले देशको ढुकुटी नै रित्तो हुन पुगेको छ । मान्छे भन्ने गर्छन्, देउवाले कुनै कामै गरेनन् । उनीहरूका लागि… विस्तृत समाचार

​हराएका कर्मचारीहरू

पत्रपत्रिकामा मान्छे हराएको, कुकुर हराएको, पासपोर्ट हराएको वा पर्स हराएको समाचार र सूचना त पढिएकै हो । अहिलेचाहिँ कर्मचारी हराएको नयाँ समाचार आउन थालेको छ । नेपाल सरकारमा आबद्ध करिब हजार जना जति कर्मचारी हराइरहेका छन् । कहाँ गए, कता गए, कसरी हराए कसैलाई पत्तो छैन ।  खासगरी केन्द्रबाट सरुवाको चिठी लिएर गएका कर्मचारी त्यसरी हराएका हुन्छन् । केन्द्रबाट गइसकेको देखिन्छ । तर, पुग्नुपर्ने ठाउँमा… विस्तृत समाचार

सिन्डिकेटको सडक

भक्तपुरतिर यातायात बन्द छ । यातायात व्यवसायी आफैंले यो बन्द गरेका हुन् । कारणचाहिँ अनौठो छ, यो रुटमा थपिन लागेको एउटा यातायात कम्पनीको गाडी बन्द गर्नुपर्छ रे ! होइन भने आफ्नो गाडी बन्द । मागै गजब छ (अर्काको गाडी बन्द गर्ने भए गर नभए हामी आफंै गाडी बन्द गर्छौं । वाह ! अर्काको गाडी बन्द गर्न आफ्नो गाडी बन्द ! उनीहरूले भोलि आएर यस्तो नभनुन्–… विस्तृत समाचार

डिप्लोम्याटको नियम

नेपालस्थित विदेशी कूटनीतिक नियोगका पदाधिकारी हाम्रा मन्त्री एवं सरकारी पदाधिकारीको किचेन र बेडरुममा समेत छिर्न थालेपछि सरकारले एउटा नियम बनाइदिएको छ– आइन्दा विदेशी डिप्लोम्याटहरूले कसैलाई भेट्नुप¥यो भने परराष्ट्र मन्त्रालयसँग अनुमति लिएर मात्र भेट्ने । होइन भने भेट्न पाइँदैन ।  नियम बनाएपछि सरकार ढुक्क छ । परराष्ट्र मन्त्रालय पनि ढुक्कै भयो । किनभने नियम नै बनाइसकेकाले अब कोही पनि विदेशी हाम्रा मन्त्री एवं नेताहरूको किचेन र… विस्तृत समाचार

​युनियनको सुझाव

युरोपियन युनियनले सरकारलाई एउटा सुझाव के दिएको थियो, पूरा देशै आक्रोशित भएको छ । भनियो, सरकारलाई सुझाव दिने काम युरोपियन युनियनको होइन । युरोपियन युनियन भनेको दातृ निकाय हो । दातृ निकायको काम पैसा दिने हो । सुझाव दिने होइन । हामीलाई यतिबेला सुझावको कुनै आवश्यकता पनि छैन । पैसाको खाँचो छ । किनभने यतिबेला हामी पूरा समृद्धिका लागि अघि बढ्दै छौँ । जो समृद्धिको… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top