शहर भित्र

ठूलो साँचो

महामहिम राष्ट्रपतिलाई नगरमा अभिनन्दन गरिँदै थियो । उहाँ धेरै वर्षपछि जो राजकीय भ्रमणमा आउनुभएको थियो । कार्यक्रम निर्धारित सूचीअनुसार अघि बढ्दै थियो । कसैले फूलमाला चढाए । कसैले दोसल्ला ओढाए । कसैले अभिनन्दनपत्र टक््रयाए । एक समय आयो, नगरको साँचो हस्तान्तरण गर्ने । यो काठमाडौं नगरको आफ्नै परम्परा रहेछ । जसै नगरप्रमुख नगरको साँचो लिएर उहाँसामु पुगे, महामहिम राष्ट्रपतिले सोध्नुभयो, ‘यो के हो बन्धु ?’… विस्तृत समाचार

दस्तावेजको भाइरलीकरण

जतिखेर संसारभरि सुश्री कुसुम श्रेष्ठको फोटो भाइरल हुँदै थियो त्यतिखेर नेपालमा भने एउटा फोटोकपी भाइरल भइरहेको थियो । संविधान संशोधनको लागि तयार गरिएको दस्तावेज भन्दै उक्त फोटोकपीलाई भाइरल बनाइएको थियो । मिडियाको बजारमा दुवै उत्तिकै चर्चित भए । फरक यति मात्रै थियो– कुसुम श्रेष्ठको फोटो थियो, दस्तावेज फोटोकपी थियो । कुसुम सोसल मिडियामा भाइरल भइन्, दस्तावेज मासमिडियामा भाइरल भयो । कुसुमको फोटो मैले निकालेको भन्ने… विस्तृत समाचार

डा. शेरबहादुर देउवा

शेरबहादुर देउवाको नामै यस्तो छ जसलाई सुनेपछि जल्लाई पनि केही दिउँ दिउँ जस्तो लागिहाल्छ । नाम लिनेबितिकै ‘देऊ बा !’ भनेपछि कसरी केही नदिई बस्नु ? अस्ति पार्टीको चुनाव हुँदा त्यही ‘देऊ बा’ भनेको कारणले कार्यकर्ता जम्मैले भोट दिए । अहिले पनि उहाँ भारतको गोवा जानुभयो । त्यहाँ पनि त्यही ‘देऊ बा’ भनेको कारणले हुनुपर्छ, उनीहरूले उहाँलाई एउटा विद्यावारिधीको उपाधि दिई पठाए । त्यो उपाधि… विस्तृत समाचार

माछा खाने बानी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की माछाको सोखिन रहेछन् । साह्रै माछा खानुपर्ने । सबैभन्दा मनपर्ने डिस नै माछा । त्यही माछा खाने बानीले गर्दा अहिले आपत छ । स–सानो माछा खाँदासम्म त ठिकै थियो । केही समस्या थिएन । ठूलो माछा खाने सुर कसेपछि समस्या शुरु भयो । खानै नहुने माछा खाने विचार गरेपछि हुने यही हो । ठूला माछाहरू जम्मै मिलेर उल्टो… विस्तृत समाचार

नयाँ नेपाल, पुरानो संरचना

स्थानीय निकायको सीमा र संख्या निर्धारण आयोगले बल्ल–बल्ल सीमा र संख्या दुवै निर्धारण गर्ला कि जस्तो देखिएको छ । अस्तिसम्म आयोग पूरै अन्योलमा थियो । अहिले केही होला कि जस्तो छ । राजनीतिक दल स्थानीय निकायको मामिलामा पुरानै इलाका संरचनामा जान सहमत भएपछि यो सहजता देखिएको हो । नयाँ संरचनामा जाँदा विवाद हुने देखियो । कसैलाई के नमिल्ने, कसैले के । अतः दलहरू पुरानो, अझ… विस्तृत समाचार

लोकतन्त्रमा लोकमान

चारैतिर लोकमानकै चर्चा छ । यता हेरे लोकमान, उता हेरे पनि लोकमान । जता हे¥यो लोकमानै लोकमान । लोकमान अहिले यति चल्तीमा छन् कि उनको अगाडि लोकतन्त्र पनि फिक्का । सांसदले बडो कुशलतापूर्वक लोकमान हटाउने तयारी गरेका थिए । तर, सकेनन् । अझै पनि लोकमान हटिहाल्ला भन्न सकिने अवस्था छैन । मुलुकबाट बरु राजतन्त्र हटाउन यति गाह्रो थिएन जति कि लोकमानलाई हटाउन भइरहेको छ ।… विस्तृत समाचार

दिल्लीको सिंगडा

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत किन जानुभयो ? उहाँ भारत गएदेखि देशमा यही चर्चा छ । किनभने उहाँ भारत जानुको कारण अझै स्पष्ट भएको छैन । त्यसो त आफू भारत किन जान लाग्या भनेर त उहाँलाई पनि थाहा छैन । बोलाएपछि जानु परिहाल्यो, कुरो त्यति मात्रै हो । किन, कहाँ, कसरी, कुन प्रयोजन त उहीं पुगेर थाहा हुने हो । पूर्वप्रधानमन्त्री केपी ओलीले अस्ति एक ठाउँ… विस्तृत समाचार

पहिलो ह्याप्पी बर्थ डे

संविधानको पहिलो जन्मदिन अस्ति मनाइयो । यसलाई पहिलो ह्याप्पी बर्थ डे भन्दा नि हुन्छ । त्यसो त हाम्रो नेपाल आमाले धेरै संविधान जन्माइसकेकी छन् । तर, तीमध्ये कुनै पनि धेरै वर्ष बाँचेनन् । कसैलाई पोलियोले लग्यो, कसैलाई जन्डिसले, कसैलाई हैजाले लग्यो । कोही बाँचेन । त्यसपछि नेपाल आमाले सन्तान जन्माउन नयाँ प्रविधि प्रयोग गरिन् । त्यो हो ‘संविधानसभा प्रविधि’ । नयाँ प्रविधिबाट नयाँ शिशु त… विस्तृत समाचार

चोर, दसैं र ट्राफिक

अचेल गाडी अथवा बाइक चलाएर जाँदा बाटोमा साह्रै सतर्क हुनुपर्छ । किनभने ठाउँ ठाउँमा ट्राफिक लुकेर बसिरहेका हुन्छन् । कुनै जमाना थियो, यसरी गाडी अथवा बाइकबाट कतै जाँदा अहिले जत्तिकै सतर्क हुनुपथ्र्याे । किनभने ठाउँ–ठाउँमा चोर र लुटेरा लुकेर बसिरहेका हुन्थे । एक्लै–दुक्लै आएको देख्यो कि झ्याप्प समातेर लुटिहाल्थे । पहिला चोरले लुकेर लुट्ने गर्थे, अहिले ट्राफिक लुकेर लुट्ने भएका छन् । विशेष गरी लेन… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top