शहर भित्र

यसरी पारित गरौं न

संविधान संशोधन प्रस्ताव फेरि अन्योलमा पर्न गएको छ । कारण के भने, यो प्रस्ताव दर्ता गरेर के गर्नु, पारितै हुँदैन । पारित नहुने प्रस्ताव कसरी दर्ता गर्ने ? त्यसमाथि संविधान संशोधन गर्न सामान्य बहुमत भएर पुग्दैन । पूरै दुई तिहाइ बहुमत चाहिन्छ । अब यस्तो प्रस्ताव कसरी पारित गर्ने ? सरकारलाई टेन्सन छ । तर म भन्छु, यो प्रस्ताव पारित गर्नै नसकिने होइन । मजाले… विस्तृत समाचार

सरकारीवाली

अस्तिको केही साता नेपाली मिडिया पूरै तरकारीवालीले भरिभराउ भयो । बजारमा तरकारी नदेखिए पनि तरकारीवालीचाहिँ छ्यापछ्यापै थियो । जुन बेला मिडियामा तरकारीवाली भाइरल हुँदै थियो उति नै बेला अर्कोतिर ‘सरकारीवाली’ पनि भाइरल बनिरहेको थियो । तैपनि, नेपाली पाठकहरूलाई तरकारीवाली र सरकारीवाली दुवैले उत्तिकै आकर्षित ग¥यो । फरक यति थियो ( तरकारीवाली गोलभेंडा बोकेर आइरहेकी थिई, सरकारीवाली ५० लाख बोकेर गइरहेकी थिई । मिडियामा तरकारीवालीको गोलभेडा… विस्तृत समाचार

जनताको सुविधा बढ्यो है

सांसदको सुविधा बढ्यो । सांसद सुविधा ह्वात्तै । आफ्नो सुविधा आफैं बढाए । सांसदको भत्ता एक लाख । यो साता केही दैनिक पत्रिकाका शीर्षक हुन् यी । सुविधा बढेलगत्तै पत्रिकाले लेखिहाले । सुविधा बढेकोमा किन यति ठूलो रडाको ? सांसद भनेका जनताका प्रतिनिधि । अतः तिनको सुविधा बढ्नु जनताकै सुविधा बढ्नु हो । के जनताको सुविधा बढाउनु अपराध हो ? जनताले राज्यमाथि आफ्नो अधिकार जमाउने… विस्तृत समाचार

स्लो ट्र्याक

अन्ततः बहुचर्चित फास्ट ट्र्याक नेपाल आफैंले बनाउने निर्णय भएको छ । नेपाल आफैंले बनाउने भएपछि जे बनाए पनि खुशी हुनै पर्छ । दुःख त नबनाएकोमा पो छ । बनाउन त जे बनाए पनि हुन्छ ।' तर, फास्ट ट्र्याक नै बनाउने यो निर्णयले भने केही संशय पैदा गरिदिएको छ । किनभने सरकारले फास्ट ट्र्याक बनाउने निर्णय नै यति ‘स्लो’ ढंगले आइदियो कि त्यो आउनु नै संशयको… विस्तृत समाचार

अंगीकृत नागरिकता

आज बिहानैदेखि भजनलालको दिमाग तातिरहेको छ । मौसम चिसो छ । तर, दिमागमा तातो किन ? भजनलाल आज बिहानै मेरो घर आएर भन्न थाल्यो, ‘यो अंगीकृत नागरिकतामा विवाद किन हँ ?’ दाँत माझ्दै थिएँ । थुऽ गर्दै भनें, ‘अंगीकृत नागरिकतामा विवाद छैन । अंगीकृत नागरिकलाई प्रमुख पदमा राख्नुहुँदैन भन्नेमा मात्रै विवाद हो ।’ ‘राखेर के हुन्छ ?’ उसले सोध्यो । ‘राष्ट्रको हित गर्दैन नि !’… विस्तृत समाचार

हल्ला दोब्बर

सुजाता कोइरालाको स्तन क्यान्सर निको पार्न सरकारले ५० लाख रुपैयाँ दिएपछि साह्रै चर्चा भयो । दिएको त ५० लाख मात्रै हो । तर, चर्चा भने ५० करोडै दिएजस्तो भइरहेको छ । चारैतिर हाहाकारै मच्चिरहेको छ । यसै क्रममा केही सुजाता समर्थकले भनिरहेका छन्, जसको बाबु, बाजे, दाजु, भाइ जम्मैले देशका लागि त्यत्रो लडाइँ ग¥यो, उसैको उपचारमा ५० लाख दिँदा यत्रो बबाल ? हो पनि ।… विस्तृत समाचार

यता असर

संसारमा जहाँ जेसुकै होस्, त्यसको असर भने नेपालमा पर्ने नयाँ चलन सुरु भएको छ । हालै भारतले पाँच सय र हजारको भारु नोटमा प्रतिबन्ध लगायो । तर, त्यसको असर भने नेपालमा परिरहेको छ । भारुमा प्रतिबन्ध लागेर नेपालमा हाहाकार मच्चिएको छ । यस्तो हाहाकार तर नेरुमै प्रतिबन्ध लागे पनि मच्चिँदैन होला । भारुमा प्रतिबन्ध लागेर हामीलाई किन चासो ? (पुनश्च: भारतमा भारु प्रतिबन्धित भए पनि… विस्तृत समाचार

ठूलो साँचो

महामहिम राष्ट्रपतिलाई नगरमा अभिनन्दन गरिँदै थियो । उहाँ धेरै वर्षपछि जो राजकीय भ्रमणमा आउनुभएको थियो । कार्यक्रम निर्धारित सूचीअनुसार अघि बढ्दै थियो । कसैले फूलमाला चढाए । कसैले दोसल्ला ओढाए । कसैले अभिनन्दनपत्र टक््रयाए । एक समय आयो, नगरको साँचो हस्तान्तरण गर्ने । यो काठमाडौं नगरको आफ्नै परम्परा रहेछ । जसै नगरप्रमुख नगरको साँचो लिएर उहाँसामु पुगे, महामहिम राष्ट्रपतिले सोध्नुभयो, ‘यो के हो बन्धु ?’… विस्तृत समाचार

दस्तावेजको भाइरलीकरण

जतिखेर संसारभरि सुश्री कुसुम श्रेष्ठको फोटो भाइरल हुँदै थियो त्यतिखेर नेपालमा भने एउटा फोटोकपी भाइरल भइरहेको थियो । संविधान संशोधनको लागि तयार गरिएको दस्तावेज भन्दै उक्त फोटोकपीलाई भाइरल बनाइएको थियो । मिडियाको बजारमा दुवै उत्तिकै चर्चित भए । फरक यति मात्रै थियो– कुसुम श्रेष्ठको फोटो थियो, दस्तावेज फोटोकपी थियो । कुसुम सोसल मिडियामा भाइरल भइन्, दस्तावेज मासमिडियामा भाइरल भयो । कुसुमको फोटो मैले निकालेको भन्ने… विस्तृत समाचार

डा. शेरबहादुर देउवा

शेरबहादुर देउवाको नामै यस्तो छ जसलाई सुनेपछि जल्लाई पनि केही दिउँ दिउँ जस्तो लागिहाल्छ । नाम लिनेबितिकै ‘देऊ बा !’ भनेपछि कसरी केही नदिई बस्नु ? अस्ति पार्टीको चुनाव हुँदा त्यही ‘देऊ बा’ भनेको कारणले कार्यकर्ता जम्मैले भोट दिए । अहिले पनि उहाँ भारतको गोवा जानुभयो । त्यहाँ पनि त्यही ‘देऊ बा’ भनेको कारणले हुनुपर्छ, उनीहरूले उहाँलाई एउटा विद्यावारिधीको उपाधि दिई पठाए । त्यो उपाधि… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top