शहर भित्र

​मास्कमण्डप !

काठमाडौं शहर अहिले पूरै धूलोले ढाकिएको छ । जता हे¥यो त्यतै धुलो । मेलम्चीको पाइपले पानी मात्रै ल्याउँछ भनेको त धुलो पनि ल्याउने रहेछ । पानी कहिले निस्किने हो अझै थाहा छैन । तैपनि धूलो निस्किएपछि एक न एक दिन पानी पनि पक्कै निस्कन्छ भन्ने विश्वास छ ।  धुलोले गर्दा काठमाडौंमा मास्क नलगाई हिँड्न मुस्किल छ । बच्चादेखि बूढासम्म जम्मै मास्क लगाएर हिँडिरहेको देखिन्छ ।… विस्तृत समाचार

साथी प्रहरी

३३ किलो सुन काण्डको दोस्रो पार्ट पनि सार्वजनिक भएको छ । सुन ल्याउने काममा जति पनि मानिसको संलग्नता थियो, ती सबैको नाम सार्वजनिक भयो । अब सुन कसले ल्यायो, किन ल्यायो भन्ने प्रश्नै रहेन । सबै खुलस्त भयो । सबैभन्दा अनौठो त के भयो भने उक्त काण्डमा संलग्न धेरै मानिसमध्ये केहीचाहिँ प्रहरी पनि रहेछन् । एकजना त उच्च पदका एसएसपी पनि । यति ठूलो सुन… विस्तृत समाचार

रोल्पाको सम्झना

प्रधानमन्त्री पुष्पकमल दाहाल अस्ति रोल्पा जानुभएछ । धेरैपछि उहाँ रोल्पाबाट प्रचण्ड भएर काठमाडौं छिर्नुभएको हो । अस्ति काठमाडौंबाट पुष्पकमल दाहाल भएर रोल्पा जानुभयो । रोल्पा बस्दा सधैँ परिवर्तनको कुरा गरिरहनुहुन्थ्यो । जे होस्, यतिचाहिँ परिवर्तन भएछ । बाँकी परिवर्तन पछि हुँदै जाला । रोल्पा पुग्दा उहाँ साह्रै भावुक बन्नुभयो । त्यसो त भावुक बन्नु पनि अहिले उहाँको नियमित कार्यक्रमजस्तै भइसकेको छ । भावुक बन्दै भन्नुभयो,… विस्तृत समाचार

नम्बर तीन

नेपाल प्रहरीको महानिरीक्षक पदमा अर्कैलाई नियुक्त गरेपछि पूरा फोर्समै असन्तुष्टि फैलिएको छ । वरियता क्रममा जो एक नम्बर छ उसलाई नियुक्त गर्नुपर्ने । तर, सरकारले तीन नम्बरलाई गरिदियो । एकलाई छाडेर दुईलाई मात्रै नियुक्त गरेको भए पनि यति विवाद हुने थिएन । तर, एकदमै तल झरेर तीनमा लगेकाले ठूलै विवाद उत्पन्न भइदियो । सुनिन्छ, सरकारले यस्तो निर्णय गर्नुको पछाडि एक जना खास नेताजीको हात छ… विस्तृत समाचार

म्यानपावर राजदूत

सरकारले चुनावको घोषणा र राजदूतको घोषणा एकै दिन गरेछ । अब चुनाव भन्या त उही हो । भयो भने भोट हाल्ने हो, भएन भने नहाल्ने हो । तर, राजदूत घोषणाचाहिँ अचम्मै भएछ । हामी मात्र होइन, राजदूत नियुक्त भएका मानिसको अनुहार देख्दा प्रधानमन्त्री प्रचण्ड आफैं पनि अचम्म पर्नुभयो होला । तर, अचम्म मानेर के गर्नु । राजदूतका लागि भुक्तानी आइसकेपछि त जसले ख्वाए पनि खानु… विस्तृत समाचार

सर्वोच्चको हस्तक्षेप

सरकारले गरेको अर्को एउटा नियुक्तिलाई सर्वोच्च अदालतले रोकिदिएको छ । नेपाल प्रहरी महानिरीक्षक पदमा जयबहादुर चन्दलाई गरिएको नियुक्ति सर्वोच्चले रोकेको हो । यसअघि अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति रोकेको थियो । यो त अनौठै भयो । सरकार नियुक्त गर्दै जाने, सर्वोच्च खारेज गर्दै जाने । यस्तो भएपछि देश कसरी चल्छ हँ ? देश चलाउन धेरै निकाय खोलिएका छन् । ती सबैमा प्रमुख पनि हुन्छन् ।… विस्तृत समाचार

बाबु रामदेव

भारतमा बाबा रामदेवले घर–घरमा पतञ्जलि सामग्री पु¥याइरहेकै बेला यता नेपालमा चाहिँ ‘बाबु रामदेव’ले घर–घरमा नयाँ शक्ति पु¥याउने अभियान थालेका छन् । भारतमा बाबा रामदेव । नेपालमा बाबु रामदेव ! अहिले भारतमा मात्र होइन, नेपालमै पनि घर–घरमा बाबा रामदेवका सामान पुगिरहेका छन् । साबुन, टुथपेस्ट, ब्रस, मसला, पाचक, बिस्कुट, चाउचाउ...आदि आदि । सायद भारतमा बाबा रामदेवको लोकप्रियता देखेर होला, नेपालमा बाबु रामदेवले पनि त्यही तरिका अपनाएको… विस्तृत समाचार

देउवालाई आपत

सर्वोच्च अदालतले जयबहादुर चन्दको नियुक्ति रोकेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई पो आपत परेछ । मानिस आरोप लगाइरहेका छन् कि उनकै दबाबमा सरकारले चन्दलाई आइजी बनाएको हो । तर, सर्वोच्चले रोकिदियो । यथार्थमा साँच्चै आपत हुनुपर्ने त प्रधानमन्त्री प्रचण्डलाई हो । किनभने उहाँ पहिलो पटक प्रधानमन्त्री बन्नुहुँदा प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाएर कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाउनुभएको थियो । त्यसलाई राष्ट्रपतिले रोकिदिनुभयो । अहिले नवराज सिलवाल या प्रकाश… विस्तृत समाचार

म प्रधानमन्त्री हुँदा

भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पनि पुस्तक निस्कियो । नाम हो– म प्रधानमन्त्री हुँदा । अर्थात् उहाँ प्रधानमन्त्री हुँदा । आफू प्रधानमन्त्री हुँदाको समयलाई चिरस्मरणीय बनाउने उद्देश्यले पनि यो पुस्तक आएको हुनुपर्छ । किनभने उहाँ प्रधानमन्त्री बन्नुभएको समय वास्तवमै स्मरणीय छ । अझ चिरस्मरणीय भन्दा पनि फरक नपर्ला । उहाँ प्रधानमन्त्री बन्नुभएको त्यो क्षण सायद उहाँलाई पनि सम्झना छैन होला, मलाई पूरा सम्झना छ ।… विस्तृत समाचार

नांगो विज्ञापन

केही दिनदेखि शहरमा एउटा विज्ञापनको चर्चा छ । नांगो साबुनसम्बन्धी । नांगो साबुनबारे जनचेतना जगाउन उक्त विज्ञापन प्रकाशन भएको रहेछ । तर, धेरैको टिप्पणी छ, नांगो साबुन जति नांगो हुन्छ, त्यो विज्ञापन त्योभन्दा पनि नांगो रहेछ ! अर्थात् नांगो साबुनबारे नांगो विज्ञापन ! विवाद बढेपछि सम्बन्धित निकाय जाग्यो । व्यापारी व्यवसायी पनि उठे । सबै जना उठेपछि नांगो साबुनसम्बन्धी विज्ञापनलाई नै नंग्याउने काम भयो ।… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top