शहर भित्र

ठेकेदारलाई कारबाही

टाइममा काम नसकाउने ठेकेदारलाई कारबाही गर्ने भन्नेबित्तिकै भौतिक योजना मन्त्रालयको पेट पोल्न थालेको छ । कारबाही गर्छु भन्ने गृह मन्त्रालय, पेट पोलेकोचाहिँ भौतिक मन्त्रालयको । ठेक्का लिएर काम नसकाएको कारणले देशमा असुरक्षासमेत बढ्यो भन्दै गृहले ठेकेदारलाई कारबाही गर्ने पहल गरेको थियो । गृहको त्यो पहल सुरु हुनेबित्तिकै भौतिक योजनाले भनेछन् (गृहजी ! ठेकेदारलाई तपाईंले कारबाही गर्न पाउनुहुन्न । कारबाही गर्ने अधिकार मेरो हो । गृहले… विस्तृत समाचार

सुनको कप र सुन

भोलिबाट वल्र्ड कप पनि लाग्ने भयो । अब आउँदो एक महिनासम्म एउटै बलका लागि बाइस–बाइस जना खेलाडीको लुछाचुँडी मच्चिने भयो । संसारभरका मानिस अब रात रातभरि एउटै बल हेरेर जाग्राम बस्ने भए । वल्र्ड कपको क्रेज विश्वभरि नै छ । खास गरी मानिस वल्र्ड कप हुँदा त्यही कपमा पनि आँखा लगाएर बसिरहेका हुन्छन् । वल्र्ड कपको कप त सुनको हुँदो रहेछ । त्यसैले सबैको लोभ… विस्तृत समाचार

सम्पत्ति विवरण

मन्त्री र प्रधानमन्त्रीको सम्पत्ति विवरण आएपछि त्यसबारे चर्चा चल्न थालेको छ । अझ सम्पत्तिभन्दा पनि चर्चा नै बढी आयो कि जस्तो लाग्छ । किनभने यसपटक सम्पत्तिको विवरण जो आयो, त्यो वास्तवमै चर्चालायक थियो । चर्चालायक भएकैले चर्चा पनि भएको होला । कारणचाहिँ के भने यसपटकको सम्पत्ति विवरणमा मन्त्रीभन्दा पनि उहाँहरूका श्रीमती बढी धनी देखिए । किनभने श्रीमतीलाई दाइजो नै यति दिइएको थियो कि, त्यसैको बलमा… विस्तृत समाचार

​को तस्कर, को माफिया ?

गृहमन्त्री कमरेड रामबहादुर थापा बादलले हालै एउटा कार्यक्रममा भन्नुभएछ कि देश अहिले तस्कर र माफियाको हातमा छ । उहाँको अभिव्यक्ति सुनेर सबै जना चकित भएका छन् । अरूको त के कुरा, स्वयं तस्कर र माफियै पनि चकित छन् । आखिर एक बहालवाला गृहमन्त्रीले भनेको कुरा– नपत्याउने कसरी ? विभिन्न गुप्तचरी स्रोतबाट उहाँले यो कुरा पत्ता लगाएको हुनुपर्छ । उहाँको त स्रोत पनि धेरै छ ।… विस्तृत समाचार

​उस्तै–उस्तै प्रधानमन्त्रीहरू

यसपालि जनकपुरमा अचम्मै भयो । नेपालका प्रधानमन्त्री श्री खड्गप्रसाद शर्मा ओली र भारतका प्रधानमन्त्री श्री नरेन्द्र दामोदरदास मोदी एउटै भेषभुषामा प्रकट हुनुभयो । दुवै प्रधानमन्त्री एउटै मञ्चमा आसीन हुँदा धेरैले त छुट्याउनै सकेनन् आखिर केपी ओली कुन, नरेन्द्र मोदी कुन । दुवै उस्तै ।  दुवै जना उस्तै–उस्तै देखिनु सानो कुरा होइन । केपी ओली र नरेन्द्र मोदी दुवैजना उस्तै देखिनु कहाँ सानो कुरा हुन्छ ?… विस्तृत समाचार

​जनकपुरको घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न तीर्थयात्रा अत्यन्तै भव्य भयो । उहाँ मूलतः जनकपुरको जानकी मन्दिर, मुस्ताङको मुक्तिनाथ मन्दिर र काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शन गर्न आउनुभएको रहेछ । फलतः यसलाई पूर्णरूपले एक धार्मिक यात्रा भन्न सकिन्छ । तर, उहाँ एक यस्तो सशक्त राजनीतिक नेता हुनुहुन्छ कि धार्मिक भ्रमण नै गरेको भए पनि नेपालमा ठूलो राजनीतिक तरंग ल्याइदिनुभयो । झन् राजनीतिक भ्रमण नै गरेको भए के… विस्तृत समाचार

१० लाख फलोअर

पुरानो सरकारका प्रधानमन्त्री र नयाँ शक्ति अध्यक्ष डा. बाबुराम भट्टराईलाई ट्विटरमा फलो गर्नेहरूको संख्या ठ्याक्कै १० लाख पुगेछ । आफ्नो फलोअर संख्या यति पुगेको खुसियालीमा उहाँले सबैलाई धन्यवाद दिनुभएको छ । १० लाख सानो संख्या होइन । यति धेरै संख्यामा फलोअर हुनु पनि सानो कुरा होइन । वास्तवमा डा. भट्टराईको कुनै कुरा सानो छैन । फलोअर संख्या ठूलो भएजस्तै उहाँको विचार ठूलो छ, योजना ठूलो… विस्तृत समाचार

बधाई माननीयज्यू !

अब माननीय सांसदज्यूहरूले जस्तोसुकै ठूलो अपराध गरे पनि उहाँहरूको पद नगुम्ने भएको छ । यसका लागि सम्पूर्णलाई बधाई ! आखिर उहाँहरूले जनताका लागि केही उपलब्धि हासिल गर्न नसके पनि आफ्ना लागि त यति उपलब्धि प्राप्त गर्नुभयो नि ! यो उपलब्धिका लागि उहाँहरू जम्मै बधाईको पात्र हुनुहुन्छ । पहिले–पहिले कुनै सांसदले बलात्कार, हत्या, भ्रष्टाचारजस्ता ठूला अपराध गरे पद स्वतः गुम्ने व्यवस्था थियो । अब सांसद भएरै… विस्तृत समाचार

फेरि आलोचना

कांग्रेसमा फेरि विवाद चर्किएको छ । अहिलेको विवाद पदाधिकारी मनोनयनमा केन्द्रित छ । सभापति शेरबहादुर देउवाले हालै पार्टीका पदाधिकारीहरू मनोनयन गर्नुभयो । मनोनयन गर्नेबित्तिकै उहाँको आलोचना सुरु भइहाल्यो । अस्तिसम्म पदाधिकारी मनोनयन गरेन भनेर आलोचना हुँदै थियो । अहिले मनोनयन गर्दा आलोचना भएको छ । होइन, यो कांग्रेस नेताहरूको चाला के हो ? मनोनयन गरे पनि रिसाउने, नगरे रिसाउने । पार्टीको महाधिवेशन भएकै त्यत्रो दिन… विस्तृत समाचार

​लोकल पानी जहाज

बर्खे मौसम शुरु भएको छ । काठमाडौंमा पानी पर्न थालि सकेको छ । तर यसपाली के भएछ कुन्नि, एक घण्टा जति के पानी प¥या थियो ललितपुरतिर डुबानै भयो । ठाउँ ठाउँमा ढल खुलेनन् कि कसो, पानी जाम भएर पूरा सडक खोलै बन्यो । सडकमै खोलो बगेपछि कसैको मोटरसाइकल डुब्यो, कसैको गाडी । कसैको पसलमै पानी छि¥यो त कसैकोमा हिलो । स्थिति यस्तो देखेपछि धेरैले स्थानीय… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top