लेख रचना

उनले भन्नेछन्, ‘म एक्लो होइन, देउवालाई सोध’

– राजेश मिश्र आफूलाई फाँसीको सजायँ सुनाउन आतुर अदालतमा सद्दाम हुसेनले अन्तिम बयान दिंदै भनेका थिए, ‘राजनीति यस्तो कुरा रहेछ, जहाँ भनेको कुरा गरिंदैन । गरेको कुरा भनिंदैन । तर भनेको र गरेको कुराको बीचमा जे परिणाम आउँछ, त्यो परिणतिको आधारमा नयाँ रणनीति बनाउँदै अघि पढ्नुपर्ने हुन्छ । यो मेरो मात्र होइन, संसारभरिका राजनीतिज्ञहरुको निम्ति एउटा बाध्यता हो ।’ सद्दामले जीवनको उत्तरार्धमा ‘पोलिटिकल्ली करेक्ट’ वाक्य… विस्तृत समाचार

आफू बस्दा हुने, अरुलाई हुँदै नहुने ?

– अधिवक्ता शान्ति तिमिल्सिना  २१ असोज ०७३ अपराह्न नयाँ शक्ति पार्टी नेपालका नेता मुमाराम खनालले प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र नागरिक भएको घोषणा गरेपछि जिज्ञाशा र चासो बढेको छ । घटना नं. १ः नयाँ शक्ति नेपालको आधिकारिक वेबसाइटमा प्रकाशित सूचनामा भनिएको छ, ‘मुमारामले फेसबुक, इमेल, सार्वजनिक सञ्जालमा पार्टी गतिविधिविरोधी स्टाटस हालेकाले अनुशासन उल्लंघन भएको महसुस गरी उक्त मुद्दा अनुशासन आयोगमा पठाइएको र छानबिनको अवधिका लागि… विस्तृत समाचार

उताको साउजिन, यताको मनाङ–मुस्ताङ

– डा. नम्रता पाण्डे नेपाल–चीन मैत्री सम्बन्धले ६०औं वर्षगाँठ मनाइसक्दा, भृकुटी–अरनिको पालादेखिको सम्बन्ध अनि नेपालका हरेक असहज परिस्थितिमा प्राप्त सहयोग सधैं प्रशंसनीय छन् । सिल्क रोड, वन बेल्ट वन रोड र व्यापारिक नीतिको अवधारणामार्फत जुन नीति अपनाउन कटिबद्ध छ त्यसले अवश्य नेपालको हित गर्नेछ । उत्तरी छिमेकी, मनाङ–मुस्ताङ भेगकै बासिन्दासँग मिल्दोजुल्दो अनुहार, चालचलन र भौगोलिक परिवेश । दिगो विकासबारे गोष्ठी अनि कृषि उत्पादन र व्यवसायीकरण… विस्तृत समाचार

लोकमानकाण्ड र यी लफडा

– रमण पनेरु ‘लोकमानलाई त सिध्याउने भए,’ मैले भनेँ । ‘लोकमान ओशो तपोवन पनि आउँथे ।’ दिदीले थपिन् । ‘भनेपछि ओशो संन्यासी भएर पनि भ्रष्टाचार गरिरहेका रहेछन् ।’ मैले हाँसो गरेँ । ‘चुप लाग् ! अब केही राम्रो काम गर्छु भन्थे । देशका लागि केही गर्न मन छ भन्थे ।’ दिदीले स्पष्टीकरण दिइन् । अहिले नेपाली सञ्चार जगत्मा दुई समाचारले प्राथमिकता पाएका छन्: सेनाको हातमा… विस्तृत समाचार

छिछि यस्तो पनि हुन्छ अधिकार ?

– यमुना अर्याल तिम्रा श्रीमान्ले भान्साको काममा कत्तिको सघाउँछन् हँ बैनी ? अहँ, कहिलेकाहीँ नसक्दा, बिसञ्चो भएका बेला मात्र हो सघाउने भनेको । उसोभए भाँडा माझ्न, लुगा धुन पनि सघाउँदैनन् होला हैन त ? खाना त नपकाउने, सघाए भाँडा माझ्न, लुगा धुन ? मलाई त लोग्नेमान्छेले भान्साको काम गरेको, लिपपोत गरेको पटक्कै मन पर्दैन हो दिदी । मेलोमेसो केही पाउँदैनन्, जान्दा पनि जान्दैनन्, जहिले पनि… विस्तृत समाचार

हेरौं, अर्को लोकमान बाटोमा छ कि ?

राजेश मिश्र नेपाली संसदीय राजनीतिको इतिहासमा महाअभियोगको सामना गर्ने पहिलो पात्रको रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की कठघरामा खडा छन् । महाअभियोग मात्र होइन, अन्य थुप्रै सन्दर्भमा पहिलो उदाहरण हुन् । लोकसेवा आयोगको परीक्षामा सहभागी नै नभई तत्कालीन राजा वीरेन्द्रको ठाडो आदेशको बलमा सरकारी सेवामा प्रवेश गर्ने उनी नेपालका पहिला व्यक्ति हुन् । ०४६ सालमा राजाको सक्रिय शासनको अन्त्यपछि गठित प्रत्येक जननिर्वाचित सरकारका… विस्तृत समाचार

रोल्पामा यसचोटि यसरी रमाइयो

– सुदर्शन मंगोल यसपालिको दसैंअघि रोल्पा सदरमुकाम लिवाङमा जिल्ला पार्टीद्वारा आयोजित भेला ऐतिहासिक र भिन्न रह्यो । जिल्ला र बाहिरसमेत कार्यरत नेता–कार्यकर्ताको उपस्थिति रहेको सो अन्तरक्रियात्मक भेलामा जिल्ला पार्टीका निकै चर्चित नेता–कार्यकर्ता सहभागी थिए । दुईदिने भेलामा स्थायी समिति सदस्य सन्तोष बुढामगर, केन्द्रीय सदस्य वीरजंग, सञ्जीवकुमार, आदर्श, सन्तोषी विक उपस्थित थिए । जिल्लामा कार्यरत नेतामा केन्द्रीय सदस्य नन्दबहादुर बुढा विजय, जिल्ला सेक्रेटरी जागृति, जिल्लाका चर्चित… विस्तृत समाचार

यस्तो लाजमर्दाे पनि हुन्छ यहाँ

प्रेमराज सिलवाल टर्की, जोर्डन र लेबनानको छिमेकमा रहेको मुस्लिम देश सिरियामा सन् २०११ देखि लगातारको सशस्त्र द्वन्द्वले आधुनिक विश्वका मानिसलाई ३ सय वर्षअघिको युरोपेली हिंसाको झल्को दिएको छ । अमेरिका, रुसले आफ्नो खेलमैदान र युद्धभूमि सिरियालाई बनाएका छन् । सन् २०११ को मार्चबाट सुरु भएको हिंसामा सन् २०१६ को अन्त्यसम्म आइपुग्दा २ लाख ५० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ६ लाख ५० हजारभन्दा बढी… विस्तृत समाचार

०१७ साल दोहोरिएला, होस गर है नेता !

नारायण नेपाल सामन्तको नाइके छैन कसले पा¥यो माकुरी जालैमा, जीवन शर्माले गाएका गीतझैँ देश आज जालझेलमा अल्झिएको छ । नेपाली राजनीतिको उल्टो यात्रा पश्चगमन र प्रतिगमनको ओरालो बाटोमा छ । संसद्वादी दल आरोप–प्रत्यारोपको खेलमा छन् । सत्ता उक्लने र पछार्ने लुकामारी चलिरहेको छ । नेपाल–भारत सन्धि–सम्झौताको पुनरावलोकन गर्ने छलफलमा आएका भगतसिंह कोशियारीले राष्ट्रिय सभागृहको खुला कार्यक्रममै हामी नेपालमा भुटानजस्तो शान्ति र समृद्धि देख्न चाहन्छौँ भनेका… विस्तृत समाचार

हिजो ढाड भाँचे, आज निधार थापे

– उमा केसी १ फागुन सबैभन्दा ठूलो चाड मानिन्थ्यो । जनता अबिर, माला अनि मीठो खानेकुरा बोकेर ब्यारेकभित्र आउँथे, जनतासँगै बसेर जनयुद्ध दिवस मनाइन्थ्यो । दशैं आउँथ्यो–जान्थ्यो खासै मतलवै हँुदैनथ्यो । शान्तिप्रक्रियापछि भने फेरि परम्परागत दशैं । राम्रो लुगा र गहनाको प्रतिस्पर्धा अनि भगवान्ले रक्षा गरून् भन्ने आशीष शुरु भएको छ । युद्धकालीन र वर्तमान संस्कृतिको तुलना गर्छिन्– पूर्वमाओवादी लडाकु पम्फा पुन ‘अभियात्री’ । यस… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Prabhu Bank Ltd.
Top