लेख रचना

​धोबीका कुरा पनि सुनौँ

 श्याम रिमाल उनीहरू श्री ५ थिए, जन्मसिद्ध । विद्वान् र अलिकति पढेलेखेकाहरूले पाउनेचाहिँ श्री मात्र हो । मीतलाई श्रीश्री (आर्ट अफ लिभिङका रविशंकरलाई पनि श्रीश्री लेखिन्छ) राणा प्रधानमन्त्रीलाई श्रीश्रीश्री, घनिष्ठ मित्रलाई श्रीश्रीश्रीश्री र राजामहाराजलाई श्रीश्रीश्रीश्रीश्री भन्नुपथ्र्यो । लिच्छविकालमा श्रीपाद भनिन्थ्यो राजा अर्थात् सरकारलाई । जति श्री लगायो त्यति ठूलो होइने । बाबुआमालाई श्री ६ भन्न पाइन्थ्यो । एक सय आठ, एक हजार आठ श्रीचाहिँ साधु,… विस्तृत समाचार

​जसले पूर्वबाट देश हल्लाए

गणेश लम्साल   विश्वेश्वर, गिरिजाप्रसाद, मातृकाप्रसाद कोइराला र नगेन्द्रप्रसाद रिजाल, मनमोहन अधिकारीलगायत देशलाई पटक–पटक प्रधानमन्त्री दिएको १ नम्बर प्रदेश । भरतमोहन अधिकारी, विजय गच्छदारदेखि सुजाता कोइरालालगायत उपप्रधानमन्त्री मात्र नभई दर्जनौं मन्त्री जन्माएको ठाउँ । पहिलोपटक समुद्रपार व्यापार शुरु गरेको र नेपालकै पहिलो उद्योग स्थापना भएको यो प्रदेशमा जन्मिएका कतिले देश हल्लाएका छन् ।  कुसकुमार जोशी २०६५ मा उद्योग बाणिज्य महासंघको अध्यक्ष थिए, संखुवासभाको चैनपुरमा जन्मेका… विस्तृत समाचार

​कहाँनेर चुके बाबुराम कमरेड

बिदुर खड्का नयाँ शक्ति नेतृत्वको निर्णायक तहमा रहेका देवेन्द्र पराजुली, कल्पना धमला, रामरिझन यादव, कृष्ण शर्मा, करिष्मा मानन्धरलगायत एकीकृत पार्टीका पदाधिकारीमा नसमेटिकनै बाबुराम नेतृत्वको घनघोर नयाँ वैकल्पिक राजनीतिक शक्ति उपेन्द्र यादवको क्षेत्रीयतावादी मधेशवादी पार्टी फोरममा एकाकार हुन पुगेको छ ।  जसरी २०७२ साल असोज ३ गते संविधान घोषणा भएपछि त्यसको एकहप्तामै एनेकपा (माओवादी) का वरिष्ठ नेता बाबुराम कसैसँग छलफलै नगरी पार्टी परित्याग गरेको घोषणा गरेर… विस्तृत समाचार

​कठै, सुतुरमुर्ग बन्दैछन् कमरेड

नारायण नेपाल सबैभन्दा खतरानाक हुन्छ  मुर्दा शान्तिले भरिनु कुनै छटपटी नहुनु सबै सहनु  घरबाट काममा निस्कनु  र कामबाट खुरुखुरु घर फर्कनु सबैभन्दा खतरनाक हुन्छ  हाम्रा सपनाहरूको मृत्यु हुनु  भारतीय कवि अवतारसिंह पासले आफ्नो कवितामा भनेझंै मान्छेहरूका लागि संसारमा सबैभन्दा खतरनाक हुन्छ, सपनाहरूको मृत्यु हुनु । नेपालको माओवादी जनयुद्धलाई नियाल्ने हो भने आज एक भयावह चित्र देखिन्छ । हजारांै नेपाली जनताका छोराछोरीको चिहान एकतर्फ छ भने… विस्तृत समाचार

​ढोँगीले गर्दा माक्र्स बाजे त ढपक्कै

श्याम रिमाल सरकार सञ्चालन गर्ने पार्टीको एकीकरण नहुनाले कार्यकर्ता भौँतारिरहेका बेला र जनतामा पार्टीका विचार र कार्यक्रम शून्यप्रायः भएका बेला सरकार र पार्टीका नेताहरू कहिले धार्मिक कार्यक्रम त कहिले पर्यटकीयस्थलमा आत्मिक शान्ति खोज्दै हिँडिरहेको देख्न र पढ्न पाइन्छ । राष्ट्रप्रमुख दुर्गा र सरकार प्रमुख बालगुरुहरूको शरण परेका घटना हालैका दिनमा देखिएकै हो । हुन त मुलुकमा धार्मिक विचार राख्नेहरूको थुप्रै झुण्ड झुण्ड छन् र तिनमाझ… विस्तृत समाचार

​‘बटालियन’ को यात्रा, त्रास र गाउँको बास

 लक्ष्मी पुन केही दिनअघि म गृहजिल्ला रुकुम पुगेकी थिएँ । सदरमुकाम खलंगाको बागबजारबाट दिउँसो २ बजेतिर बस चढेँ । अगाडि ‘बटालियन’ लेखेको सिस्ने यातायातको बसमा यात्रा गर्दै थिएँ । विभिन्न ठाउँ रोक्दै सोलाबाङ हुँदै झुलनेटा पुग्यो । त्यहाँ, १५ मिनेटजति रोक्यो । ८–१० वटा खसी राख्यो । खलासीले बसभित्रको बीचको कोलियाको पनि भरपुर उपयोग गर्दै २५ जति घिउका बाकस पनि साँचेर राखे । यात्रु मुख… विस्तृत समाचार

​राजस्वको खति, खाजस्वचाहिँ अति

संकेत कोइराला त्यसबेला युधिष्ठिरलाई स्वर्ग आऊजाऊमा कुनै रोकतोक थिएन । मानौं अहिले अमेरिकी ग्रीनकार्ड पाउनेको रवाफजस्तै थियो उनको । यही अवसरको फाइदा उठाएर उनी बाक्लै स्वर्ग जाने आउने गरिरहन्थे । युधिष्ठिरले पाएको यो सुविधाको फाइदा बाहनको नाताले कुकुरले रामैसँग उठायो । युधिष्ठिर जतिपल्ट स्वर्ग उक्लिन्थे, कुकुर पछि लागिहाल्थ्यो । स्वर्गीय सुविधा कुकुरमा मात्र सीमित भइदिएको भए केही थिएन । तर, कुकुरको कानमा टाँसिएको किर्नो पनि… विस्तृत समाचार

​लौ दिएँ नमागेको सल्लाह

लेखनाथ भण्डारी  बयान– १  कसैलाई बुद्धसँग रिस उठेछ । बुद्धलाई उसले यसरी गाली ग¥यो कि बुद्धभन्दा खराब यो संसारमा कोही छैन । तिमी आफू भाँडियौं, अरूलाई पनि भाँड्यौ– यस्तै अनेक ।  बुद्धले विनयी भावमा सोधे– मसँग तिमीलाई दिने कुनै कुरा छैन । मसँग भएको यो पात्र (धातुको लोटा) दिन्छु । यही भए पनि लैजाऊ ।  बुद्धलाई गाली गर्नेले भन्यो– यो तिम्रो थोत्रो लोटा मलाई चाहिँदैन,… विस्तृत समाचार

नेताहरुले हाल्नुपरेको निवेदन

अनिल शर्मा विरही फेरि प्रधानमन्त्री बन्ने मौकाको पर्खाइमा वामदेवजस्ता बलिको बोका प्रयोग गरिरहेका प्रचण्डले फागुन २० गते विराटनगर विमानस्थल पुगेर विप्लवहरुलाई पेल्ने घोषणा गरेका छन् । शिक्षा, स्वास्थ्य र रोजगारलाई संविधानले मौलिक अधिकार मानेको छ । त्यो पूरा गर्नु त के, लुटको राज्य चलिरहेको छ । निर्मलाका हत्याराहरु सिंहदरबारवरिपरि भएको कुरा कुनै विद्रोहीले उठाएको नभएर संसदमै घन्किरहेको छ । नेता र मन्त्रीहरु क्रिश्चियन धर्म नामको… विस्तृत समाचार

​गर्ने कुरा अझै धेरै छन्

लीला बराल  छाउपडीबाट महिलाको लाश निकाल्ने क्रम रोकिएको छैन । मधेसतिर कथित बोक्सीको आरोपमा विपन्न एवं वृद्ध महिलाको ढुकढुकी छाम्ने अभियान जारी छ । फोहोरको डंगुरभित्र सास धान्ने पदार्थ पाइने आसमा निरूपायहरू सडकमा भौंतारिरहेका छन् । डोकामा कोचिएर उपचारमा लगि“दै गरेकाहरू स्वास्थ्यचौकीमा पुग्नुअगावै सिद्धिएका घटना बग्रेल्ती छन् । कुष्ठरोगले हातखुट्टा फतफती झरेका नागरिक सडक गल्लीमा पसारिएको देखिनु आम विषय हो । यति मात्र होइन, कुपोषणले… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

Top