पाठक पत्र

​बोरामा भेटिएको के हो र !

धार्मिक हिसाबले मात्रै होइन, आर्थिक रूपमा पनि धनी मानिएको बागेश्वरी मन्दिरको नाममा रहेका पुराना ढुकुटी खोलिएपछि नेपालगञ्जमा सबैको खुलदुली मेटिएको छ । मन्दिरको नाममा रहेका ती ढुकुटीभित्रको सम्पत्ति यकिन गर्न ४५ वर्ष लागेको छ, अघिल्लो बुधबार मात्रै उक्त ढुकुटी खोलिएको थियो । ढुकुटीभित्र धेरै संख्यामा सुन, चाँदीलगायत बहुमूल्य सम्पत्ति रहेको आकलन गरिएको भए पनि जीर्ण अवस्थामा रहेका बाकसमा भने २ तोला सुन र २० किलो… विस्तृत समाचार

​बडीगार्डलाई अर्कै प्लेट

प्रचण्डको बडीगार्ड बसेका प्रमुख सेनानी पवन खत्रीले सरकारी गाडीको सेतोप्लेटलाई झिकेर रातो हाली चढेका छन् । कमरेडले नै सिकाउनुभएको हो कि ? ट्राफिक प्रहरीले किन सही तरिकाले जाँच गरेका छैनन् ? रासन पानीदेखि माछामासुसम्म घर लैजानमा बल छ । इन्टेलिजेन्स शिक्षालयमा तालिम गर्नेलाई कुन दिन क्लास लिएका छन्, जुन दिन प्रथम गरेर अन्तिममा आए त्यहाँभन्दा बाहेक खानपान के कस्तो छ, कुनै दिन सोधेनन् । हामीले… विस्तृत समाचार

​फुली घट्दा पनि उस्तै फूर्ति

देश गणतन्त्रमा प्रवेश गरिसक्दा पनि सिन्धुलीस्थित निकट भविष्यमै सिंहदरबार स्थानान्तरण हुन लागेको चण्डीदल गणका प्रमुखको क्रियाकलाप र जवानप्रति गर्ने व्यवहार सामन्ती पाराकै छ । निवासमा खटिएका जवानलाई जनावरजत्तिको पनि व्यवहार गर्दैनन्,  मनपरी गालीका साथै शारीरिक यातनासमेत दिने गरेका छन् । राजा ज्ञानेन्द्रसँग दरबारमा काम गरेको बताउने उनी दलका नेताहरुलाई ठोक्नुपर्छ भनी हिँड्छन् । भक्तपुर नलिन्चोकका यी कर्सापको क्रियाकलापबाट हामी जवान त्राहिमाम छौं । आफ्ना नातेदार… विस्तृत समाचार

​छोराहरुका डिल छरपष्ट

म्यानपावरवाला निर्मल गुरुङका छोरा विमल, न्युज टपवाला अनिल जोशीका छोरा अधिश, पत्रकार पुष्करलाल श्रेष्ठका छोरा दिरेक र पत्रिका साहुजी महेन्द्र शेरचनका छोरा आशिशले एक–एक वटा मिडिया चलाएका छन् । बाबु चेयरम्यान र छोरा सिइओ । सबैले मार्केटिङ डिल गर्छन् । यिनले हुन्डाइसँग राम्रै बार्गेनिङ गरे तर भनेजति पाएनन् । मारुती सुजुकीमा पनि गज्जब डिल गरे । सबैले आफ्ना मिडियामा एकैसाथ समाचार प्रकाशित गरे तर अहिले… विस्तृत समाचार

​समातिने रोमा, आत्तिने निलम

बिराउने एउटा, पिराउने अर्कैलाई । केही समयअघि एउटी वर्षा राउतले बिराउँदा अर्की वर्षाले खप्की खाइन् । अहिले शारीरिक रूपमा उस्तै र पेसा पनि एउटै हुँदाको तनावमा छिन् नृत्यांगना निलम ढुंगाना । एक खुट्टाले नाचेर चर्चा कमाएकी निलम अनलाइन मिडियामा आएका समाचारको कारण तनावमा छिन् । शनिबार जमलस्थित राष्ट्रिय नाचघरभित्र साँस्कृतिक कार्यक्रम भइरहँदा एक खुट्टाले नाचेर चर्चा बटुलेकी रोमा न्यौपानेलाई पक्राउ गरियो । उनीविरुद्ध दुई वर्षअघि… विस्तृत समाचार

अदालतका आदेश अनेक

कहिलेकाहीं नेपालका मिडियाकर्मी कागले कान लग्यो भनेर त्यसैको पछि दौडँदा रहेछन् । प्रधानन्यायाधीश गोपाल पराजुली मेडिकल माफियाको गोटी बनेको भनिए तापनि लहरो तान्दा पहरो थर्कने स्थिति छ । सर्वोच्चमा परेका मेडिकल कलेजसम्बन्धी सबै मुद्दा उनैले हेर्छन् भन्ने आमचर्चा छ । तर, युनिभर्सल इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रालिका अध्यक्ष प्रा. खुमाप्रसाद अर्यालले शिक्षा मन्त्रालयलाई विपक्षी बनाई दिएको निवेदनमा न्यायाधीश चोलेन्द्रसमशेर जबराले २०७१ असार १३… विस्तृत समाचार

​दुःख छ हजुर सेनामा दुःख छ

सेनापतिले विशेष सिफारिस एकजनालाई एकपल्ट दिने नियम छ तर नवराज कार्की भन्ने ग्यारिजन गणको सुवेदारलाई दरबन्दी हँुदै नभएको ठाउँमा सहायक सेनानी बनाएर सेवा परिवर्तनमार्फत प्राविधिक उपसेनानी बनाउन खोजिँदै छ । सेवा परिवर्तन गर्न लोकसेवा र भर्ना छनोटको विज्ञापन हुनुपर्छ । आफन्त र हुनेका लागि मात्रै संस्था हो भने अन्य सैनिक नियम र कानुन खोज्न कहाँ जाने ? रक्षा मन्त्रालयका सचिव र सहसचिवहरू विदेश जान पाए… विस्तृत समाचार

नियुक्तिपत्र खै त ?

ओली सरकारले राष्ट्रिय सभामा सरकारबाट मनोनीत हुने तीन सदस्यमा युवराज खतिवडा, रामनारायण बिंडारी र विमला पौडेल राईलाई सिफारिस गरेपछि । नेपाली कांग्रेसले त्यसलाई राष्ट्रपतिको बेग्लै चश्मा भनी विरोध जनाएको छ । देउवा सरकारले मनोनयन गरेका भनिएका चाँदनी जोशी, कृष्ण पौड्याल र गोपाल बस्नेतले त्यसविरुद्ध उजुरी दिएका छन् । अब प्रश्न उठ्छ, आफूलाई राष्ट्रिय सभामा  मनोनयन गरेको भनिएको देउवा सरकारको निर्णय जोशी, पौड्याल र बस्नेतले कसरी… विस्तृत समाचार

दश मिनेटको देरीले

१० मिनेटको ढिलाइले एकजना ‘जुवाडे’को राष्ट्रियसभा यात्रा रोकिन पुगेको छ । प्रसंग हो सर्लाहीका मिनी क्यासिनो मालिक नरेन्द्र साह कलवारको । पूर्वसभासद् महेन्द्र राय यादवको तराई मधेश सद्भावना पार्टीलाई डेढ करोड रुपैयाँ चढाएर समानुपातिक सभासद् बन्न सफल साह संसद्को श्रम समितिमा सदस्य थिए । सोही बेला समिति सभापति प्रभु साहसँग हिमचिम बाक्लो बनाउन सफल भए । त्यसैको प्रभावका कारण क्यासिनो हेर्ने पर्यटन मन्त्रालयसम्म पहुँच बढाउन… विस्तृत समाचार

पस्नेबित्तिकै माननीय पक्का

पति सेनाको मालदार अड्डा लेखामा, पत्नीचाहिँ पार्टी प्रवेश गरेको पाँच महिनामै आदिवासी÷जनजाति कोटाअन्तर्गत उपेन्द्र यादवको संघीय समाजवादी फोरमबाट समानुपातिक सांसदको सिफारिसमा । दाम, कामको चलखेल नभई यस्तो सम्भव होला र ? लेफ्टिनेन्ट कर्णेल केदार भुजेल के भन्छन् कुन्नि ? यसबीच शनिबार सम्पन्न नरसिंह गण दल गोरखाको वार्षिकोत्सवमा अत्यधिक मापसे गरेर क्याप्टेन सरोजले भुइँमै लडीबुडी खेल्न भ्याएका छन् । उता सेनाले यसचोटि लिएको स्टाफ कलेज प्रवेश… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top