पाठक पत्र

नखाएको विष लगाउन खोजे नि !

जनआस्थाको १० कात्तिकमा पृष्ठ ६ मा ‘बिहेलाई पेशा नबनाऊ न बिन्ती !’ शीर्षक लेखमाथि मेरो ध्यानाकृष्ट भयो । उक्त कथाव्यथामा मलाईसमेत जोडेर महिलाको चरित्रहत्या गरी कसरी निजलाई अंश हकबाट वञ्चित गर्न सकिन्छ भन्ने दूषित नियतले लेखिएको देखियो । संयुक्त नाममा रहेको घर बैंक कर्जा नतिरेका कारण लिलाम हुने स्थिति आइप¥यो, मेरो घर जाने भयो, कसरी जोगाउन सकिन्छ भनी दुखित हुँदै कानुनी सल्लाहका लागि ती महिला… विस्तृत समाचार

किन यस्तो आदेश सुनाउनुहुन्छ हजुर !

मान्छे मारेको हकमा अपराधीलाई छाड्न डराउने तर पशुपन्छी जतिसुकै दुर्लभ भए पनि तिनको जीवन हर्नेहरुलाई चाहिँ उन्मुक्ति दिन पछि नपर्ने कालाकोटे न्यायाधीशहरुको यो देशमा कमी रहेनछ । वर्षौंसम्म कानुन मन्त्रालयमा कार्यरत बाबुराम श्रीमानले चाहिँ कानुनको इज्जत राख्लान् भन्ने धेरैको अपेक्षा थियो । तर, उनी पनि उही ड्याङको मुला निस्किए । यसअघि मानिसको भाषामा बोल्न नसक्ने दुर्लभ वन्यजन्तुको संरक्षणसम्बन्धी अधिकार राष्ट्रिय निकुञ्जसँग हुँदासम्म कानुन कार्यान्वयनको अवस्था… विस्तृत समाचार

कान खोल न ए गोर्खाली मन्त्री कमरेड !

मेरो कुरा कोही नसुन्ने, यसो बोलिदिने कोही नहुने, ललितपुरको सैंबुमा नबसे हुने भयो । म पटक–पटक सुरेन्द्र थापा (सचिव) लाई भेट्न गएँ तर उनी सधैं व्यस्त छु भन्दै टारिरहन्छन् । कार्यालय समयभरि कम्प्युटरको फेसबुकमा झुण्डिरहन्छन् । सर्वसाधारणका गुनासो सुन्नुप¥यो भने ‘बिजी छु’ भन्दै हप्काउँछन् । सैंबुनिवासी भएकाले होला, आफैं दादागिरी गरेर मलाई कसैले केही गर्न सक्दैन भन्दै हामी नयाँ बसोबास गर्नेलाई बोल्नै दिँदैनन् । हामी… विस्तृत समाचार

केरुङ नाकामा नयाँ–नयाँ काण्ड

भन्न त विचार, व्यवहार, कार्यनीति र कार्यशैलीमा पनि जनतालाई नयाँपनको आभाष दिने भन्दै डा.बाबुराम भट्टराई नेतृत्वमा नयाँ शक्ति पार्टी गठन भयो । तर, नेपाली बजारमा चिनियाँ सामान आयात हुने नयाँ मुख्य नाका रसुवागढीमा चलेको दबदबा देख्दा लाग्छ, माओवादी अतिवादभन्दा केही कदम अघि नै रहेछन्, उनीहरु । जुत्ता गोल्डस्टार नै लगाउँछन्, तर उनै अर्बपति बनेका छन् । माओवादी पूर्वसभासद् तथा नयाँशक्ति पार्टीका केन्द्रीय नेता प्रेम तामाङ… विस्तृत समाचार

लथालिंग देशको भताभुंग चाला

मध्य र सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पस अस्तव्यस्त छ । विद्यार्थी कम छन्, कर्मचारी, शिक्षकको ताँती छ, भवन जीर्ण छ, क्याम्पस प्रांगण जंगलमा रूपान्तरण भएको छ । क्याम्पस भवन जीर्ण हुँदा जोखिम मोलेर पठनपाठन भइरहेको छ । ५० वर्ष पुरानो भवन जीर्णोद्धार नहुँदा जोखिमपूर्ण अवस्थामा पठनपाठन गर्नैपर्ने बाध्यता छ । पानी चुहेर पाठ्यपुस्तकसमेत भिज्ने गरेको छ । क्याम्पस प्रमुख गणेशकुमार रेग्मी भवन… विस्तृत समाचार

जे पनि सम्भव हुँदो रहेछ नेपालमा

एक पूर्ण सपांगले आफूलाई कागजी रूपमा अपांग भएको देखाएर लोकसेवा आयोगदेखि राज्यलाई गुमराहमा राखेका छन् । हेर्दा अत्यन्त राम्रा र हिस्सी परेका देखिने गोविन्द भट्टराई अपांगकै कोटाबाट शाखा अधिकृत बनेका हुन् । सुन्धारास्थित गोश्वारा हुलाक कार्यालयमा कार्यरत रहेकै बेला उनले आफू अपांग भएको कागज गुल्मी जिल्लास्थित महिला तथा अपांग कार्यालयबाट लिएका थिए । हातगोडादेखि सग्ला नाक, कान, घाँटी र सवल शारीरिक बनावटका धनी सुन्दर गोविन्दले… विस्तृत समाचार

अलिकति विष पठाइदिनोस्, हजुर !

जब परिवारमा दायित्व बढ्दै गयो आम्दानीको स्रोत केही नहँुदा विदेश गएर केही कमाआंै, छोरा–श्रीमतीको चाहना र घरपरिवारको इच्छा पूरा गरौं भन्ने चाहनाले नेपाल सरकारको श्रम स्वीकृतिप्राप्त रोजगारमा भिभी इन्टरनेशनल मेनपावर कम्पनी सिनामंगलबाट पोर्चुगल आउन मन लाग्यो । सोहीअनुरूप २०१२ को अन्त्यमा भिसा लाग्यो । सोहीबापत ऋण, धन गरेर ८ लाख बुझाएँ । २०१३ मार्च २१ मा नेपालबाट हिँडियो । श्रम–सम्झौतामा मासिक तलब ४ सय ८५… विस्तृत समाचार

बाहुनी, दमिनी बटुल्दै हिँड्ने यी नेता

पासाङ शेर्पा डा. बाबुराम भट्टराईको पार्टी ‘नयाँ शक्ति’ का चर्चित नेता हुन् । कहिले एमाले भए, कहिले माओवादी र अशोक राईतिर गए । जनजातिको हित, समावेशी व्यवस्थाको वकालत उनको प्रिय थेगो मानिन्छन् । तर, उनैको घरका हामी सदस्य उत्पीडनमा छौं, चर्को घरेलू हिंसा खेप्न बाध्य छौं । समाज परिवर्तनको चर्को नारा उरालेर हिँड्ने उनैले घरमा स्वास्नी र बालबच्चा हुँदाहुँदै परियार थरकी अर्काकी स्वास्नी गोठैसमेत उठाएर… विस्तृत समाचार

विदेशीले मच्चाए बबाल

नेपालमा बसेर करोडौं कमाउने ‘जेमी’ नामको अष्ट्रेलियन नागरिकलाई तुरुन्त पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्छ । १५ वर्षदेखि ठमेल हुँदै हाल नयाँ बजारको पूरै घर भाडामा लिएर अवैध व्यापार गर्दै आएका जेमीको मतियार हुन्– एक्स्पिडिसन हिमालय ट्रेक उत्तरढोकाका डाइरेक्टर दावा ग्याल्जेन शेर्पा । भूकम्पको मौका पारेर विदेशीसँग लाखौं डलर ठगी अरुले दिएको रकममाथि आफ्नो संस्थाको ब्यानर राखेर फोटो खिच्न पल्किएका यी दलाल कुल्लीबाट एकाएक १० करोडको… विस्तृत समाचार

के–के मात्रै गर्दैनन्

श्री कालीप्रसाद गण (इञ्जिनियरिङ) का सेनानी सञ्जिव सिलवाल र मानार्थ लप्टन भूपाल बुढाथोकीले सुवेदार शंकरराज सेढाइँलाई पटक–पटक त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पोेष्टपति खटाएर भूकम्पपछि पीडित जनतालाई आएको दर्जनौं पाल (टेण्ट), व्यापारीको मोबाइल र अन्य सामग्रीको तस्करी ठूलो मात्रामा गरेको गणका धेरैजसो व्यक्तिलाई थाहा छ । भन्सार सुरक्षामा भएका एक जवानमार्फत पाल तस्करी गरी बाहिर पठाउन लाग्दा सेढाइँ रंगेहात पक्राउ पर्दा पनि सिलवालले माथिल्लो फर्मेसनमा रिपोर्ट… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top