नोट अफ डिसेन्ट

टोपी दिवशमा धोतीका कुरा

रमण पनेरु जर्मनी बसाइको सुरुवाती दिनमा नेपाली हुँ भन्दा नेपालबारे जिज्ञाशा राख्ने धेरै हुन्थे । कतिले चीन र भारतसँग जोडेर मेरो राष्ट्रियतालाई परिभाषित गर्ने कोसिससमेत गर्थे । म सकेसम्म सबैलाई स्पष्टीकरण दिँदै हिँड्थें । देश र संस्कृतिको महत्व त्यति नै बेला मलाई अनुभूति भएको हो । देशमा छँदासम्म कसैलाई आफ्नो परिचय दिइरहनु परेन । देशबाहिर जाँदा सबैले त्यही नै मागे । अरूलाई परिचय दिनुअघि आफंै… विस्तृत समाचार

कसरी तोकूँ म आफ्नो शरीरको मूल्य ?

खिमा रिजाल जनयुद्ध दीर्घकालीन भयो–भएन समयले बताउला तर त्यसमा सहभागी भएकाहरूलाई परेको असरचाहिँ पक्कै नपुरिने घाउ बन्यो । सशस्त्र द्वन्द्वमा आफ्नो १० वर्ष लगानी भएकाले सायद यो असरबाट म पनि अछुतो रहिनँ । त्यसैले सदाझंै नियमित डाक्टरकोमा चेकअप गरेर फर्कंदै थियांै । रत्नपार्कमा कोटेश्वरको गाडी कुरेर यस्तै ५ बजेतिर बसिरहेका थियांै । हेर्दा बौद्धिकजस्तो, सभ्य पनि लाग्ने एउटा अधबंैसे पुरुष हाम्रोअगाडि गाडी रोक्न आए र… विस्तृत समाचार

के हुनसक्छ योभन्दा ठूलो नादानी ?

बाबुलाल भण्डारी भगवान् बुद्ध डुंगामा बसेर नदी पार जाँदै हुनुहुन्थ्यो । त्यसैवेला एउटा चमत्कारी साधुले पानीमाथि हिँडेर नदी पार ग¥यो र होच्याउँदै भन्यो, ‘तपाईले डुंगा तर्नुप¥यो, म भने पानीमाथि टेकेर आएँ ।’ बुद्धले सोध्नुभयो, ‘यो सिद्धि प्राप्त गर्न तपाईंलाई कति लाग्यो ?’ साधुले भन्यो, ‘धेरै होइन, २० वर्ष ।’ बुद्धले फेरि सोध्नुभयो, ‘यहाँबाट पारि पुग्न माझीले कति पैसा लिन्छ ?’ जवाफ आयो, ‘२ पैसा ।’… विस्तृत समाचार

अभूतपूर्व हुने अवसर जसले गुमाए

संकेत कोइराला एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ, ‘साथी’, तिमी पहाडबाट झरेको, म पनि पहाडबाटै झरेको, तिमी ढुंगा, म पनि ढुंगा तैपनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन्, पूmलप्रसाद चढाएर ढोग्छन् । तर, मभित्र के त्यस्तो दोष छ र हरपल फोहोर खुट्टाको प्रहार खेप्नुपर्छ ?’ मन्दिरभित्रको ढुंगो मन्द मुस्काउँदै जवाफ दिन्छ, ‘हो साथी’, हाम्रो जात एउटै, थातथलो एउटै, हुँदाहुँदा छिनो बजारिँदा भोगिएको… विस्तृत समाचार

हामीले भन्ने कुरा त यति मात्रै हो

बाबुलाल भण्डारी ‘जुन लायकको ठिटो थियो, उही जेठाजु प¥यो’ नेपालको राजनीतिमा यो उखान सत्य सावित हुँदै छ । अहिले राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको सरासर प्रतिकूल हुनेगरी नेपालको संविधानमा ४ वटा मुख्य–मुख्य संशोधन प्रस्ताव भएको विधेयक संसद सचिवालयमा दर्ता भएको छ र यो पुनित काम देश र जनताप्रति ज्यादा संवेदनशील र उत्तरदायी मानिएका सबैभन्दा क्रान्तिकारी वामनेता श्रीमान् प्रचण्डको करकमलबाट सम्पन्न भएको छ । अहिले लुम्बिनी अञ्चलभर… विस्तृत समाचार

नर्वेमा घुम्नु मात्रैभो नेताज्यू ?

प्रेमराज सिलवाल युरोपकै विकसित र लामो लोकतान्त्रिक इतिहास भएको नर्वेमा संविधान बनेको २ सय वर्ष भइसकेको छ सन् १८१४ मा संविधानसभामार्फत बनाइएको त्यहाँको संविधानलाई पूरै युरोपको दोस्रो राष्ट्रिय दस्ताबेज पनि भन्ने गरिएको छ । पहिलो दस्ताबेज सन् १७९१ को पोल्याण्डको संविधान  हो । नेपालले लामो आन्दोलनमार्फत संविधानसभा पाएको र त्यसमा सहभागी ९० प्रतिशत प्रतिनिधिले बनाएको संविधान २ वर्ष नपुग्दै १ पटक संशोधन भएर पनि फेरि… विस्तृत समाचार

तिमी जनता भन्छौ यहाँ नेताको छ चिन्ता

यमुना अर्याल हाम्रा नेताको वास्तविक हालत निकै कमजोर रहेछ भन्ने कुरा संसद् भवनमै देखियो । हाम्रो हालत के थाहा ? स्ट्यान्डर्ड चियासमेत खान पाइएको छैन भन्ने चिनकाजी माननीयले कस्तो चियालाई स्ट्यान्डर भनेका हुन् उनैले जानुन् । नास्ता, बिहानको खाना, दिउँसोको नास्ता, साँझको खानाका दुःख सुनाए उनले । अब भने पेटभरि खाने भए सांसदले । भन्न त जनता–जनता भन्छन् नि तर हामी जनतालाई यिनै नेताको पिरलो… विस्तृत समाचार

जयन्त नै बन्ने हुन् त कमरेड प्रचण्ड ?

नारायण नेपाल गोर्खाका राजा नरभूपाल शाहले जयन्त रानाको नेतृत्वमा नुवाकोट त्रिशूली पूर्वको राज्यमा आक्रमण गर्न आफ्नो फौज पठाएका थिए । गोर्खाली सेना पराजित भयो र जयन्त रानालगायत नुवाकोटमा समातिए । पछि, नुवाकोट राज्यमा काठमाडौंले जयन्त राना प्रमुख बनाएको थियो । गोर्खाली फौजले बेल्कोटमाथि आक्रमण गर्दा जयन्त पक्राउ परे र उनलाई धोकाधडी र गद्धारीको आरोपमा छाला काढेर नुनचुक लगाउँदै गोर्खाली फौजले मारेका थिए । यस्तै, काठमाडौं… विस्तृत समाचार

माओवादीहरु एमालेतिर ओइरिँदै

अनिल शर्मा विरही संविधान घोषणालगत्तै प्रदेश निर्माणको बहस उत्कर्षमा पुगेको बेला ७ नम्बर प्रदेशको बहस अगाडि आयो । त्यसलाई सरकारले अखण्ड सुदूरपश्चिमको विकल्पको रुपमा तुरुन्त मान्यता दियो । राष्ट्रिय राजनीतिको महत्वपूर्ण स्थानमा भएका तर अप्रकट भूमिकामा रहेकाहरु यसप्रकारको खेलमा सामेल भए । उनीहरु प्रचण्डको भूमिका कमजोर पार्न चाहन्थे । केन्द्रिकृत शासन प्रणालीलाई अर्को रुपमा यथावत राख्न चाहन्थे । संघीयतालाई अखण्ड शब्दद्वारा विस्थापित गर्न चाहन्थे ।… विस्तृत समाचार

सबैले जान्नैपर्ने रोमाञ्चकारी यो श्रृङ्खला

सीताराम भट्टराई चालु लोकमान प्रकरणको फेदैदेखि विश्लेषण गर्ने हो भने युद्धकालीन माओवादीको चर्चित चुनवाङ बैठकभन्दा अगाडिको लावाङ बैठकले उसलाई राजावादी र भारतवादीमा विभाजन गरेको सन्दर्भबाट घटनाक्रम अध्ययन गर्नु जरुरी हुन्छ । त्यसबेला प्रचण्डनजिक रहेकाहरू भन्छन्,  ‘दलहरू भ्रष्ट र भारतीय दलाल भए तसर्थ राजासँग मिलियो भने बाटो सफा हुन्छ र सजिलै सत्तामा पुग्न सकिन्छ भन्दै प्रचण्डले ज्ञानेन्द्रसँग सहकार्यको आवश्यकता पुष्टि गर्थे ।’ उनी भन्थे, ‘राष्ट्रियताको रक्षार्थ… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Top