प्रमुख समाचार

आफ्नै त अरु, अब के गरुँ

विभिन्न माओवादी घटकलाई एकतामा ल्याउने प्रक्रिया कति झण्झटिलो रहेछ भन्ने कुरा भदौको २७ गते साँझ पेरिसडाँडामा चलेको हल्लाबाजीले पनि पुष्टि गर्छ । बैद्यलगायत विभिन्न माओवादी समूहबाट फर्किएका लेखक–कलाकारलाई ठाउँ दिन प्रचण्डपक्षधरले इन्कार गर्दा जनसाँस्कृतिक महासंघको भेलाले आक्रामक रुप लिएको छ । आरसी न्यौपानेहरू सम्मानजनक प्रतिनिधित्वको पूर्वशर्त लागु नभएको भन्दै भेला छाड्न तम्सिएका छन् । कलाकारतिर राजु स्याङतानहरू कराउँछन्, ‘याद राख्नुस्, हामीले बजाउँदा बाजा मात्रै होइन,… विस्तृत समाचार

सिमाना एकातिर मात्रै छ हजुर !

द्वन्द्वकालीन घटनाका नाममा गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिइँदैन भनेर महान्यायाधिवक्ता रमण श्रेष्ठले राष्ट्रिय मानवअधिकार आयोगलाई बचन दिएका त छन्, तर बचनविपरित फिर्ता लिने लहरै चलेको छ । प्रधानमन्त्रीका कानुनी सल्लाहकार श्रेष्ठले मानवअधिकार आयोगलाई ‘जानीजानी हत्या गरिएको कसुरमा ऐनले तोकेका सजायँ हुन्छन्, फिर्ता लिन पाइँदैन’ भनेर फर्किए पनि टीकापुर हत्याकाण्डका केही आरोपीको मुद्दा फिर्ता लिने चरणमा सरकार पुगेको छ । त्यस घटनाका आरोपीमध्ये २०–२५ जना जेलमा… विस्तृत समाचार

बिहे नै नगरी चाहिएको हो बच्चा ?

हिजोआज प्रत्येक आइतबार संसदमा नयाँ नयाँ लफडा देख्न पाइन्छ । कहिले समलिंगी सम्बन्धलाई मान्यता दिन संशोधन प्रस्ताव हालेर त कहिले क्रिश्चियन धर्म परिवर्तनको निम्ति छूट/सहुलियत दिन ५० बोरासम्म सुझाव पठाएर । यो आइतबारचाहिँ बिहे नगरी बच्चा पाउने अधिकार माग्दै मान्यज्यूहरू उफ्रिएको पाइएको छ । यसनिम्ति देवानीसंहिता उपरको छलफल जारी छ । डेढ वर्षअघि यसमा संशोधन प्रस्ताव पेश भएको थियो । अहिले बल्ल त्यसलाई टुङ्ग्याउने पालो… विस्तृत समाचार

चेलीहरू दूतावासबाट चिच्याउँदै

ओली सरकारद्वारा कार्यक्षमतामाथि प्रश्न उठाउँदै फिर्ता बोलाइएका दीपकुमार उपाध्याय फेरि राजदूत बनेर दिल्ली जाँदैछन् । तर, त्यसअघि नै उनीसमक्ष त्यहाँ तैनाथ महिला कूटनीतिज्ञले उजुरीको पोको पठाइदिएका छन् । त्योचाहिँ हाल कार्यवाहक राजदूत रहेका सहसचिव कृष्णप्रसाद ढकालमाथि लक्ष्यित छ । यी मातहत कर्मचारी, विशेषगरी महिलाको शत्रु नै रहेको दिल्लीस्थित दूतावासको निश्कर्ष छ । जस्तै, नासु सिर्जना अधिकारीलाई ‘यो खतरनाक मान्छे हो, पंधेर्नी हो, झगडा लाउँछे, योसँग… विस्तृत समाचार

मध्यराति कमरेडबीच, मारमुङ्ग्री

जनयुद्धताका जाँडका घ्याम्पा फुटाउने र मापसे गर्नेलाई बाँधेर लडाउने कमरेडहरु अचेल आफैं मदिराबिना रात बिताउन नसक्ने हालतमा पुगेका छन् । चपक्क पिएर थपक्क निदाए त हुन्थ्यो तर नशाको रन्कोमा आफ्नै सहकर्मी भकुर्न तम्सिएपछि भने कस्ता–कस्ता मै हुँ भन्ने कम्युनिष्टको समेत खुट्टी देखेरै पत्याउनुपर्ने स्थिति सिर्जना भएको हो । कामरेडका विद्रोही कुराले दुनियाँ थर्कमान त छन्, तर सेन्तेरेम लाएपछि मध्यराति आफ्नै साथी थर्काउन थाल्दा विप्लव माओवादीभित्र… विस्तृत समाचार

प्रधानमन्त्रीको गाडीमा घुसपैठियाको प्रवेश

देशको सुरक्षा प्रणाली कतिसम्म लापरवाह छ भन्ने कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि देखियो । सरकार प्रमुखलाई त्यसै पनि चारथरि सुरक्षा निकायको घेरा, त्यसमाथि औपचारिक भ्रमणमा अलग्गै कारकेटको व्यवस्था हुँदासमेत असम्बन्धित व्यक्तिको घुसपैठ ! २९ भदौको दिउँसो भारत भ्रमणबारे राष्ट्रपतिलाई ब्रिफिङ गर्न प्रधानमन्त्री शीतल निवास पुग्दा राजकीय भ्रमणमा मात्र प्रयोग हुने विशेष प्रकारको कारकेडभित्र गैरसुरक्षाकर्मी फेला परेका हुन् । कारकेडमा सुरक्षाकर्मीमात्र… विस्तृत समाचार

गगनका सुराकीले गोद्लान् नि !

कुरा जतिसुकै आदर्शको गरे पनि काममा चाहिँ चर्को कांग्रेसीकरण चलाएका छन्, स्वास्थ्यमन्त्री गगन थापाले । स्वास्थ्यमा १५ देखि २० जना सुराकी बिरामीको भेषमा खटिएका छन् । कुन हाकिमले के गरे भनेर बुझ्न । कर्मचारीले ठीकसँग काम गरे, नगरेको अनुगमन गर्नलाई राज्यले राष्ट्रिय सतर्कता केन्द्र नामक अलग्गै निकाय खडा गरेको छ । तर, अहिले स्वास्थ्यअन्तर्गतका निकायमा मन्त्री गगनका सुराकी परिचालित हुँदा आतंक सिर्जना भएको छ ।… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

Prabhu Bank Ltd.
Top