प्रमुख समाचार

भारत पुग्नासाथ नेपाली भाउन्न

केही दिन अघिसम्म झापाको काँकडभिट्टा बजारमा खुलेआम भारु. कारोबार गर्ने महिला अहिले चुपचाप छन् । भारततर्फ जाँदै गरेका नेपालीलाई उनीहरू तानातान गर्थे । नेपाली रुपैयाँ लिएर भारतीय रुपैयाँ साटिदिन्थे । उताबाट आउनेहरूबाट भारु. लिएर नेरु. दिन्थे । मन लागेजति नाफा लिन्थे । कमाउने माध्यम नै यही थियो । हातमा पैसाको मुठो बोकेर मनी चेञ्जरको काम गर्थे, सडकमै । प्रहरीले लखेट्थ्यो कहिलेकाहीँ । तर, काँकडभिट्टामा यस्तो… विस्तृत समाचार

दारु, दिउँसो अड्डाभित्रै सुचारु ?

सरकारी जागिर खानेहरुले आफ्नो काम, कर्तव्य र अनुशासनमा ध्यान नदिँदा तालुकदार मन्त्रालय र निकायले कतिसम्म तल झरेर निर्देशन गर्न बाध्य हुनुपर्दाे रहेछ भन्ने एउटा उदाहरण फेला परेको छ । ‘कर्मचारीहरुले देहायबमोजिमका काम’ गरेको कारण मन्त्रालयमा गुनासो/उजुरी प्राप्त हुन आएको हुँदा सो यकिन गरी प्रचलित कर्मचारी विनियमावलीबमोजिम दोषीउपर कारबाही गरेको जानकारी सात दिनभित्र उपलब्ध गराउन कात्तिक १० गते उर्दी जारी गरिएको पत्रमा कर्मचारीका कमजोरी उल्लेख गर्दै… विस्तृत समाचार

पाहुना आउँदा के–के मिलेन ?

भारतीय राष्ट्रपति आए, गए । तर, उनी आएको बेला हामीतर्फबाट के–के गल्ती–कमजोरी भए ? कस्ता–कस्ता त्रुटि देखिए भन्ने विवरणचाहिँ निकै रोचक छ । भ्रमणको समीक्षा गर्दै सेनाले पावरप्वाइन्टमार्फतै गल्ती औंल्यायो, ‘क्याबिनेटले भ्रमणको रुट तय गर्दा गम्भीर गल्ती ग¥यो । एउटै बाटो सधैं प्रयोग गर्दा सुरक्षा खतरा त बढ्यो नै जनताले समेत अनावश्यक दुःख पाए । त्यसमाथि उही बानेश्वरको बाटो लामो र जाँदा–आउँदा वाक्क लाग्नेगरी सधैं… विस्तृत समाचार

कसरी खुस्केलान् र आइजिपी !

नयाँ नियमावली लगाएर प्रहरी प्रमुखलाई समय नपुग्दै घर पठाउने योजना भित्रभित्रै पाक्दैछ । आफ्नो हात जगन्नाथ भएको मौकामा कांग्रेस सभापति शेरबहादुर देउवाको स्वार्थ पूरा हुनेगरी सुदूरपश्चिमकै कुनै मान्छेलाई प्रहरीको आइजी बनाउन फागुन महिनामा घर जाने आइजीलाई तीन महिनाअगाडि नै गलहत्याउन खोजिएको हो । हुन त पहिले नियमावली फेरेर एमाले उपाध्यक्ष वामदेव गौतमले पनि ३२ बाट सेवा अवधिलाई ३० वर्षेमा झारेपछि १२÷१५ जनाजति माथिल्लो तहका हाकिम… विस्तृत समाचार

चण्डालको अझै उस्तै छ चालामाला

सबैलाई लोकमानको महाअभियोग र संविधान संशोधनको मात्र चिन्ता र चटारो छ । तर यही मौकामा सेनाभित्र भने भित्रभित्रै करोडौं चापचुप पार्ने खेल शुरु भएको छ । निकै आकर्षक कमिशन दिने इटालियन कम्पनीको ए डब्लु–१३९ अगष्टा हेलिकप्टर सेनालाई भिडाउने तयारी छ । त्यसका लागि एउटा दलालको संलग्नतामा नेपाल वायुसेवा निगमकै शैली पछ्याउँदै ठ्याक्कै उसैलाई स्पेशिफिकेशन मिल्नेगरी प्रस्ताव आह्वान गर्ने प्रबन्ध मिलाइएको छ । पहिले राजाको पालामा… विस्तृत समाचार

फोकटमा पैसा गयो फटाफट

अक्टुबर महिना, अर्थात् दशैंताका हामीले भारतबाट एक युनिट पनि बिजुली ल्याएनौँ । तर, मासिक झण्डै ९ करोड भाडाबापत बुझायौँ । यस्तो किन भयो ? कारण हो, ढल्केबर–मुजफ्फरपुर चार सय केभी क्षमतायुक्त प्रशारण लाइनको निम्ति गरिएको २५ वर्षे सम्झौता । चार वर्षअघि गरिएको उक्त सम्झौता केपी ओलीको पालादेखि कार्यान्वयनमा गएको हो । ‘क्यापासिटी बुकिङ’, अर्थात् उताबाट बिजुली ल्याउँदा या यताबाट पठाउँदा जुन बाटो प्रयोग गरिन्छ, त्यसबापत… विस्तृत समाचार

दिल्लीमा अझै बाँकी छ रिपोर्ट दिन

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको औपचारिक भ्रमण सकेर त फर्किए तर दिल्लीमा त्यसको समीक्षा रिपोर्ट अझैसम्म तयार भएको छैन । श्रोतकाअनुसार, अझै एक हप्तापछि मात्र टोलीका मुख्य मान्छेहरूले भ्रमणसम्बन्धी राष्ट्रपतिको ‘पर्सनल नोट’ तयार गरेर सरकारलाई बुझाउने छन् । राष्ट्रपति मुखर्जी अहिले ‘आउट गोइङ’ अवस्थामा छन् । भारतमा प्रधानमन्त्री मोदी र राष्ट्रपतिको पार्टी एउटै होइन । यस्तोमा राष्ट्रपतिका कुरालाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक सुन्ने सम्भावना कम रहन्छ ।… विस्तृत समाचार

यतिका कुरा राख्न त मिल्ला नि !

भारतीय सेनापति दलबीर सिंह पर्सि शुक्रबार नेपाल आउने भएका छन् । कपिलवस्तुको गोरुसिंगेमा यतिबेला दुई देशका सेनाबीच ‘सूर्यकिरण’ नामक संयुक्त अभ्यास जारी छ । उनले २६ गते बिहान नेपाल आएर हेलिकोप्टरमा त्यता गई उक्त अभ्यासको समापन कार्यक्रममा सहभागी हुने योजना छ । अस्ति नेपाली सैनिक श्रीमती संघको वार्षिकोत्सव थियो । त्यसमा भव्य साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी थियो । तर भारतीय पाहुनालाई समेत यस्तो… विस्तृत समाचार

यसरी सोध्नेहरूचाहिँ हेरेको हे-यै

भनाई नै छ, ‘कान्छी नानीको तुजुकले जहाँ पनि हल्लाइदिन्छ ।’ हुन पनि त्यस्तै भएको छ अथाह पैसा कमाएर सरकारलाई कर तिर्न नचाहने एनसेलको चर्तिकला । उसलाई कस्न खोज्ने र उन्मुक्ति दिन चाहनेहरूबीच निकै बलियो रस्साकस्सी हुने गरेको छ । त्यस्तो तानातान र चेपाचेपको एउटा प्रमाण हो, गत भदौ २९ गते सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्र । प्राधिकरणले एनसेलको स्वामित्व हेरफेर तथा नविकरण दस्तुरसम्बन्धमा… विस्तृत समाचार

जाली नोट छाप्नेकै हालिमुहाली

फूलपातीको दिन बिहान चारखालस्थित सदरखोरमा ५ वर्षदेखि थुनिएका रोजित सिंह अन्य बन्दीलाई चिया बाँड्दै थिए । त्यति नै बेला राष्ट्रपति विद्यादेवी भण्डारीबाट दशैंको उपलक्ष्यमा १०३ जना कैदी बन्दीले आममाफी पाए । जसमध्ये एक थिए, उनै रोजित । कसैले ‘खुशखवरी’ सुनाउनेबित्तिकै चियाको ट्रे जहाँको त्यहीँ छाडेर झोला पोको पारी बाहिर निस्किए । पाठकवर्गलाई लाग्न सक्छ, किन यी मान्छे समाचार बने ? किनकि उनी कुनै सामान्य कसुरदार… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top