प्रमुख समाचार

सुटुक्क बढ्दै सुबिधा

निजामती कर्मचारीको सेवाहद ६० वर्ष राख्ने गरी कानुन मन्त्रालयले आइतबार सहमति दिएको छ । अब सरोकारवाला सामान्य प्रशासन मन्त्रालय यो मस्यौदा लिएर क्याबिनेटको विधेयक समितिहुँदै व्यवस्थापिका संसदमा सीधै जाने छ । सांसदहरुले आफ्नो सुविधा सट्याकसुटुक बढाएजस्तै कर्मचारीहरुले पनि आफ्नो भविष्य सुरक्षित पार्न खोजेका हुन् । एमालेको पनि यसमा सहमति भएको आशंका गरिँदैछ । नभए किन यसरी फास्टट्य्राकमा अघि बढ्छ ? ६० वर्षे उमेर हद लागु… विस्तृत समाचार

किन गरेन यति पनि क्याबिनेटले ?

निर्वाचन क्षेत्र निर्धारण आयोग गठनसम्बन्धी प्रस्ताव आइतबारको मन्त्रिपरिषद् बैठकमा पनि प्रवेश भएन । सरकारले यदि चुनाव गर्ने चाहेको हो भने त्यससँग सम्बन्धित सबै काम अगाडि बढाउनुपर्नेमा निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी जटिल र महŒवपूर्ण विषय नै थाती राख्दै जानुको अर्थ के हुनसक्छ ? पहिलेको संविधानले केन्द्रीय संसदमा पहिलो हुने प्रत्यक्षतर्फको सदस्य संख्या २४० तोेकेकोमा त्यो खुम्चिएर १६५ पुगेको छ । ती १६५ निर्वाचन क्षेत्र कुन–कुन वा कहाँबाट… विस्तृत समाचार

मतलबै हुन छाड्यो मान्छेलाई

बन्द, हड्ताल र भ्वाङ टाल्ने कार्यले गर्दा नेपालका धेरैजसो सडक छिचोलिसाध्ये छैन । यस्तोमा हवाई यात्रा एकमात्र बाध्यकारी विकल्प बनेको छ । यही बेला हवाई इन्धनको भाउ बढ्दा मान्छेलाई मतलबै छैन । जबकि, पहिले पहिले पेट्रोल, डिजल, एलपी ग्यासको एक रुपियाँ भाउ बढ्दा युवा–विद्यार्थीहरु सडकमै ओर्लिन्थे । आन्तरिक उडानका वायुसेवा कम्पनीले पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको सहमतिमा सोमबारदेखि लागु हुने गरी हवाई भाडामा पाँच सय… विस्तृत समाचार

सर्वहारा कामरेडको संलग्नतामा...

गम्भीर प्रकृतिको रोग लाग्दा पनि भारत उपचार गराउन नजाने अडान लिएका  उपराष्ट्रपति नन्दबहादुर पुनका जेठा छोरा जीतेन्द्र (फेमस) ले स्थानीय माओवादी तथा केही डनलाई साथ लिएर ललितपुरको डुकुछापमा बालुवा खानी सञ्चालन गरेका छन् । उपत्यकामा बालुवा उत्खनन प्रतिबन्धित भएका वेला माओवादी समर्थक प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माको आडमा खानी सञ्चालन थालेका हुन् । विगतमा कांग्रेस नेता केवलबहादुर लामाले बालुवा खानी सञ्चालनमा ल्याउन लाग्दा अवरोधमा लाग्ने… विस्तृत समाचार

रक्षामन्त्रीमा पलाएको अनौठो रहर

आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्धले निकै गहिरो गरी जोडिएका लुम्बिनी र राप्तीका पहाडी जिल्लालाई तराईसँग अलग गरेर चार नम्बर प्रदेशमा राख्ने गरी सरकारले संविधान संशोधन विधेयक संसद्मा दर्ता गरेपछि आन्दोलनमा रक्षामन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले भाँजो हाल्न थालेका छन् । खाँणकै निर्देशनमा कांग्रेस रूपन्देहीले एमालेद्वारा सञ्चालित आन्दोलन भन्दै सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएको छ । १७ गतेको प्रदेशस्तरीय सर्वदलीय भेलामा रक्षामन्त्रीका भाइ एवं… विस्तृत समाचार

दूतावास जान्छन् यस्ता–यस्ता पत्र

सरकार ढाल्ने र नयाँ सरकार बनाउने बेलामा नेपाली राजनीतिका केही पात्र यसरी प्रकट हुन्छन्, मानौं सत्ता उनीहरूको कारण मात्र टिकेको छ । यस्ता एउटा पात्र हुन् प्रेमबहादुर सिंह । उनले मन्त्री बन्न मरिहत्ते गर्ने अनेक कारणमध्ये एउटा फेला परेको छ । तिनै सिंह कारण अझै केही युवा सिंहदरवारभित्र–बाहिर, क्यान्टिन र मन्त्रीका पिए तथा नातेदारको घर धाउने काममै अल्झेका छन् । मन्त्री सहभागी हुने एक अन्तर्राष्ट्रिय… विस्तृत समाचार

कसले खुलाउँछ यसको कारण

न्याय र निष्पक्षताको जतिसुकै दुहाई दिए पनि नेता पोस्ने धन्दाबाट प्रहरी अझै मुक्त भएको रहेनछ । महिनाको लाख रुपैयाँभन्दा बढी आम्दानी हुने विदेशी मिसनमा प्रहरी कर्मचारी हाल्दा भर्खरै पनि केही थान नेताका अंगरक्षकलाई घुसाइएको छ, ‘उत्कृष्ट कार्य गर्ने’ भन्दै । फम्र्ड पुलिस युनिट (एफपियु) मिसनका लागि अफ्रिकी मुलुक सुडानको डार्फर पठाइने १५ औँ समूहमा कांग्रेस सभापति शेरबहादुर देउवाका पिएसओ (सई) हिमालय शाह र एमाले अध्यक्ष… विस्तृत समाचार

सक्नु छैन साथको पैसा, अझै तान्ने सुर

आफूसँग भएको पैसा खर्च गर्न नसक्ने, बीचमा नेताले केही घोषणा ग¥यो कि थप पैसा मागिहाल्ने ! के यो सुहाउँदो कुरा हो ? भूकम्प पुनर्निर्माण प्राधिकरणसँग पहिल्यै ८३ अर्ब रुपैयाँ रहेकोमा पछि ५६ अर्ब थपेर एक खर्ब ३९ अर्ब रहन पुगेको छ । त्यही पैसा खर्च भइसकेको छैन । यसमध्येबाट भूकम्पमा घर भत्किएकालाई ५० हजारका दरले साढे चार लाख घर परिवारको निम्ति केही पैसा बाँडियो ।… विस्तृत समाचार

भन्नचाहिँ कसरी सकेको होला खै !

संविधान संशोधन प्रस्ताव दर्ता त भयो, तर त्यो सजिलै पास नहुने स्थिति देखा परेपछि चुनावी चर्चा शुरु भएको छ । तर, त्यसनिम्ति के छ तयारी ? यथास्थितिमा सम्भव छ, चैतभित्र एक करोड ३४ लाखलाई मतदानको अधिकार सुनिश्चित गर्न ? अहँ, त्यस्तो देखिँदैन । राजनीतिक दल, निर्वाचन आयोग र मतदाता नामावलीसम्बधी तीनवटा अलग अलग विधेयक संसदीय समितिमा तीन महिनादेखि थन्किएका छन् । त्यसपछि निर्वाचनको कसुरसम्बन्धी ऐनको… विस्तृत समाचार

के भन्छन् भित्रभित्रै यी कमरेड !

शनिबार माओवादी हेडक्वार्टरको बैठकमा प्रचण्डले भने, ‘बुटवलका जनताले ५ नम्बरबाट छुट्टिन्नौं भनी माग राख्नु स्वाभाविकै हो तर त्योभन्दा ठूलोचाहिँ एमालेको खेल हो । नयाँ कदम (संविधान संशोधन) का कारण त्यो क्षेत्रमा हाम्रो स्थिति खस्किएको छ । तर, यसलाई राष्ट्रिय आवश्यकता पूरा गर्दा पर्न गएको क्षति हो भनेर बुझ्नुपर्छ ।’ उनले अगाडि थपे, ‘मधेसी मोर्चाले प्रस्तावको समर्थन गर्छ भने गरोस् नत्र चुनावमा जाने हो । यो… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top