प्रमुख समाचार

पहिला आफ्नै निर्णय मजाले पढुन्

यदि प्रचण्ड कमरेडले विगतका कुरा बिर्सिएकै हुन् भने संविधानसभा दर्पण (०६५–०६९) को पाना नम्बर २५५ पल्टाएर अन्तिम परिच्छेद पढे हुन्छ । त्यहाँ पहिलो संविधानसभामा सहमति जुटेका बुँदाहरू प्रष्टसँग उल्लेख गरिएको छ । जसमा लेखिएको छ– राष्ट्र प्रमुख, उपप्रमुख, प्रधानमन्त्री, संघीय व्यवस्थापिका र न्यायपालिका प्रमुख, सुरक्षा निकायका प्रमुख, प्रदेश प्रमुख या उपप्रमुख निर्वाचित वा मनोनित भई नियुक्त हुन अंगीकृतबाहेक नेपाली नागरिकता प्राप्त व्यक्ति हुनुपर्छ । यो… विस्तृत समाचार

यस्तो कुरा राष्ट्रपतिलाई के थाहा !

हुन त आममाफीको घोषणा गर्ने राष्ट्रपतिलाई के थाहा, यसपछि रहेका छलछाम र कुकृत्यबारे । जेलर, कारागार व्यवस्था विभाग र गृह मन्त्रालयका हाकिमले संविधान दिवश र दशैंजस्ता राष्ट्रिय पर्वमा कैदी बन्दीलाई दिइने माफी मिनाहाको सिफारिसमा के–कतिसम्म आर्थिक चलखेल गर्छन् भन्ने यो बलियो उदाहरण हो । संविधान दिवशको अवसरमा ५३७ जना कैदीबन्दीले आममाफी पाएर बाँकी कैद भुक्तान गर्नुपरेन । त्यसैगरी, दशैं फूलपातीको दिन पनि १०४ जनाले त्यस्तै… विस्तृत समाचार

नेपाली सांसद भारतमा हराएपछि

शनिबार साँझ सूचना आयो, ‘एमाले सांसद रविन कोइराला शुक्रबारदेखि सम्पर्कमा हुनुहुन्न ।’ कोइराला व्यक्तिगत कामको सिलसिलामा शुक्रबार भारतको सिलिगुडी गएका थिए । कोइराला साँच्चै सम्पर्कविहीन भएका हुन् या केही कारणवश घर फर्किन ढिला भएको हो, यो नबुझी झापाका एक सञ्चारकर्मीले फेसबुकमा स्टाटस पोस्ट गरिदिए । कुनै दिन आफूले सांसद कोइरालासँग अन्तर्वार्ता लिँदै गरेको तस्बिर पनि अपलोड गर्न भ्याए । त्यसपछि देश–विदेशमा हल्ला फैलियो । एमाले… विस्तृत समाचार

धनीलाई चमेली, छँदै छ चइन

अहिलेका सत्ताधारी कम्युनिस्ट पञ्चायतकालमा मच्चिइमच्चिई गाउँथे, ‘धनीलाई छँदै छ चइन, गरिबलाई चमेली लाग्दछ अइन ।’ नेपालकै सबभन्दा धनीको रूपमा विश्वचर्चित विनोद चौधरीको चितवन कसरास्थित सेभेन स्टार होटलका पाहुनालाई राप्ती नदी सयर गराउन डुंगा बनाउँदै गर्दा गैंडा मरेपछि जेल सजाय तोकिएका भारतीय नागरिकको हकमा यो गीतको मर्म ठ्याक्कै मिल्न आउँछ । १५ भदौदेखि जंगलमा डुंगा बनाउन थालियो, १९ मा त्यो काम सकियो । २४ गते एउटा… विस्तृत समाचार

बडिगार्डलाई विदेश पठाउने व्यवस्था

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालकहाँ एउटा भनसुन चल्दैछ, विभिन्न व्यक्तिमार्फत । लोकमानका बडिगार्ड दानबहादुरलाई छिटोभन्दा छिटो देशबाहिर पठाउने व्यवस्था मिलाउनका लागि । तर, शक्ति न हो, क्षीण भएपछि त्यसको के अर्थ रहन्छ र ? नेपाल प्रहरीमा एफपियु मिसनको एउटा टोली माघ १७ गते हाइटी प्रस्थान गर्दैछ । लोकमानले क्यानाडा जानुअघि नै भनेका कारण अर्यालले दानबहादुरलाई त्यसमा हालिदिए । त्यसका लागि भाइटीकाको पर्सिपल्टदेखि (कात्तिक १८) तालिममा छिर्नुपर्छ… विस्तृत समाचार

खाँचो भन्दै खान दिने हो खुराक ख्वाप्पै ?

हामीलाई संसारको अर्को कुनासम्म छुन आफ्नै जहाज आवश्यक छ तर खाँचो प¥यो भन्दैमा नियम, कानुनको धज्जी उडाएर व्यक्ति मोटाउने खेलमा सिंगो राज्यसंयन्त्र फस्नु कत्तिको उपयुक्त होला ? हामीसँग राजधानीबाट १५ देखि २५ मिनेट दूरीका सिमरा, पोखरा, भरतपुरसम्मको उडानलाई नियमितता दिने हुती छैन तर सीधै युरोप हान्ने सपना देखाइँदै छ । भएका ट्विनअटर र वाई– १२ चलाउन नसकेर तारा एअरलाई भाडामा दिनुपरेका बेला ‘म दूरसञ्चार संस्थानको… विस्तृत समाचार

विगत नबिर्स जर्साब’, पाप लाग्छ

भनिन्छ, इतिहास जित्नेको घोडा हो जो किताबमा पनि सवार भइरहन्छ । लिखत प्रमाणमा बोलिरहन्छ । तर हराइएका, खेदिएका र निचोरिएकाहरू बीचैमा अलप भइदिन्छन् । यस्तै देखिन्छ केही समयअघि उत्तराखण्डको रूपमा नयाँ राज्यको मान्यता पाएर हाम्रो दार्चुलापारि धार्चुलाको प्रतिनिधित्व गर्दै मुख्यमन्त्री बन्न पुगेका हरिश रावत सरकारको राजधानी देहरादुनमा । जोसँग नेपालको दुई वटा घनिष्ट साइनो गाँसिएको छ, बहादुरी र विरहको । त्यहींको नालापानी किल्लामा सेनापति अमरसिंह… विस्तृत समाचार

कसले दियो यो अधिकार ?

कानुनले व्यवस्था गरेबमोजिमबाहेक व्यक्तिको गोपनीयताको हक राज्यले हनन गर्न पाउँदैन । संविधानको भाग ३ अन्तर्गत मौलिक हक र कर्तव्यसम्बन्धी धारा २८ मा उल्लेख छ– कुनै पनि व्यक्तिको जिउ, आवास, सम्पत्ति, लिखित तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानुनबमोजिमबाहेक अनतिक्रम्य हुनेछ । लागुऔषधसम्बन्धी मुद्दाबाहेक अरू कुनै कुरामा कसैको टेलिफोन ट्यापिङ गर्न पाइन्न । जबकि अख्तियार, प्रहरीको अपराध अनुसन्धान विभाग र सिआइबीले नेपाल दूरसञ्चार र एनसेललाई इमेल… विस्तृत समाचार

कुराको त दुखै छैन नि कांग्रेसमा

‘यो के दिन आयो ? कम्युनिष्टहरुले प्रस्ताव ल्याउने र पिछलग्गु बनेर हामीले ताली पिट्नुपर्ने ? नियत ठीक छैन, यसले कांग्रेसलाई सिध्याउँछ ।’ सोमबार कांग्रेस केन्द्रीय समितिको बैठक शुरु हुनै लागेको थियो । सभापति शेरबहादुर देउवासँग प्रकाशमान भन्दै थिए, ‘कम्युनिष्टको बुई चढेर कांग्रेस कहाँ पुग्छ ?’ तर, सोमबारको बैठकमा बद्री पाण्डे, सुरेन्द्र पाण्डे, धनराज गुरुङ र गगन थापाले पालैपालो महाभियोगलाई आँखा चिम्लिएर पारित गर्नुपर्ने धारणा राख्न… विस्तृत समाचार

रमिता देखिन्छ अचेल राजधानीमा

सामान्य प्रशासन मन्त्रालयको सरुवामा फेरि भ्रष्ट पुरस्कृत बनेका छन् । भूमिसुधार मन्त्रालय तत्कालीन सोझा मन्त्री दलबहादुर रानामगरको स्वकीय सचिव बनेरस्वार्थ पूरा गरेका उपसचिव यदु पौडेललाई गृह लगिएको छ । त्यतिबेला सरकार फेरिने हल्ला चल्नासाथ मन्त्रीलाई समेत थाहा नदिई सुटुक्क आफ्नो दरबन्दी काठमाडौं भूमिसुधार कार्यालयमा कायम गरेका यदु त्यहाँबाट सिडिओ बन्न गृह पुगेका हुन् । ३१ भदौको ८४ जना उपसचिवको सरुवामा आफू भूमिसुधार सचिव हुँदा मिलेर… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top