प्रमुख समाचार

बिताइछाड्यो छोरीको बिहेले

‘अर्काकी छोरीको इज्जतसँग खेलबाड गर्नेले आफ्ना पनि छोरी–चेली छन् भन्ने बिर्सनुहुँदैन !’ ठीक यही कुरा लागु भएको छ, गायक प्रकाश ओझाको जीवनमा । सर्वोच्च अदालतले दुई साताअघि १० वर्षको कैद तोक्नुअघि पाटन उच्च अदालतले उनलाई पुरानो कैदबाट बाँकी रहेको ६ महिनाको कैद भुक्तान गर्न आदेश दिएको थियो, आठ महिना पहिल्यै । यस्तो हुँदा अभियुक्त आफैँ अदालत उपस्थित भएमा उसले निश्चित प्रतिशत कैद मिनाहा पाउने व्यवस्था… विस्तृत समाचार

विदेशी केटीलाई जिस्क्याएपछि...

नेपालीको छुकछुके बानी, कहिल्यै नजाने † शान्ति सेनाअन्तर्गत लाइबेरिया मिसनमा खटिएका मेजर गणेश रायमाझी एउटी डच (नेदरल्याण्डी) सैनिक युवतीमाथि यौन दुव्र्यवहार गरेपछि छानबिनमा परेका छन् । अनुसन्धान प्रक्रिया टुङ्गिनासाथ उनलाई नेपाल फर्काइने भएको छ । ती युवती पनि आफ्नो देशको तर्फबाट सोही मिसनमा खटिएकी थिइन् । यसैबीच, नं. ९ बाहिनी सिन्धुलीमा कार्यरत लेफ्टिनेन्ट कर्णेल सूर्य अधिकारीले अवकाशप्राप्त पूर्वप्रमुख सेनानी अनिरुद्रसिंह नगरकोटीको ३२ लाख लगानी गरिदिन्छु… विस्तृत समाचार

मात्र एउटा पत्रको करामत

पूर्वमुख्यसचिव तथा हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले फेसबुकमा लेखेको एउटा स्टाटस भाइरल बन्यो । बाग्मती सफाइका अभियन्ता उनले स्थानीय समुदायले बाग्मती किनारमा रोपेका बिरुवा केही व्यक्तिले नष्ट गरेकोमा चिन्ता प्रकट गर्दै ती बिरुवाको संरक्षण गर्न वर्तमान मुख्यसचिव सोमलाल सुवेदीको ध्यानाकर्षण गराउन फेसबुकमा गहकिलो स्टाटस लेखेका थिए । पौडेलले सुवेदीलाई संबोधन गर्दै निवेदन शैलीमा लेखेको कुरालाई थुप्रै नेपाली अनलाइन सञ्चारमाध्यमले समाचार बनाएपछि सिंहदरबारमा खैलाबैला… विस्तृत समाचार

भुसुना किन भनियो ?

चलाउने यन्त्र अन्तै भएपछि यतातिर ‘चल्नेहरुले’ बोल्ने पनि उतैको कुरा न हो ! नेपालमा चुनाव नहोस्, संविधान कार्यान्वयनमा बाधैबाधा आउन् र अस्थिरता रहिराखोस् भनेर कसले चाहेको छ भाषामै लेखिहाल्नु नपर्ला । सोमबार तिनै कुरा मुखै खोलेर बालुवाटारमा व्यक्त भएको छ । तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने, ‘संविधान संशोधन विधेयक परिमार्जनसहितै पारित भए पनि चुनाव त हामी हुनै दिन्नौँ ।’ उनले यति बोलेपछि छलफल कक्षमा सन्नाटा… विस्तृत समाचार

दिल्ली दूतावासमा झण्डै दुःखद्

अघिल्लो हप्ताको आकस्मिक बर्षात् हुँदा जाडो घट्ने अवसर त बन्यो, तर यसैले सिर्जना गरेको एउटा सामान्य क्षतिको बहानामा सरकारी कोषको केही करोडमाथि दखल पुगेको छ । अर्थात्, त्यस्तै बहानामा नेपाल सरकार दिल्लीस्थित नेपाली दूतावासलाई थप केही करोड रकम निकासा गर्न बाध्य हुने अवस्था आइलागेको छ । राजनीतिक मामिला हेर्ने सहचारी (अट्याची) बुद्धमाया भट्टराई र कन्सुलर शाखाकी अस्मिता न्यौपाने गत शुक्रबार अफिस जान ठिक्क परिसकेका थिए… विस्तृत समाचार

राजश्व उठाउनैमा पनि रोजीरोजी

सरकारी नियुक्तिहरुमा सत्ताधारीबीच भागबण्डा मिल्ने कुरा त नौलो भएन, अब हुँदाहुँदा राजश्व उठाउने संवेदनशील निकायमा समेत त्यस्तो धन्दा चल्न थालेको छ । कांग्रेस र माओवादीबीच लेनदेनको फलस्वरुप राजश्व अनुसन्धान विभागमा घुमिफिरी रामशरण चिमोरियालाई पठाउन लागिएको छ । आन्तरिक राजश्व विभागका लागि महेश्वर न्यौपाने या विष्णु नेपाललाई तयारी हालतमा राखिएको छ । शिशिर ढुंगाना सचिव बढुवाको एक नम्बरमा परेपछि भन्सार विभागको महानिर्देशकमा रामकृष्ण सुवेदीलाई हप्तादिनभित्रै पदस्थापन… विस्तृत समाचार

गगन, कति धेरै गन्ध ?

श्रीमतीले गुन तिर्न खोज्दा श्रीमान् बद्नाम । यस्तै हालत भएको छ, मन्त्री गगन थापाको । पारिवारिक र स्वकीय सचिवालयमा रहेका विवादास्पद व्यक्तिका कारण गगनको नाम एकपछि अर्काे प्रकरणमा बद्नाम हुँदैछ । हालै मात्र स्वास्थ्य सेवा विभागको महानिर्देशकमा कांग्रेसनिकट मानिने डा. भीम आचार्यको नाममा टिपेक्स लगाएर स्त्रीकाण्डमा मुछिएका डा. राजेन्द्र पन्तलाई नियुक्ति दिलाएसँगै कांग्रेस नै गगनसँग रुष्ट बन्न पुगेका छन् । खासमा, पन्तलाई त्यहाँको महानिर्देशक बनाउन… विस्तृत समाचार

हुन्छ–हुन्छ भन्दै हिस्स

पहिला मन्त्री बनाउन ठिक्क पारिएकी महिला सांसद दुई जिउकी भइन् भनेर थन्किइन्, अहिलेचाहिँ नाम आउला–आउला भन्दाभन्दै अर्की महिला सांसद हिस्स परेकी छन् । एकसिटे प्रेमबहादुर सिंह र कुमार खड्कालाई जसरी पनि मन्त्री बनाउनुपर्ने बाध्यतामा अर्की एकसिटे क मान्यको नाममा टिपेक्स लाग्न पुगेको हो । प्रमुख प्रतिपक्षी एमालेसहित माले, नेमकिपा, जनमोर्चा, परिवार दललगायत पार्टी संविधान संशोधनको विपक्षमा उभिरहँदा केही साना पार्टीका मान्यलाई दुबई भ्रमणमा जानु दुई… विस्तृत समाचार

सिंहदरबारतिर भिन्दै स्वाद

अवैतनिक सल्लाहकारको आतंक मच्चिएको छ, सिंहदरबारतिर । पुष्पकमल दाहाल सरकारका मन्त्रीहरूले कानुनविपरीत कार्यकर्तालाई धमाधम सल्लाहकार र विज्ञका रूपमा नियुक्त गरेर कानुनकै धज्जी उडाएको भेटिएको छ । सुशासन ऐन र नियमले प्रधानमन्त्री, उपप्रधानमन्त्री र सञ्चारमन्त्री बाहेकले प्रेस सल्लाहकार राख्न नपाइने भनिए पनि अधिकांश मन्त्रीले सल्लाहकार नियुक्ति दिँदै मन्त्रालयअन्तर्गतका विभिन्न आयोजना तथा परियोजनाबाट तलब दिने गरेका छन् । प्रधानमन्त्री, उपप्रधानमन्त्री र सञ्चारमन्त्रीबाहेक अन्य मन्त्रीका लागि प्रेस सल्लाहकार… विस्तृत समाचार

पतिको थर, पत्नीको भर

हुँदा–हुँदा पतिको न्वारानसमेत पत्नीले गरिदिनुपर्ने दिन आयो ! श्रीमान् मन्त्रीका कारण मन्त्राणीलाई परेको सकस हो योचाहिँ ! कृषि राज्यमन्त्री राधिका तामाङले हालै मात्र त्यहाँ उनका छायामन्त्रीका रूपमा सक्रिय पति दिलबहादुरको न्वारन गरेकी छन् । अबको पाँच दिनपछाडि अर्थात् आगामी १७ गते ३० तारिखको दिन रोम सहरमा बायोडाइभरसिटीसम्बन्धी गोष्टीको आयोजना हुँदै छ । ३० देखि ३ तारिखसम्म रोम सहरमा चल्ने उक्त गोष्ठीमा भाग लिन मन्त्रीसहितको एक… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top