प्रमुख समाचार

मान्छे उता, के मिल्यो र यता ?

पाँच दशकअगाडि भूपि शेरचनले त्यसै भनेका होइनन्, यो हल्लै हल्लाको देश हो । मान्छे छन् अष्ट्रेलियामा तर उनले नेपालमा सक्रिय रूपमा वार्ता थालेको, धेरै कुरा सहमतिनजिक पुगेको जस्ता रिपोर्ट भँगेरे अक्षरमा भटाभट छाप्छन्, यहाँका मिडियाले । दुई सातासम्म छोरीसँगै सिड्नीमा बसेर, ज्वाइँ भेट्ने तिर्सना मेटेर एमाले उपमहासचिव स्वदेश फर्किएको बल्ल आज ६ दिन मात्रै बित्यो तर उनी उतै हुँदा यहाँ मधेसी मोर्चासँग अति संवेदनशील, निश्कर्ष… विस्तृत समाचार

दाजुभाइले मोर्चा सम्हाले दुईतिर

प्रहरी प्रमुख नियुक्तिमा सरकारले झमेलापूर्ण निर्णय गरेको लाभचाहिँ कालाकोटेले राम्रैसँग लिने भएछन् । अरू त अचम्म भएन तर एउटै ल फर्म र एउटै आमाका सन्तानसमेत पक्ष–विपक्षमा बाँडिएर बहस गर्ने तयारीचाहिँ रोमाञ्चक नै देखिन्छ । संविधानविद् डा. भीमार्जुन आचार्य र भाइ सुवाषले जयबहादुर चन्दको पक्षबाट तर्क–वितर्क गर्ने भएका छन् । चन्दका अरू वकिलमा महादेव यादव, सुशील पन्त, बसन्तराम भण्डारी, पूर्णमान शाक्य, सतिशकृष्ण खरेल, यदुनाथ खनाल, सुनील… विस्तृत समाचार

जर्नेलहरू बिदाइ भोजमा जुट्दै

नेपालमा आफ्नो चुनौतीपूर्ण कार्यकाल सकेर घर जान लागेका भारतीय राजदूत रञ्जित रेलाई नेपाली सेनाले प्रधानसेनापति निवास शशि भवनमा आज रात्रिभोज आयोजना गरेर बिदाई सम्मान दिँदै छ । उनी अर्को साता अवकाशपूर्ण अविवाहित जीवन बिताउन दिल्ली फर्कंदै छन् । यसैबीच, गत साता भएको प्रहरी प्रमुख बढुवामा वरीयता मिचिएको विवादकै बीच कांग्रेस सभापति शेरबहादुर देउवाको कदमलाई भारतीय सेनापति नियुक्तिमा नरेन्द्र मोदीले गरेको हस्तक्षेपकारी कदमसँग तुलना गर्नेहरूको पनि… विस्तृत समाचार

सरकारी काम, डुब्नै लाग्यो घाम

भूकम्पले छिया–छिया बनाएको दुई वर्ष पुग्न लाग्यो । यसबीच उपत्यकाका तीन जिल्लाबाहेक अत्यधिक प्रभावित ११ जिल्लाका ९७ प्रतिशत पीडितले पहिलो किस्ताबापतको रकम पाएका छन् । यसो गर्दा ९ लाख परिवारका लागि प्रतिपरिवार ५० हजारका दरले ४० अर्ब खर्च भइसक्यो । अब थप डेढ लाखको दरले दोस्रो किस्ताबापतको १ सय २० अर्ब दिन बाँकी छ । यता, पुनःसंरचनाको काम उस्तै लथालिंग छ । प्रत्येक मन्त्रालयले आफू… विस्तृत समाचार

कसले आँट्ने यस्तो कुरा !

एनसेलले आफ्नो नाफा विदेश लैजान राष्ट्र बैंकसँग डलर सुविधा माग गरेको सबैलाई थाहा छ । लण्डनसम्म उडान भर्ने वाइडबडी जहाज किन्न आवश्यक एलसी खोल्ने प्रयोजनका लागि डलर सुविधा पाऊँ भन्दै नेपाल वायुसेवा निगमले पनि राष्ट्र बैंकसँग गुहार माग्दै छ । यी दुवै दृष्टान्तले के भन्छ भने डलरमा हुने कुनै पनि कारोबारमा राष्ट्र बैंकको स्वीकृति अनिवार्य छ । केन्द्रीय बैंकको सहभागिताविना यात्राको सहुलियत सुविधाबाहेक विदेशी मुद्रा… विस्तृत समाचार

कसैलाई भने देश बन्ने पीर

चीनले नेपाल सरकारलाई पठाएको एउटा प्रस्ताव अहिलेसम्म गुपचुप पारिएको छ । न त त्यसलाई निस्तेज पार्ने गरी काम नै अघि बढेको छ । अहिले चालु अवस्थामा रहेको नेपाललाई उत्तरी छिमेकी चीनसँग जोड्ने एक मात्र केरुङ नाका जाने बाटो गल्छीसम्मै स्तरोन्नति गरिदिन्छौं भनी उताबाट आएको प्रस्ताव नै लुकाइएको प्रसंग हो यो । चीनले बनाइदिन्छौं भन्दा नेपालीले हामी आफैं बनाउँछौं भन्यो । तर, आफूसँग पैसा नभए एडिबी,… विस्तृत समाचार

पैसा जान थाल्यो भटाभट

नेपाल सरकारले इजिप्टमा खटिएका राजदूत झविन्द्र अर्यालको निम्ति फ्ल्यागकार खरिद प्रयोजनार्थ रकम निकाशा गरिदिएको छ भने लोकमान गएपछि अख्तियारमा बाँकी ५ जना आयुक्तका लागि पनि गाडी किन्न पैसा छुट्याइएको छ । केही समयअगाडि प्रधानमन्त्री युएई गएको बेला त्यहाँका कर्मचारीले दूतावास आउन जान समस्या प¥यो भनेपछि यो माग पनि संबोधन हुने भएको छ । अबुधावीस्थित कर्मचारीलाई ओसार्न ७ सिटे गाडी किन्नेगरी पैसा पठाइएको हो । त्यहाँ… विस्तृत समाचार

जनयुध्दसँग दुवै हिसावले जोडिएका देउवा र प्रचण्डलाई जनयुध्द दिवसकै अवसरमा पहिलो झट्का:

नेपाल प्रहरीको आइजीपीमा जयबहादुर चन्दको बढुवासम्बन्धी बिहानको क्याबिनेट निर्णयलाई यथास्थितिमा राख्दै १३ जना उम्मेदवार सबैको कार्य सम्पादन फाराम झिकाउने अन्तरिम आदेश प्रधान न्यायाधीश सुशीला कार्कीको इजलासबाट जारी-'नियुक्ति नदिनु,पदबहाली नगर्नु ।' अर्को ठूलो संकट: बहालवाला प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल भोलिदेखि घर जाने,नयाँ आइजीको नियुक्ति रोकिने । कार्यवाहकको रुपमा ६५ हजारको फ़ौज कसले चलाउने ?   विस्तृत समाचार

अख्तियारमा अब को आउँछन् ?

मानौं– प्रधानमन्त्री रहेका कुनै व्यक्तिको बीचैमा अवशान भयो भने उपप्रधानमन्त्री स्वतः बढुवा हुन्छन् ? वा संवैधानिक परिषदको सिफारिसबेगर वैशाखमा सुशीला कार्कीको अवकाशपछि गोपाल पराजुलीले स्वतः प्रधानन्यायाधीशको कुर्सी सम्हाल्न पाउलान् ? त्यस्तो त नहुनुपर्ने ! किनभने, सरकार र न्यायालय प्रमुख बन्दाका निश्चित प्रावधान छन् । नयाँ छानिने प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ला, राष्ट्रपतिबाट शपथ खानुपर्ला । अनि प्रधानन्यायाधीश बन्नेले एक महिनाअघि संवैधानिक परिषद्बाट नियुक्तिको सिफारिस लिएर… विस्तृत समाचार

जसरी पनि नभै भा’छैन

नेपाली सेनाको काममा अहिले कानून मन्त्रालयलाई भ्याइनभ्याइ छ । कानुनलाई कहिले झापाली छत्र गिरीको हदबन्दीभन्दा बढीको जग्गा व्यवस्था गर्ने नियमावली संशोधन त कहिले सैनिक ऐन संशोधनले व्यस्त बनाइरहेकै छ । अहिले सेनालाई जम्मा भएर बसेको कल्याणकारी कोषको पैसा कसरी खर्च भन्ने छटपटीले संशोधनको चटारो थपेको छ । कोषमा अर्बाैं जम्मा भएर बसेको छ । कोषबाट अमरावतीलगायतमा पहिले गरिएको लगानी जताजतै डुबेको थियो । विभिन्न ठाउँमा… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top