प्रमुख समाचार

​अडान टिक्छ कि आदेश बिक्छ ?

निर्वाचन आयोगले जेठ ३१ गते चुनाव हुने क्षेत्रमा स्थानीय तहको संख्या थप्न मिल्दैन त भन्यो तर सरकारले भने संख्या बढाउने गृहकार्य रोकेको छैन । जेठ १९ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । त्यसैले होला सरकार आफ्नै सुरमा मस्त छ । यसबारे देउवाले ओलीसँग कुराकानी पनि गरिसकेका छन् । सर्वदलीय बैठकमा ११ जिल्लामा २९ वटा तह थप्ने प्रस्ताव आउँदा कुनै हालतमा हुँदैन भनेका केपी ओलीले देउवासँग… विस्तृत समाचार

​विवादकै बीच फेरि को बन्दै ?

जेठ ३१ गतेको चुनावका लागि ७ नम्बर प्रदेश अर्थात् सुदूरपश्चिममा अवस्थित एक मात्र धनगढी उपमहानगरपालिकाको उम्मेदवार छान्ने काम एमालेले चर्को विवादका बीच टुंगो लगाएको छ । तलबाट आएका नामहरु उपाध्यक्ष भीम रावलले शनिबार स्थायी समितिको बैठकमा पेश गरेका थिए । दुर्गा जोशी, यज्ञ बाँस्तोला र कलावती जोशीको नाम आएको हो ।  पहिलाको धनढी नगरपालिकामा डोटीबाट झरेका मान्छेको जनसंख्या ४० प्रतिशत छ । दुर्गा डोटीका पुराना… विस्तृत समाचार

ज्यान जाने कारण र खतरा टार्ने जुक्ति

सन् १९८९ मा सोभियत शासन ढलेर उदारीकरणको हावा चलेपछि प्रायःजसो दक्षिण एशियाली मुलुकमा सम्पन्न चुनावका ट्रेण्ड हेर्दा के देखिन्छ भने कहीँ पनि हिंसारहित चुनाव भएको छैन । मान्छे नमारी चुनाव सफल भएको कतै भेटिँदैन । टाढाको के कुरा श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश र नेपाललाई नै हेरे पुग्छ । अहिले पनि स्थानीय चुनावमा काभ्रे, दोलखा, कालिकोटमा मान्छे मरेका छन् । ०७० सालको चुनावबाहेक पूर्वराजा ज्ञानेन्द्रले गराएको… विस्तृत समाचार

चिनियाँहरूले कुरा समाते च्यापच्याप

चिनियाँ राष्ट्रपति चिनफिङले अगाडि सारेको वान बेल्ट वान रोड कार्यक्रममा बल्लतल्ल गत शुक्रबार नेपालले हस्ताक्षर गरेको छ । मुखमा आइसकेको प्रधानमन्त्री पद फुस्केला भनेर देउवाले प्रचण्डको शर्त स्वीकार गर्दै प्रकाशशरण महतलाई सम्झौता गर्न मनाएका हुन् ।  शुक्रबार बिहान हस्ताक्षर गरेर यससम्बन्धी सम्मेलनमा भाग लिन सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की र यातायात तथा भौतिक पूर्वाधार मन्त्री रमेश लेखक बेइजिङ उडेका कृष्णबहादुर महरा निकै प्रफुल्ल मुद्रामा थिए… विस्तृत समाचार

​जनताले जान्न चाहेका जिज्ञासा

यो चुनावले संविधानसम्बन्धी जुन विवाद उठेको, उठाइएको थियो त्यसलाई एक हदसम्म अन्त्य गरेको छ । यो संविधान कार्यान्वयनको प्रक्रियामा गएकोले यसको स्वीकार्यता बढाएको छ । यो चुनाव नयाँ संविधानअन्तर्गत भएको एउटा महत्वपूर्ण काम हो । जनताले आफ्नो जनप्रतिनिधि चुनेर यसलाई आत्मसात गरेका छन् । नाकाबन्दी र संविधानसम्बन्धी विवादले मुलुकमा लामो समयसम्म सबै कुरा ठप्प थियो । तर अब एउटा प्रक्रिया र प्रणाली निर्धारित बाटोमा हिँड्ने… विस्तृत समाचार

महाभारत रोक्न थप महानगरपालिका

चार वटा महानगरपालिकामा चुनाव सम्पन्न सकियो तर अझै दुईवटामा निर्वाचन हुन बाँकी नै छ भन्यो भने तपाईंलाई अचम्म लाग्नसक्छ तर त्यस्तै हुने छाँटकाँट देखिँदैछ । दोस्रो चरणमा निर्वाचन हुने ४ वटा प्रदेशमा कतै–कतै स्थानीय तहको संख्या थप्ने त कतिपय उपमहानगरपालिकालाई महानगरमा रुपान्तरण गर्ने गरी गृहकार्य शुरु भएको छ । अहिले त्यसका लागि स्थानीय विकासमन्त्री विजय गच्छदार र कानुनमन्त्री अजयशंकर नायकहरु गृहकार्यमा जुटेका छन् । सर्लाहीको… विस्तृत समाचार

राजदूत त्यसपछि राजधानीतिर

भारतीय राजदूत मञ्जित सिंहले पहिलो देश दौडाहा गरेका छन् चुनावको मुखमा । दुई दिन जनकपुरमा बिताउँदा पूजा अर्चनासमेत सकी शनिबार साँझ काठमाडौं फर्किएका हुन् । त्यसक्रममा उनले अभिनन्दन खाए, अन्तरक्रिया पनि भ्याए । मधेसी नेता र एनजिओ, आइएनजीओका प्रतिनिधिहरू पनि थुप्रैलाई भेटे । अड्डा थियो, सीता प्यालेस होटल । मधेसी नेताहरूले त्यसबेला अरुतिर चुनाव भएर मधेशमा मात्र नहुँदा राम्रो सन्देश जाँदैन भने । नभन्दै पहिलो… विस्तृत समाचार

बंगाल कता, कंगाल कता

विवाह उत्सवपछि छोरी अन्माएका थकित बाबुआमा झैं पहिलो चरणको चुनाव भएको भोलिपल्ट सोमबार फुर्सदमा देखिएका प्रधानमन्त्रीले राजपाका मधेसी नेताहरूसँग बालुवाटारमा दुखेसो पोख्न भ्याएका छन् । बिहान ९ बजे पुगेका नेताहरूले शुरुवातमा नै धावा बोले, ‘खै त, यत्रो चुनाव गराउनु भो । केही मिठाई छैन ?’ मुख मीठो पार्ने कुरालाई पन्छाउँदै प्रचण्डले भने– म त डाइबिटिजको रोगी, गुलियो खान्न । बिहान साढे सात बजे औषधि लिनुअगाडि… विस्तृत समाचार

हुँदैन रहेछ मात्रै हाहाले

न संगठन, न पार्टी अफिस, न त चुनावी कार्यालय । जो जो पक्षमा भोट माग्दै ‘हा–हा, हो–हो’ गर्दै हिँडेका छन्, तिनीहरूमध्ये अधिकांशको मतदाता नामावलीमा नामै छैन । यस्तो देखियो नयाँ दलहरूको अवस्था । नयाँ शक्ति, विवेकशील नेपाली, साझा पार्टीहरूको चर्चा त ठूलै हो तर सबैतिर यिनका उम्मेदवार नहुँदा फेरि पनि स्थानीय सरकार काँग्रेस, एमाले, माओवादीजस्ता पुरानै पार्टीहरूको हातमा आएको छ । यही बेला १०÷१२ दिनदेखि… विस्तृत समाचार

चुनाव हाक्नेहरू त्यत्तिकै चकमन्न

हतारमा बोल्ने र फुर्सदमा पछुताउने त हाम्रो चलन नै भयो । भर्खरै हामीसाग सीमाना जोडिएको उत्तर प्रदेशलगायत पञ्जाव, गोवा, मिजोरममा स्थानीय निर्वाचन तीन महिना लगाएर नौ चरणमा सम्पन्न भयो । तर, परिणाम एकैचोटि घोषणा गरियो । पछिल्लो चुनावलाई अघिल्लो चरणको परिणामले प्रभावित पार्ने कारण त्यस्तो गरिएको हो । ०४९ सालमा काठमाडौं नगरपालिकाको मेयर पिएल सिंहले जितेपछि विजय जुलुस निकालिहाले । तर, छिमेकी नगरपालिका ललितपुरमा भने… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Top