प्रमुख समाचार

​तक्मामा भाग तोकियो

व्यक्तिको लहडका आधारमा वर्षेनी राज्यले दिने विभूषण, मान–पदवी र अलंकारमा हुने अनियमितता नियन्त्रणका लागि सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड– २०७५ जारी भएको छ । तर पनि, व्यक्ति मन नपरेको या आलोचना सहन नसएिको नाममा संस्थाकै हक काट्ने धन्दा जारी छ । पोहोर गणतन्त्र दिवसको अवसरमा घोषित र गत भदौ १९ गते तक्मा लिन नजानेको संख्या भने ५५ छ ।   आफूखुशी नाम चढाउने र झिक्ने त्यस्ता… विस्तृत समाचार

​प्लेन झर्ने ठाउँमुनि पानी नै पानी

मुलुककै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्यसमाथि एउटै रनवे, त्यही रनवेमुनि पानी नै पानी । त्रिभुवन विमानस्थलको धावनमार्ग जम्मा तीन किलोमिटर छ । त्यही बीचमा ८६ वटा वाटरहोल (पानीको मुहान) पाइएको छ । मेलम्चीबाट ल्याउनै नपर्ने गरी त्यही रनवे खन्दा छेलोखेलो पुग्ने पानी निस्कने सम्भावना छ । त्यसमाथि मनसुनको बेला वर्षा हुने, तल पानी छिर्ने, जमिन तात्दै जाँदा पिच फुटाएर पानी निस्कने । झण्डै दुई सय टनको… विस्तृत समाचार

भूमिगत चौथो अंग : किन भताभुंग ?

सरकारले अदालतको आदेश छल्दै विप्लव माओवादी प्रवक्ता प्रकाण्डसहित दर्जन नेतालाई मुद्दाको सिलसिलामा देशभर डुलाउँदै गर्दा बाँकी रहेका अधिकांश केन्द्रीय पदाधिकारी लगभग भूमिगतप्रायः छन् ।  मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले पार्टीसम्बद्ध क्रान्तिकारी पत्रकार संगठनका ५ जना प्रभात चलाउने, जन्मदेव जैशी, कमल बुढा, बाबुराम भुसाल, सुदीप बर्देवालाई विभिन्न आरोप लगाई निकालेको भोलिपल्ट अर्थात् भदौ ३० गते कारबाहीमा परेकाहरूले पनि एक हुल पत्रकार जम्मा गरेर प्रेस विज्ञप्ति जारी… विस्तृत समाचार

​‘रानी’ भन्नमा पूरै रोक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा आयोजित बिम्स्टेक सम्मेलनमा गरेको घोषणाबमोजिम सेप्टेम्बर १० देखि पुणेमा सम्पन्न संयुक्त सैन्य अभ्यासमा नेपालको सक्रिय सहभागितासम्बन्धी निर्णय रद्द गरिएसँगै नेपालमा केही विदेशी सैनिकलाई दिइँदै आएको तालिम अस्ति सोमबार सकिएको छ । सन् १९७४ को खम्पा विद्रोहताका नै चीनसँग लड्नका लागि तिब्बती विद्रोहीहरुले कस्तो राम्रो ठाउँ छानेका रहेछन् भने, ११ हजार पाँच सय फिट अग्लो जमिनमा भव्य क्याम्प । त्यहीँ नेपाली… विस्तृत समाचार

​खाने दलाल, सहने सरकार

सेनाभित्र भूपू भइसकेकाहरुको ‘भूत’ जागिरहेको छ । अख्तियारबाट उहिल्यै लोकमान गए, प्रधानसेनापतिबाट राजेन्द्र क्षत्री पनि भूपू भइसके । तर, तिनको पालाका काम नटुंगिँदा रक्षा मन्त्रालयदेखि जंगी अड्डासम्म तातिरहेका छन् । लोकमानले अख्तियार प्रमुख छँदै राजेन्द्र क्षत्रीलाई दुईचोटि टंगाल बोलाएर भिभिआइपी सवारी प्रयोजनार्थ सेनाका लागि आफ्ना सम्धी रोहिणी थपलियामार्फत खरिद गरिने अगुस्ता हेलिकोप्टर छिटो ल्याउन निर्देशन दिएका थिए । इटलीबाट किनिएको उक्त हेलिकोप्टर ल्याउने कागजी मामिला… विस्तृत समाचार

यौनकाण्डमा पुलिसलाई आम्दानी

बझाङ सदरमुकाम छेउको सिमेखत बजारमा यौन व्यवसाय गरिरहेका दुई जनाको आन्तरिक झगडाले डिएसपीको सरुवा गराएको छ । एमडी प्लाजा नामक होटलमा तराईबाट केटी राखी लामो समयदेखि यौन व्यवसाय गर्दै आएका सुवाष जोशी र हालै होटलको माथिल्लो तला भाडामा लिएर व्यवसाय शुरु गरेका किशोर नामक एक युवाको आपसी द्वन्द्वको फाइदा उठाएर खर्च चलाउन खोजेका डिएसपी क्रृषिराम क“डेल हेडक्वार्टर तानिएका हुन् ।  किशोरले दुई महिनाअघि सुवाषकोमा काम… विस्तृत समाचार

कसैलाई आनन्द, कसैलाई अवरोध

मुद्दा हेरिरहेको न्यायाधीशले बेञ्चबाट विषय÷प्रसंगबिनै ‘विद्वान महोदयलाई गाडीको व्यवस्था गर्नु’ भन्दा तपाईं कति हाँस्नुहुन्छ होला है †  सशस्त्र द्वन्द्वताका (०६१ मा) चितवनमा मारिएका गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारीको विषयलाई लिएर काठमाडौंमा एनजिओहरूले ठूलै व्यापार चलाइरहेका छन् । उता, चितवन जिल्ला अदालतमा यही विषयलाई लिएर ‘श्रीमान्ले हेपे’ भन्दै काठमाडौंसम्मका वकिल आगो छन् । मुद्दा हेरिरहेका न्यायाधीश कूलप्रसाद शर्माले पक्ष र विपक्षका वकिलबीच भेदभाव गरे भनेर वकिलहरूको रोइलो… विस्तृत समाचार

गोली नछिर्ने गाडी भारतबाट ग्वारग्वारी !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारकी राष्ट्रप्रमुख तथा प्रजातान्त्रिक आन्दोलनकी नेतृ आङसान सुकी (या उपराष्ट्रपति) सहित श्रीलंका, बंगलादेश, थाइल्याण्ड र भूटानका सरकार प्रमुख भदौको १२, १३ गतेदेखि धमाधम काठमाडौं उत्रिँदै छन् । तर, त्यही प्रयोजनका लागि गृह मन्त्रालयले सरकारसँग माग गरेको ३८ करोड रुपैयाँको अहिलेसम्म अत्तोपत्तो छैन ।  १४ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने बिमस्टेक सम्मेलनका लागि गृहले खोजेको उक्त रकम पाहुनाको सुरक्षाका लागि हो… विस्तृत समाचार

घुस खान्यामा को अगाडि जान्या

मर्नु या बदनाम नै हुनु छ भने कुवामा डुबेर होइन, समुद्रमै हाम्फालेर ज्यान दिनु नि ! अपराध एउटै प्रवृत्तिको हो, सजायँ पनि उस्तै । तर, मधेसीमूलका  कर्मचारी भने जाबो २ हजारमा ¥याल काढ्दा फन्दामा पर्ने गरेका छन्  ।  पहाडिया मूलका कर्मचारीचाहिँ हाकाहाकी ७ डिजिटसम्मको घुस खान पनि हिच्किचाउन्न् । अख्तियारले वर्ष दिनभरिमा अँठ्याएका कर्मचारीको संख्या १३९ जना । त्यसमा झण्डै आधा कर्मचारी मधेसतिरकै पाइन्छन्– त्यो… विस्तृत समाचार

शंकालु मनलाई यो पनि सहारा !

०६४ मा प्रचण्ड सरकारका कानुनमन्त्री देव गुरुङले सर्वोच्चका तत्कालीन न्यायाधीश रामप्रसाद श्रेष्ठभन्दा पछिल्लो रोलक्रममा रहेकाहरूलाई सुपरसीट गरेर खिलराज रेग्मीलाई प्रधानन्यायाधीश बनाउन खोजेको बारे ठूलो विवाद थियो । उनले त्यसबेला प्रधानन्यायाधीश बन्न सिनियर नै हुनु नपर्ने अड्डी कसेका थिए । उनै देव गुरुङ, अहिले सत्तारुढ दल नेकपाका प्रमुख सचेतक छन्ले डा।गोविन्द केसीको अनशनताका ‘हामी यति धेरै रिजिड हुनुहुँदैन’ भने । अहिले प्रधानन्यायाधीशको हकमा तल–माथि गर्दा राम्रो… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top