प्रमुख समाचार

​हिउँ चपाउन हिँडेको हो यो हुल ?

उसै त काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्दा सर्वसाधारणको बेहाल छ । त्यसमाथि बेला न कुबेला एक हुल मान्छे माइनस १० डिग्री तापक्रम रहेको मुलुकतर्फ जान विमानस्थलतर्फ ओइरो लाग्छन् भने स्वाभाविकै प्रश्न जन्मिन्छ– कतै केही गड्बडी त छैन ? प्रसंग रसिया जाने क्रममा मंसिर २४ गते रोकिएका ४४ जना नेपालीको हो । सोलुखुम्बु, भोजपुर, संखुवासभा, म्याग्दी, रसुवा, दोलखा, लमजुङजस्ता जिल्लाको विकट भूभागबाट राजधानी थुप्रिएका ती यात्रुले… विस्तृत समाचार

​ट्वाइलेटबाट निस्कनासाथ ट्वाक्क

जब पार्टीमा ‘मनी र मसल्स’वालाहरू हावी हुन्छन् तब इमान्दार कार्यकर्ताले चुटिएरै घाइते हुनुपर्दाेरहेछ । हाम्रोमा यस्ता पनि नेता छन् जो ट्वाइलेटबाट ढिलो निस्किएकै निहुँले आफ्नै पितृमाथि मुक्का बजार्छन्, घाइते बनाउँछन् । जब पीडित प्रहरीको शरणमा न्याय खोज्दै पुग्छ अनि उल्टै ठूला नेतालाई फोन हान्न लगाएर  प्रहरी र पीडितलाई दबाब दिन्छन् ।  सोमबार आफ्ना प्रातःस्मरणीय नेता बीपी कोइरालाले थालेको मेलमिलाप दिवश मनाउने  पूर्वसन्ध्यामा चारतारे चुटिएका हुन्… विस्तृत समाचार

​राउतको नाम लिएरै रमिता

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाका विरुद्ध उजुरी बोकेर वीरगञ्जदेखि आइपुगेका जफरुल हुसेन अन्सारी जफरले ९ गते तीन घण्टासम्म संसद सचिवालयमा दुःख पाए । संसदीय सुनुवाई समितिमा उजुरी दर्ता लिने र नलिने विषयमा झमेला हुँदा अन्तिममा सिके राउतको नाममा कर्मचारी धम्क्याएपछि डरले उजुरी लिइएको बताइन्छ । उजुरी आउनासाथ दर्ता फाँटका एकजना कर्मचारी अर्को कोठातिर छिर्थे । कतै फोन गर्थे र उजुरकर्तालाई सकेसम्म दर्ता नगरी फर्काउन खोज्थे ।… विस्तृत समाचार

​मस्त खुवाएर रायसल्लाह माग

नेपाली कांग्रेस निकटस्थ केही पत्रकारले पार्टी सभापति शेरबहादुर देउवालाई ओली सरकारको समर्थनमा वक्तव्य निकाल्न सुझाव दिएका छन् । महासमिति बैठकपछि पत्रकारहरूसँग खाइपिइ गर्न गत बिहीबार बुद्धनगरस्थित बागमति किनाराको भ्याली टप रेष्टुरेण्टमा जम्मा पारिएका पत्रकारमध्ये घटना र विचार साप्ताहिकका सम्पादक देवप्रकाश त्रिपाठीले सरकारको समर्थनमा वक्तव्य निकाल्न सुझाइरहँदा अरु पत्रकार मुसुमुसु हाँसिरहेका थिए । प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको स्वामित्वमा रहेको उक्त रेष्टुरेण्टमा कार्यक्रमअघि एपी वान टेलिभिजनमा… विस्तृत समाचार

​मन्त्रीज्यूको दुख्ने हो कि मन ?

संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरिदका क्रममा झण्डै चार अर्ब घोटाला भएको निश्कर्ष निकाल्नुअघि कांग्रेस सभापति शेरबहादुर देउवा यही विषय झिक्दै संसदमै कराए ।  यसबारे नेकपाको हालै सम्पन्न स्थायी कमिटी बैठकमा पनि छलफल भएको छ । एकजनाले कुरा निकाले, ‘आफू पछि आएको भन्दैमा सुख पाइन्छ ? विभागीय मन्त्रीमाथि पनि छानवीन हुनुपर्ने होला नि !’ अनि, वास्तविकता सुनाउन थालियो, ‘अर्डर गरेको एउटाले, बुझेको… विस्तृत समाचार

​न फुट्नु, न जुट्नु

न फुट्छु भन्दा फुट्ने सुविधा छ, न जुट्छु भन्दा जुट्ने वातावरण नै । नेपालका ६ थरि मधेसी दललाई परिस्थितिले यस्तो मजबुरीमा पारेको हो । राजपाका नाममा एकजुट भएको उक्त पार्टीले सरकारलाई दिएको समर्थन एक हप्ताभित्र फिर्ता लिन्छौँ त भन्यो, तर त्यो समय गुज्रिएको पनि हप्तै नाघिसकेको छ । यसमा पनि उही ‘मजबुरी’ कै कुरा आउँछ । उनीहरूको मागअनुसार संविधान संशोधन किन भएन ? वास्तविकता के… विस्तृत समाचार

उताबाट यस्तो कुरा आयो

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई एशिया प्रशान्त क्षेत्रमा केन्द्रीय भूमिका खेल्न सल्लाह दिएको बारे नेकपाको स्थायी समिति बैठकलाई ब्रिफ गरिएको छ । यो भनेको के हो ? कस्तो र कसरी भूमिका खेल्ने भन्ने कुनै परिभाषा छैन । हामीसँग न पैसा छ, न हतियार छ, न सम्पर्क, सम्बन्ध नै त्यसरी बढाइएको छ । न अरुले टेर्ने स्थिति छ । तैपनि यस्तो सल्लाह… विस्तृत समाचार

​सरकार, तपाईंसँग कति छ समय ?

यो सरकारका सामु अवसर कति छ ? स्थानीय चुनाव सकिएको डेढ वर्ष भयो, संघ र प्रदेशको चुनाव सकिएको एक वर्ष कट्यो । अब कामै गर्नका लागि बढीमा तीन वर्ष बाँकी होला । केन्द्र र प्रदेश सरकारको तुलनामा स्थानीय तहसँग झन् समय थोरै छ । तीन वर्ष पुग्नुअगाडि, अर्थात् ६ महिनाअघि नै निर्वाचनको तिथिमिति तय हुनासाथ आचारसंहिता लाग्छ, काम केही गर्न पाइँदैन । निर्वाचन आयोगदेखि अन्तर्राष्ट्रिय… विस्तृत समाचार

छेऊमै यस्तो बिजोग छ

सुन्दा पनि अचम्म लाग्छ, स्थानीय चुनाव सकिएको डेढ वर्ष भइसक्यो । तर, त्यहीबेला गरिएको एउटा कारोबारका कारण एउटा सिंगो गाउँका युवाहरूको भागाभाग छ । प्रसंग राजधानीसँग जोडिएको जिल्ला धादिङको हो । नागार्जुनको जंगलभित्र छिर्दा आर्मी व्यारेक कटेपछि केही पर धुनिबेसी नगरपालिका आउँछ । त्यहाँ ककरे, सानो गाउँ, चिलाउने, गैरीगाउँ, तामाङहरूको बसोबास रहेको भञ्ज्याङ, ठूलोगाउँजस्ता बस्ती छन् । पहिला राप्रपामा रहेर पछि एमालेबाट वडाध्यक्ष जितेकाहरू पनि… विस्तृत समाचार

​अवस्थाले निम्त्याएको अलमल

पार्टी अध्यक्ष केपी ओलीले प्रतिवेदनबारे उठेका प्रश्नमा आफ्नो बचाव गर्दै नेकपा स्थायी समिति बैठकमा भने, ‘हतियार बोकेरमात्र परिवर्तन हुने होइन, शान्तिपूर्ण प्रतिस्पर्धाबाट पनि परिवर्तन संभव छ । ०६२/६३ को आन्दोलन पुरानो र नयाँ राज्य व्यवस्थाबीचको लडाइँ थियो । त्यसपछिको अवस्था भनेको संक्रमणकाल हो । अब हाम्रो अधिकतम् कार्यक्रम समाजवाद र न्युनतम् जनताको जनवाद हुनुपर्छ ।’ नवौं महाधिवेशनबाट यो लाइन हटेको र समाजवादी यात्रा तय गरिने… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

Prabhu Bank Ltd.
Top