अन्तर्वार्ता

​धेरैतिर सम्बन्ध बिग्रिएको हल्ला चले

सीताराम कट्टेल (धुर्मुस), कलाकार कलाकारितासँगै भूकम्पपीडित जनताको लागि टहरा बनाउन सक्रिय सीताराम कट्टेल (धुर्मुस) एक समय एमाले अध्यक्ष केपी ओलीका प्रशंसक थिए । तर, यसपालि स्थानीय निर्वाचनमा कहीँ खुलेनन्, कतै आफ्नो प्रस्तुति दिएनन् पनि । सासू सीता घिमिरे गोदावरी नगरपालिकामा माओवादी तर्फबाट उपपमेयरको उम्मेदवार थिइन् । सासूका लागि भोट मागौँ, पार्टी मन नपर्ने । भोट नमागौँ, मन परेको पार्टीलाई मर्का पर्ने ! यस्तो बिलखबन्दमा परेपछि… विस्तृत समाचार

पहिला हिमचिम राख्नु नै गलत भयो

प्राडा अम्बरप्रसाद पन्त, त्रिवि कानुन संकायका पूर्वडिन/वरिष्ठ अधिवक्ता  ३८ वर्षे प्राध्यापन अनुभव भएका प्राडा अम्बरप्रसाद पन्त मूलतः जलस्रोत तथा पर्यावरणीय कानुनविद् मानिन्छन् । देशमा दलीय भागबन्डाका आधारमा न्यायाधीश नियुक्ति नभएको भए उनी यतिबेला सर्वोच्च अदालतका न्यायाधीश भइरहेका हुन्थे । त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा एउटै व्यक्ति प्राध्यापक, डाक्टर, डिन र वरिष्ठ अधिवक्ता भएको कीर्तिमान अहिलेसम्म उनले मात्रै रचेका छन् । केही समय नेपाल ल क्याम्पसको प्रमुख… विस्तृत समाचार

​संसारमा यस्तो पनि गर्न मिल्छ ?

डा.प्रकाशचन्द्र लोहनी, अध्यक्ष, एकीकृत राप्रपा (राष्ट्रवादी) अर्थ र परराष्ट्र मामिलामा दखल राख्ने राजनीतिज्ञ डा.प्रकाशचन्द्र लोहनीले हालै मूलपार्टी राप्रपा परित्याग गरेर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरेका छन् । कमल थापासँगको असहमति र हलोलाई चुनाव चिह्न कायम गरिनुपर्ने अडान नमिल्दा नयाँ पार्टी खोलेका हुन् । सरकार बजेट भाषणपछि दोस्रो चरणको निर्वाचन गर्ने मनस्थितिमा छ । कमल थापाहरु सरकारमा छन् । मधेसवादीहरु संशोधनपछि निर्वाचनमा भाग लिने… विस्तृत समाचार

हाम्रा साथीहरु सिके राउततिर गए के हुन्छ ?

 डा.शिवजी यादव, प्रमुख सचेतक, संघीय फोरम डा.केशरजंग रायमाझीको कार्यकर्ता हुँदै नेकपा (मानन्धर) बाट एमाले भएका डा.शिवजी यादव पार्टीको महोत्तरी जिल्ला कमिटी, बुद्धिजीवी कमिटीहरुमा काम गर्दागर्दै ०६३ को मधेस आन्दोलनबाट ‘पहिचान’ पक्षधर बने । पेशाले सिभिल इञ्जिनियर हुन् । मधेसकेन्द्रित आन्दोलनमा सहभागी भएपछि पेशामा समय दिन पाएका छैनन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा उपेन्द्र यादवले समानुपातिकतर्फ सांसद र प्रमुख सचेतक नै बनाइदिएपछि व्यस्तता झनै बढ्यो… विस्तृत समाचार

भाग्यभन्दा बढी पाइँदैन भन्छन्

राजकिशोर यादव, अध्यक्ष, फोरम गणतान्त्रिक विभाजित अवस्थामा रहेका विभिन्न मधेसी घटकमध्ये संसदमा समानुपातिकतर्फ एक सीटको प्रतिनिधित्व रहेको दल हो, फोरम गणतान्त्रिक । राजकिशोर यादव पहिला सिराहाबाट ०६४ मा एउटै फोरम हुँदा निर्वाचित संविधानसभा सदस्य थिए । पछि जयप्रकाशप्रसाद गुप्ताको नेतृत्वमा गए, जसको नाम थियो, फोरम गणतान्त्रिक । त्यसमा पनि विभाजन आयो । त्यही नाममा अर्को दल घोषणा गरी ०७० को निर्वाचनमा सहभागी भए । तर,… विस्तृत समाचार

​म मेयर, मदन भण्डारीकी छोरी उपमेयर

केशव स्थापित, एमाले नेता स्थानीय निर्वाचनको लहर छाइसकेको छ । सबभन्दा आकर्षण मानिने काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवारहरु स्वघोषित रुपमा प्रकट भइरहेका छन् । यही लहरका हुन्, केशव स्थापित । उनलाई एमालेको कुनै पनि पंक्तिले अहिलेसम्म उम्मेदवार घोषणा गरेको छैन । तर, उनले आफ्नो आकांक्षा व्यक्त गर्न थालिसकेका छन् । ०५४ मा अत्यधिक मतका साथ जितेका उनले बीचमा केही समय पार्टी निर्देशन तोडेर शाहीशासनमा मनोनित मेयरको… विस्तृत समाचार

​मन्त्री चोखा, आइजी मात्र घुस्याहा ?

डा. ठाकुरमोहन श्रेष्ठ, सशस्त्र प्रहरीका पूर्वएआइजी विवादास्पद इन्जिनियर कोषराज वन्तले महानिरीक्षकमा बढुवा पाउनुअघिका मुख्य दावेदार थिए, ठाकुरमोहन श्रेष्ठ । प्राविधिक सेवाबाट जागिर शुरु गरेका वन्तले प्रहरीको आधारभूत तालिम लिएका थिएनन् । तर, ठाकुरमोहन भने इन्फेन्ट्रीतर्फ जागिर खाएर एआइजीसम्म बन्दा पनि आइजिपी बनाइएनन् । अहिले नेपाल प्रहरीमा त्यस्तै भइरहेको छ । सरकारले जयबहादुर चन्दलाई आइजिपी नियुक्त गरेपछि आफ्नो वरिष्ठता दावी गर्दै नवराज सिलवाल सर्वोच्च गए ।… विस्तृत समाचार

खाल्डो पार्ने अरु, दोष बोक्ने ऊ ?

विद्यासुन्दर शाक्य, काठमाडौंका एमाले नेता स्थानीय निर्वाचन ०४९ र ०५४ मा अत्यधिक मतका साथ काठमाडौं महानगरपालिकाको वडा नं. २१ मा अध्यक्ष निर्वाचित विद्यासुन्दर शाक्य अहिले नेकपा (एमाले), काठमाडौं जिल्ला कमिटीका सचिव हुन् । सरकारले बैशाख अन्तिममा स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । सात सय ४४ संख्या कायम गर्दै स्थानीय संरचना फेरिएसँगै अहिले देशभर चुनावी सरगर्मी छाएको छ । स्वाभाविक हो, काठमाडौंमा पनि चुनावी हावा… विस्तृत समाचार

आत्तिनुपर्ने त केही कुरै छैन

लक्ष्मीप्रसाद ढकाल, नेपाल सरकारका पूर्वसचिव सरकारले २० वर्षपछि बैशाख ३१ को मितिमा स्थानीय निकायको निर्वाचन घोषणा गरेको छ । ०५४ मा जतिबेला स्थानीय निर्वाचन भइरहेको थियो, त्यसबेला उपसचिव थिए र पर्वत जिल्लाम प्रमुख जिल्ला अधिकारी (सिडिओ) कोरुपमा कार्यरत थिए । यसबीच उनले सहसचिवका रुपमा काठमाडौं, ललितपुरलगायत जिल्लाको सिडिओ मात्र भ्याएनन्, गृहमन्त्रालयको शान्तिसुरक्षा महाशाखामा लामो समय काम गरेर मुलुकको सुरक्षास्थितिबारे ज्यादै नजिकबाट बुझ्ने मौका पनि पाए… विस्तृत समाचार

तलैदेखि तान्दै ल्याए भैहाल्थ्यो नि !

अच्युतकृष्ण खरेल, पूर्वप्रहरी महानिरीक्षक जागिरभर कडा स्वभावका मानिन्थे, अच्युतकृष्ण खरेल । महानिरीक्षकमा राजनीति रत्नसमशेरलाई हटाएपछि उनकै पालादेखि शुरु भएको हो । नियुक्त भएको महिना दिनमै लोकेन्द्रबहादुर चन्द सरकारले उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी ध्रुवबहादुर प्रधानलाई जिम्मा दियो । प्रहरी इतिहासमा यो प्रकरण सधैं स्मरण गरिने घटना बनेको छ । संयोग कस्तो छ भने, ०४८ को सरकारमा शेरबहादुर देउवा गृहमन्त्री हुँदा रत्नसमशेर राणालाई हटाएर सुदूरपश्चिमका मोतिलाल… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top