अन्तर्वार्ता

​मेरी छोरीको कुरा कोट्याएर किन समय खेर फाल्ने ?

विरोध खतिवडा, नेकपाका सांसद विरोध खतिवडा परिपक्व सांसद मानिन्छन्, जसले ०४८, ०५१ र ०५६ का संसदमा आफूलाई उपस्थित गराइसकेका छन् । यसै कारण संसदीय अभ्यासका कतिपय त्रुटीमाथि पहिलो नजर उनकै लाग्ने गरेको छ । प्रत्येक समय कुनै न कुनै विषयमा चर्चा वा विवादमा आइरहनु विरोधको नियति नै बनेको छ । पेशाले कानुन व्यवसायी हुन् । ०४८ मै दोस्रो विवाहको कारण चर्चामा आए । अहिले उनकी… विस्तृत समाचार

​दुई जनाले केही छुनै दिएनन्

वेदुराम भुषाल, नेकपाका स्थायी कमिटी सदस्य पूर्वएमाले पंक्तिभित्रका वैचारिक नेता हुन्, बेदुराम । माधव नेपालपक्षीय मानिने उनी पार्टी जिम्मेवारीमा पटक–पटक पछाडि पारिएका छन् । गत राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ३ बाट उम्मेदवार थिए । तर, अन्तिम अवस्थामा ‘पार्टी निर्णयका आधारमा’ फिर्ता भयो । यसचोटि पार्टीको सांगठनिक एकताका लागि स्थायी कमिटी बैठकले ९ सदस्यीय कार्यदल बनाउँदा उनी पनि थिए । कार्यदलको पटक–पटक बैठक बस्यो । तर,… विस्तृत समाचार

​आफैं कमजोर हुँदाको फल पायौं

प्रकाशशरण महत, कांग्रेस सहमहामन्त्री  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस महासमितिको बैठक अपुरो अवस्थामा हालै सम्पन्न भएको छ । बैठक विधिसम्मत चलेन भन्ने गुनासोको भारी बोकेर महासमिति सदस्यहरु घर फर्किएका छन् । र, कांग्रेसले बहुपदीय विधिबमोजिम अन्तरविरोध हल गर्ने उपाय निकालेको छ । तर यसमा सहमहामन्त्री प्रकाशशरण महत भागबण्डा भएको स्वीकार्दैनन् । ० संघीयता र समावेशिता भन्दै पार्टीको विधानमा भागबन्डा कसरी अटायो ? – भागबण्डा होइन, सर्वसम्मत… विस्तृत समाचार

गुट हैन, ‘भेरिगुड’ भएर जाऔँ न

रामवीर मानन्धर, नेकपाका सांसद, काठमाडौं– ७ सांसद बन्नुअघि रामवीर मानन्धर मामुली राजनीतिक कार्यकर्ताका रूपमा काठमाडौं महानगर–१६ बाट दुइचोटि निर्वाचित वडाध्यक्ष, सिनेमा हल व्यवसायी मात्र थिए । तर, जब उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनबाट संसद्मा प्रवेश गरे, चर्चामा आइरहे । यसचोटि नेकपाका सचिवालय नेता वामदेव गौतमलाई संसद् प्रवेश गराउन आफूले जितेको क्षेत्र छाडिदिने तयारीका कारण उनी बढी चर्चामा आए । यस्तो गर्दा उनको आलोचना पनि… विस्तृत समाचार

​कहाँ–कहाँबाट आयो मलाई के थाहा

डा. केबी रोकाया, ईशाई धर्मका अगुवा÷मानवअधिकार आयोगका पूर्वसदस्य इसाइ समुदायका अगुवा हुन्, केबी रोकाया । वास्तविक नाम कालीबहादुर । केही समय राष्ट्रिय मानवअधिकार आयोगको सदस्य रहे । भनिन्छ, नेपालमा संसारभरका क्रिस्चियनहरुको लबिङका कारण संविधानमा धर्मनिरपेक्षता लेखियो । तर, त्यही धर्मका सबभन्दा अगुवा केबी अहिले धर्मनिरपेक्षताको विरोधमा छन् । उनी पहिला राजाको समर्थक, केही समय माओवादीको सल्लाहकार । हाइड्रो इञ्जिनियरिङमा विद्यावारिधी गरेका उनले पढाईको विषयभन्दा बढी… विस्तृत समाचार

​सिंहदरबारमा तपाईं भन्दैनन् !

दुर्गा सुवेदी, राजनीतिक विश्लेषक-लेखक अख्तियार प्रमुख रहेको बेला लोकमानसिंह कार्कीले मुद्दा आफ्नो पक्षमा फैसला होस् भन्नका लागि १० करोड ‘गोडधुवा’ पठाएको कुराले बजार गर्माएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीका पति तथा पूर्वकांग्रेस नेता दुर्गा सुवेदीमार्फत आएको उक्त प्रस्ताव उनले अस्वीकार मात्रै गरेनन्, हालै प्रकाशित ‘विमान विद्रोहः एउटा राजनीतिक अपहरणको बयान’ नामक पुस्तकमा त्यसको खुलासा पनि गरेका छन् । ०३० सालको चर्चित विमान अपहरण काण्डका एक… विस्तृत समाचार

यति सजिलै अधिनायकवाद कहाँ आउँछ !

अर्जुननरसिंह केसी, पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य  एकातिर कांग्रेस सभापति भाषणैपिच्छे अहिलेको सरकार अधिनायकवादतिर गइसक्यो भन्दै छन् । तर, उनकै पार्टीका नेताहरू त्यो स्विकार्दैनन् । अर्कातिर पार्टीका आन्तरिक विषयमा सभापति देउवाको बढ्दो मनोमानीविरुद्ध उनकै नेता अलग–अलग मोर्चाबन्दीमा छन् । शेरबहादुरकै प्यानलबाट महाधिवेशनमा महामन्त्री उठेका र हारेका अर्जुननरसिंह केसीका लागि यो वर्ष नै पराजयको वर्ष बन्न पुग्यो । संघीय संसद्को चुनावमा पनि उनले नुवाकोटबाट पराजय भोगे… विस्तृत समाचार

सकिन बाबा, सकिन भन्दिनु भएछ

डा. शोभाकर पराजुली, कांग्रेस नेता कांग्रेसभित्र वैचारिक अभ्यासमा तल्लिन थोरै नेता छन्, तीमध्येका हुन्, डा.शोभाकर पराजुली । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर (एमपिए) गरेका उनले हालै भारत, राजस्थानस्थित सिंहानिया विश्वविद्यालयबाट पिएचडी सकेका छन् । कांग्रेस केन्द्रीय कार्यालयको मुख्यसचिव, केन्द्रीय सदस्यजस्तो जिम्मेवारी निभाइसकेका उनले बाराबाट निर्वाचनमा पराजित भएपछि अध्ययनमा लागेर पिएचडी गरेका हुन् । पार्टीभित्र देउवाविरोधी भएका कारण हिजोआज अलिक फुर्सद पाएका छन् । ० प्रतिपक्षका रुपमा… विस्तृत समाचार

विकल्प को त, को जानुपथ्र्यो ?

राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष, संघीय समाजवादी फोरम यसचोटि मन्त्री बन्ने सूचीमा पछिसम्म चर्चा थियो, राजेन्द्र श्रेष्ठको । ०५४ मा गठित तत्कालीन कांग्रेस–मालेको सरकारमा भौतिक योजना मन्त्री । तर, यसचोटि आफ्नै पार्टीभित्र र सत्तासाझेदार दलबीच सहमति हुन नसकेपछि झण्डै मन्त्रीमा सीमित भए । पार्टीले जातीय मामिलामा पूर्वाग्रही दृष्टिकोण राखेको आरोपसहित एमाले परित्याग गरी संघीय समाजवादी पार्टी गठन गर्ने अगुवामध्येका हुन् । त्यसरी पार्टी छोडेका कतिपय नेता एमालेमा… विस्तृत समाचार

​यस्ता यस्ता सम्झौता छन् नि, सुन्दै छक्क लाग्ने

दीपकुमार उपाध्याय, भारतका लागि पूर्वराजदूत पदावधि बाँकी रहँदै प्रतिनिधिसभा सदस्यको चुनाव लड्न राजदूत पदबाट राजीनामा दिए । यस्तो काम हत्तपत्त कसैले गर्दैनन् । राजदूतजस्तो पद, त्यो पनि भारतका लागि । त्यस्तो पद त्याग्नु इतिहासका दुर्लभ घटनाभित्र पर्छन् । यसरी पद त्यागी–त्यागी चुनाव लडेका उनले कपिलवस्तुबाट हारे । माओवादी केन्द्रका नेता तथा हालका कृषि मन्त्री बलदेव खनालबाट । भर्खरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईदिने नेपाल भ्रमण… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

Top