अन्तरवार्ता

तलैदेखि तान्दै ल्याए भैहाल्थ्यो नि !

अच्युतकृष्ण खरेल, पूर्वप्रहरी महानिरीक्षक जागिरभर कडा स्वभावका मानिन्थे, अच्युतकृष्ण खरेल । महानिरीक्षकमा राजनीति रत्नसमशेरलाई हटाएपछि उनकै पालादेखि शुरु भएको हो । नियुक्त भएको महिना दिनमै लोकेन्द्रबहादुर चन्द सरकारले उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी ध्रुवबहादुर प्रधानलाई जिम्मा दियो । प्रहरी इतिहासमा यो प्रकरण सधैं स्मरण गरिने घटना बनेको छ । संयोग कस्तो छ भने, ०४८ को सरकारमा शेरबहादुर देउवा गृहमन्त्री हुँदा रत्नसमशेर राणालाई हटाएर सुदूरपश्चिमका मोतिलाल… विस्तृत समाचार

हिसाब चुक्ता गर्नुपर्ने छ

प्रदीप ज्ञवाली, एमाले सचिव एमालेमा केपी ओलीको कुरा बोल्ने खास मान्छेको रुपमा प्रदीप ज्ञवाली चर्चित छन् । ओलीले पार्टी अध्यक्षको रुपमा सफल हुनका लागि उनलाई केन्द्रीय सचिवालयकै सचिवको जिम्मेवारी दिएका छन् । उनको प्रयोजनचाहिँ विभिन्न राजनीतिक वार्ता, संवादहरुमा अध्यक्षको विश्वासिलो भएर उनकै कुरा आधिकारिक रुपमा बोल्ने हो । अहिलेको राजनीतिक परिदृश्यसँग ज्ञवाली प्रत्यक्ष जोडिएका छन् । सत्तारुढ गठबन्धनसँग भएका प्रत्येक संवादका साक्षी र सहभागी हुन्… विस्तृत समाचार

देखाउनका लागि सुरक्षा माग्छन्

वामनप्रसाद न्यौपाने, नेपाल सरकारका पूर्वसचिव ९६ हजार पाँच सय १५ दरबन्दी रहेको नेपाली सेनामा पाँच वर्षसम्म संख्या यथावत राख्न र पाँच वर्षभित्र गरिने सामाजिक सुरक्षा पुनरावलोकनपछि मात्र संगठनात्मक सुधार थाल्न सुझाव दिइएको एउटा प्रतिवेदन रक्षा मन्त्रालयभित्रै गायव छ । नयाँ संविधान जारी भएयता नेपाल सरकारले सेनालाई कुन संरचनामा राख्ने वा यसको संगठनात्मक संरचना कस्तो बनाउने भन्ने अध्ययन गर्न ०७२ फागुन ११ गते पूर्वरक्षा सचिवका हैसियतले… विस्तृत समाचार

अब हिसाब–किताब खोज्ने बेला आएको छ

लक्ष्मण राजवंशी, सांसद तथा बौद्धिक जनतान्त्रिक परिषद्का अध्यक्ष कुनै बेला नेपालको शिक्षा क्षेत्रमा सिद्धार्थ बनस्थली स्कुलमा पढ्न पाउनुमा ठूलो नाम र इज्जत थियो । त्यही स्कुलका प्रिन्सिपल हुन्, लक्ष्मण राजवंशी । उमेरले ८२ वर्ष काटिसकेका छन् । उनी काठमाडौंका नेवार राजवंशी हुन् । जीवनको ऊर्जाशील ५५ वर्ष अध्यापनमा बिताए । राजनीतिक चेत यस्तो छ कि, ००७ सालदेखि उनी कम्युनिस्ट आन्दोलनमा । जेल–नेल भोगे । उनको… विस्तृत समाचार

काल त उहाँहरूले नै पल्काउनुभयो

नवराज थपलिया, अधिवक्ता /पूर्वस्ववियु सभापति, ल क्याम्पस राजनीतिक नेतृत्वले जनतालाई हुने र नहुने सपना उत्तिकै देखाउन थाल्दा बेथिती यसरी बढेको छ कि, पाइँदैन, हुँदैन भनेका चिजहरू पनि माग गर्ने चलन छ । दीपकराज गिरीको फिल्म ‘छक्कापञ्जा’ ले अपार सफलता पाएपछि त्यसलाई अवैध तवरले बजारमा पु¥याउने (पाइरेसी) काममा संलग्न भएको आरोपमा प्रहरीले नवलपरासी, कावासोतीका २५ वर्षीय युवक कृष्ण सुवेदीलगायतलाई सोधपुछ ग¥यो र सचेत गराएर छाड्यो ।… विस्तृत समाचार

त्यसदिन रगतको खोलो बग्नेवाला थियो

हेमन्त मल्ल ठकुरी, नेपाल प्रहरीका पूर्वडिआइजी नेपाल प्रहरीका हालका आइजिपी उपेन्द्रकान्त अर्यालसहित उनको टोली आउँदो फागुन २ गते ३० वर्षे सेवाहद पूरा गरी अवकास हुँदै छ । हेमन्त मल्ल ठकुरी पनि ०४३ फागुन २, अर्थात् त्यही ब्याचमा भर्ना भएका इन्स्पेक्टर हुन् । तर, उनले भने डिआइजीमा पाँच वर्षे पदावधि लागेर केही दिनअघि अवकाश पाए । सर्वोच्चका न्यायाधीश रणबहादुर बमदेखि रानीबारी हत्याकाण्डसम्मका अनेकन चर्चित घटनाको अनुसन्धानमा… विस्तृत समाचार

बुबा कसैको दबाब र प्रभावमा हुनुहुन्न

प्रकाश दाहाल, प्रचण्डपुत्र पुष्पकमल दाहाल (प्रचण्ड) ले दोस्रोपटक प्रधानमन्त्री पद सम्हालिरहँदा छोरा प्रकाश दाहाल अघिल्लोपटकको तुलनामा बढी चर्चामा छन् । कारण हो, उनी बुबाको स्वकीय सचिव पनि आफैँ । सशस्त्र संघर्षका दौरान औपचारिक शिक्षा हासिल गर्न समस्या भएपछि बुबासँगै मोर्चामा डटेका उनी बालवयदेखि नै माओवादी पार्टीमा काम गरेका व्यक्ति हुन् । तर, अक्सर त्यसरी उनीबारे चर्चा गरिँदैन । मदिरा र महिलाः प्रकाश बढी आलोचित हुने… विस्तृत समाचार

केही मान्छेको हाइफाइ देख्दा दिक्क लाग्छ

चन्दा थापा (चन्द्रिका), प्रबन्ध सम्पादक, ऐक्यबद्धता मासिक पत्रिका काठमाडौंमा बसेर समाजसेवा गर्ने कुरा त राम्रो हो, तर त्यही नाममा ढोँग रच्ने क्रियाकलाप पनि हुँदोरहेछ भन्नका लागि एउटा प्रमाण बन्यो, कञ्चन रेग्मी प्रकरण । भएको भन्दा बिल्कुलै फरक ढंगले प्रस्तुत गरिदिएर जसरी दीक्षा चापागाईंले कञ्चनको स्याहार वा उनको न्यायका लागि याचना गराइन्, परिणाम उल्टो भयो । नभएको विषय र प्रसंगलाई मिडियामा उछालेर कञ्चनको नाममा मिडियाबाजी चलाइँदा… विस्तृत समाचार

अब म कम्युनिष्ट रहिनँ

भीमबहादुर कडायत, माओवादी परित्याग गरी नयाँ शक्ति प्रवेश गरेका नेता अछाम सदरमुकामस्थित माध्यमिक विद्यालयको प्रधानाध्यापक हुँदाहुँदै कम्युनिष्ट संगठन निर्माणमा सक्रिय भएकै कारण जागिर खोसिएका भीमबहादुर कठायतले मालेकालदेखि एमाले, महाकाली सन्धिपछि फेरि माले र एकता पछि एमाले हुँदै आफ्नो राजनीतिक यात्रा निरन्तर चलाए । माओवादी शान्तिप्रक्रियामा आएसँगै उतै गए । सुदूरपश्चिममा प्रेमसिंह धामी र भीमबहादुर कडायत नै हुन्, पञ्चायतकालदेखि कम्युनिष्ट आन्दोलनको विरासत थेग्ने । तर, पार्टीमा… विस्तृत समाचार

कसलाई भनुँ मेरो कुरा, सुन्छ कसले ?

रेशम चौधरी, कैलाली घटनापछि फरार पात्र थरुहट प्रदेश माग्दै ०७२ भदौमा कैलालीको टीकापुरमा प्रदर्शन भयो । तर, शान्तिपूर्ण प्रदर्शनले एकाएक दोहोरो भिडन्तको रुप लिएपछि नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहितका सुरक्षाकर्मी, निर्दोष बालकसहित केही सर्वसाधारण हताहत भए । थारु अधिकारकर्मीका रुपमा सक्रिय स्थानीय होटल व्यवसायी तथा एफएम सञ्चालक रेशम चौधरी उक्त घटनाका मुख्य योजनाकारको रूपमा चर्चामा आए । संकटकालताका सेनापति प्रज्वलसमशेर र पत्नी सिन्धु राणालाई आफ्नै… विस्तृत समाचार


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

साँचो, झूठो– जय शुभशंकर

केही मिडिया हाउसले नियम, कानुन नमानी, राजश्व नतिरी र इजाजतपत्र नवीकरणै नगरी खुरुखुरु काम चलाइरहेको खबर छ । शुभशंकर कँडेल स्वामित्वको एबिसी टेलिभिजनको कुरा…

एन आई सी एशिया बैंक र विराटनगर अस्पताल बीच सम्झौता

प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

​एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु सुनसरीको प्रकाशपुर र इनरुवामा

Top